भर्खरै :

‘भक्तपुरलाई गढको रुपमा लिएका छैनौं’

१) ‘गढमै कमजोर नेमकिपा’ भन्दै समानुपातिकको मतगणनाबारे टिप्पणी गरिएको छ र ‘भक्तपुरमै नेमकिपाको धरौटी जफत’ भन्दै नेमकिपाका केही उम्मेदवारहरूको बारे उल्लेख गरिएको छ । यसबारे अध्यक्षज्यूको भनाइ जान्न पाए हुन्थ्यो ?
नेमकिपाले भक्तपुर जिल्लालाई कहिले ‘गढ’ को रुपमा लिएको छैन । बरु नेमकिपाले सबभन्दा बढी सेवा गरेको जिल्ला चितवन हो । जहाँसम्म धरौटी जफतको विषय हो –गणितले बताएकोबारे तर्क–बितर्कको आवश्यकता छैन ।  नेपालको २०१५ सालको पहिलो महानिर्वाचनमा पनि भक्तपुर निर्वाचन क्षेत्रमा १७ जना उम्मेदवार थिए र नेपाली कांग्रेसका उम्मेदवार जगन्नाथ आचार्यले २०२८ मत प्राप्त गरेका थिए भने नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार गणेशप्रसाद मानन्धरले २२५२ मत प्राप्त गरेका थिए । दोस्रोमा स्वतन्त्र, सं.प्र पार्टी (के.आई.सिंह) तेस्रो र चौथोमा नेपाल राष्ट्रिय गोर्खा परिषद्का उम्मेदवार थिए । नेपाल कम्युनिष्ट पार्टीको उम्मेदवार पाँचौं थिए भने १६ जना उम्मेदवारकै धरौटी जफत भएको थियो । यस अर्थमा भक्तपुर नेमकिपाको गढ थिएन र आज पनि गढ होइन, बरु हिजो पनि प्रतिक्रियावादीको गढ थियो र आज पनि हो । नेमकिपा बलियो भएको भए नेमकिपाका नेता तथा कार्यकर्ताहरूलाई फाँसीको माग गर्नसक्ने नै थिएन ।
 
२) यस निर्वाचनमा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनाका मुख्य दोषी मानिएका रेशमलाल चौधरीलाई पक्राउ गर्नुभन्दा सांसदको पदमा विजय गराउँदा यो सरकार र व्यवस्थालाई के भन्नुहुन्छ ?
पहिले पनि डाँकू, गुण्डा, अपराधी, हत्यारा आदि पूँजीवादी व्यवस्थाको सांसदमा उपस्थित थिए भने आज पनि जितेकै छन् । हार–जित कसरी हुन्छ भन्नेबारे सारा सचेत जनता जानकारी राख्छन् ।
 
३) संसदीय र प्रादेशिक निर्वाचनमा ‘मनी र मसल’ (धन र बल) को खुब कुरा सुनियो, के सत्य यही हो ?
पूँजीवादी निर्वाचनमा पैसा र पशु बलको महत्व कम छैन, निर्वाचन आचारसंहिता तत्काल लागू गर्न नसकेसम्म निर्वाचन आयोग मूकदर्शक भएर रहने स्थितिमा नपु¥याउन चुनाव अवधिभरि सरकार पनि निर्वाचन आयोगकै अ·को रुपमा राखिनुपर्ने अनुभव गरिंदै छ ।
४) थप केही कुरा बताउनुहुन्छ कि ?
निर्वाचन समीक्षा बैठकपछि अरु छलफल गरौंला !

Leave a Reply

Your email address will not be published. Required fields are marked *