कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, ४ जेठ । बासु माविले स्थानीय पाठ्यक्रमअन्तर्गत ख्वप पहिचान विषयलाई मध्यनजर गरी यस वर्षको २५६८ औँ बुद्ध जयन्तीको उपलक्ष्यमा मुनिविहारका भिक्षु, श्रामनेरहरूलाई मुठीदान कार्यक्रम सम्पन्न ग¥यो ।
विद्यालयका प्रधानाध्यापक अम्बिका न्याईच्याईबाट मुठीदान कार्यक्रम सुरु गर्नुभयो । विद्यालयका परिवार र कक्षा १० सम्मका विद्यार्थीहरूले पनि आ–आफ्नो गक्ष्यअनुसार मुठी दान कार्यक्रममा भाग लिए ।
शिक्षक सुलोचना कोजुले बुद्ध शिक्षा, मानवीय सेवा र दानको महत्वबारे चर्चा गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ७ स्थित मुनिविहारका २२ जना भिक्षु एवम् श्रामनेरहरूलाई विद्यालयले भोजनको व्यवस्था गरेको थियो ।
Leave a Reply