भर्खरै :

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ युरोपको भ्रमणबारे चिनियाँ परराष्ट्रमन्त्रीको भनाइ

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ युरोपको भ्रमणबारे चिनियाँ परराष्ट्रमन्त्रीको भनाइ

पेइचिङ, ११ मे (सीआरआई) । मे ५ देखि १० का दिनसम्म चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फ्रान्स, सर्बिया र हङ्गेरीको राजकीय भ्रमण गर्नुभएको छ । यो भ्रमणपछि चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य एवम् परराष्ट्रमन्त्री वाङ यीले यो भ्रमणको बारेमा विस्तृत जानकारी दिनुभएको छ ।
मन्त्री वाङ यीका अनुसार, ग्रीष्म ऋतुको सुरुमा राष्ट्राध्यक्ष सीले सन् २०२४ को पहिलो भ्रमण सुरू गर्नुभयो । पाँच दिन र ५ रातिमा उहाँले ३ देशका ४ क्षेत्रको भ्रमण गर्नुभयो । सो अवसरमा ३० भन्दा बढी कार्यक्रमले द्विपक्षीय र बहुपक्षीय वार्ता र राजनीतिक तथा आर्थिक विषय समेटेका छन् । त्यसमा औपचारिक राजकीय कार्यक्रम पनि छ, अनौपचारिक ‘टाई नलगाउने’ अवस्थाको हार्दिक आदानप्रदान पनि छ । व्यापक रणनीतिक वार्ता पनि छ, मन जोड्ने कुराकानी पनि छ । सबै तीन देशहरूले यो भ्रमणमाथि उच्च महत्व दिँदै सर्वोच्च स्वागत र सत्कार सौजन्य गरेका छन् ।
१. दौत्य सम्बन्ध स्थापना भएको प्रारम्भिक इच्छाको पालना गरी चीन र फ्रान्सको सम्बन्धको उत्तराधिकार र विकास गरेको छ ।
२. ‘बलियो मित्रता’ को निरन्तरता दिँदा नयाँ युगमा चीन र सर्बिया भाग्य समुदायको निर्माण सुरु गरेको छ ।
३. परम्परागत मित्रतालाई दृढ पारेर चीन र हङ्गेरीको सम्बन्धलाई ‘स्वर्ण मार्ग’ मा प्रवेश गर्न नेतृत्व गरेको छ ।
४. सही धारणालाई आकार दिँदा चीन र युरोपबिच साझेदारी सम्बन्धको सही स्थितिको पालना गर्न नेतृत्व गरेको छ ।
५. ठुलो मुलुकको जिम्मेवारी देखाउँदा विश्व शान्तिका लागि चिनियाँ योजना प्रस्तुत गरेको छ ।
भ्रमणमा राष्ट्राध्यक्ष सीले युरोपका नेतागणसँग युक्रेन सङ्कट, प्यालेस्टिन र इजरायलको भिडन्तलगायत क्षेत्रीय र अन्तर्राष्ट्रिय तातो मामिलाबारे गहिरोरूपमा वैचारिक आदानप्रदान गर्नुभयो ।
त्यसका साथै प्रथम महिला कूटनीति पनि यो भ्रमणमा मुख्य आकर्षण बनेको मन्त्री वाङले बताउनुभएको छ ।
‘स्वर्ण मार्ग’ मा प्रवेश भएको चीन–हङ्गेरी सम्बन्धद्वारा नयाँ मौकाको स्वागत
त्यसैगरी चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हङ्गेरीको राजकीय भ्रमण गर्दाका दौरान दुई मुलुकका नेताहरूले संयुक्त वक्तव्य प्रकाशित गर्दै चीन–हङ्गेरी सम्बन्धलाई चौतर्फी रणनीतिक साझेदारी सम्बन्धमा नवयुगीन समग्र–मौसमको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको रूपमा माथि उकास्ने घोषणा गर्नुभयो ।
चालू वर्ष चीन र हङ्गेरीबिच दौत्य सम्बन्ध स्थापनाको ७५ औँ वार्षिकोत्सव हो । ७५ वर्षयता दुई मुलुकले पारस्परिक विश्वास र मद्दत दिएर साझा विजयको सहयोग गरेका छन् । कोरोना महामारीका बेला चीनले हङ्गेरीलाई धेरै महामारी प्रतिरोधी सामग्री प्रदान गरेको थियो । हङ्गेरीले धेरैपटक चीनको केन्द्रीय हितको संरक्षण गर्ने कुरा व्यक्त गरेको छ । हङ्गेरी पनि चीनसँग ‘बेल्ट एन्ड रोड’ सहयोगात्मक दस्तावेजमा हस्ताक्षर गरेको पहिलो युरोपेली मुलुक हो । वास्तविकताबाट प्रमाणित गरिएअनुसार, चीन र हङ्गेरीको सम्बन्ध इतिहासमा सबैभन्दा राम्रो अवधिमा प्रवेश भएको छ ।
चीन युरोपबाहिर हङ्गेरीको सबैभन्दा ठुलो व्यापारिक साझेदार हो । हङ्गेरी चीनले मध्य पूर्वी क्षेत्रमा लगानी गरेको पहिलो गन्तव्य मुलुक र महत्वपूर्ण व्यापारिक साझेदार हो । हङ्गेरीका विदेश मन्त्री स्जिजार्टो पिटरले भन्नुभएझैँ हङ्गेरी र चीनको सहकार्यबाट चीनले युरोपेली मुलुकहरूका लागि ठुलो मौका उपलब्ध गराएको कुरा प्रमाणित गरिएको छ ।
दुई मुलुकको वक्तव्यअनुसार दुई पक्षले ‘बेल्ट एन्ड रोड’ को साझा निर्माण प्रस्ताव र हङ्गेरीको ‘पूर्वतर्फ खुला हुने’ रणनीतिलाई गहिरोरूपमा जोड्ने योजना अगाडि बढाउने छन् । हङ्गेरीका प्रधानमन्त्री ओर्बान भिक्टोरको विचारमा हङ्गेरीमा ‘बेल्ट एन्ड रोड’ को उपलब्धि समस्त युरोपसँग तुलना गर्न सकिँदैन । ‘बेल्ट एन्ड रोड’ ले हङ्गेरीका लागि हजारौँ रोजगारीका अवसर र आर्थिक समृद्धि विकास गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *