भर्खरै :

समाज सुधार माविमा स्वागत कार्यक्रम

समाज सुधार माविमा स्वागत कार्यक्रम

भक्तपुर, ४ जेठ । “नयाँ वर्षमा नयाँ कार्यक्रमका साथ विद्यालयका शैक्षिक गतिविधिहरू अगाडि बढाउनुपर्छ । यसको लागि सबै अनुशासित भई कर्तव्य परिपालना गर्नु जरुरी छ ।”
उक्त धारणा समाज सुधार माध्यमिक विद्यालयले आयोजना गरेको नवआगन्तुक विद्यार्थीको स्वागत कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रजापतिले शुक्रबार व्यक्त गर्नुभएको हो ।
विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरू आवश्यक भएकोमा उहाँले जोड दिनुभयो ।
विद्यालयका सभापति तथा प्रअ जगन्नाथ प्रजापतिले विद्यालयले विद्यार्थीहरूको शैक्षिक गुणस्तर वृद्धि गर्न प्रयोगात्मक विधिलाई जोड दिँदै आएको उल्लेख गर्दै विद्यार्थीलाई सङ्ख्यात्मकताभन्दा गुणस्तरीयतालाई प्राथमिकता दिँदै आएको बताउनुभयो ।
विद्यालयका शिक्षकद्वय श्रीप्रसाद त्यातजू र कृष्णप्रसाद सुवालले कार्यक्रमको औचित्यताबारे प्रकाश पार्नुभयो । कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरूको तर्फबाट कक्षा ७ की विद्यार्थी जेनी तामाङ र पुरानो विद्यार्थीहरूको तर्फबाट कक्षा १० की प्रीति प्रजाले विद्यालयमा अध्ययन गर्दाका अनुभवहरू बताउनुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *