भर्खरै :

लम्किचुहामा हो चि मिन्हको जन्म जयन्ती

लम्किचुहामा हो चि मिन्हको जन्म जयन्ती

कैलाली, ७ जेठ । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति कैलालीको आयोजनामा हो चि मिन्हको १३४ औँ जन्मजयन्तीको अवसरमा लम्किचुहा नगरपालिका २ पार्टी कार्यालयमा प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले एक सामान्य परिवारमा जन्मेका हो चिमिन्हले देशलाई साम्राज्यवादी देश अमेरिकाबाट उन्मुक्ति दिनको लागि धेरै ठुलो सङ्घर्ष गरी भियतनामी जनतालाई मुक्ति दिलाएको बताउनुभयो ।
उहाँले नेपालका ठुला भनाउँदा राजनीतिक दलहरू चुनावमा उठ्ने र सरकारमा गएर देशको सम्पत्ति दुरुपयोग गरिरहेको बताउनुभयो । यी शासक दलहरू विदेशीको दलाल भएको उल्लेख गर्दै उहाँले कुनै पनि कुराको सत्य तथ्य जानकारी नभएसम्म समर्थन या विरोध गर्न नहुने बताउनुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले होचिमिन्हले भन्नुभएझैँ जनताबाट शिक्षा ग्रहण नगर्नु गम्भीर दोष हुने बताउनुभयो ।
उहाँले अध्ययनको लक्ष्य कर्म हो, अध्ययन र कर्मको सम्बन्ध हाड मासुको जस्तो सम्बन्ध हुनुपर्दछ भन्नुभयो । उहाँले कर्मबिना अध्ययन व्यर्थ हुन्छ† अध्ययनबिना कर्म मुस्किलले मात्र गर्न सकिन्छ† यी कुरा हो चिमिन्हका जीवनीबाट सिक्न सकिने कुरा बताउनुभयो ।
कार्यक्रममा नेक्रामहिला सङ्घका केन्द्रीय सहसचिव तथा कैलाली अध्यक्ष लक्ष्मी पुनले दुःख पाएका भियतनामी जनताले पछि सुख पाउनुको कारण भनेको कम्युनिस्ट नेता होचिमिन्ह भएको कुरा प्रस्ट पार्नुभयो । उहाँले मजदुर र किसानको राज्य व्यवस्थाको निम्ति नेमकिपाले सधँै सङ्घर्ष गरिरहेको बताउनुभयो ।
कार्यक्रममा नेक्राशिसङ्घ कैलालीका अध्यक्ष गुप्तबहादुर शाहीले होचि मिन्हको जीवनीबारे बताउँदै उहाँ सन् १८९० मे १९मा सेन गाउँमा एक सामान्य परिवारमा जन्मिनुभएको हो भन्नुभयो ।
कार्यक्रममा नेमकिपा कैलालीका सदस्य भक्तिप्रसाद जैसी, हरिकला विष्ट, देवी अधिकारी, सचिव गगन थापा मगर, नेक्राकिसङ्घ अध्यक्ष गजबहादुर दर्लामी मगर, नेक्रायुसङ्घ अध्यक्ष प्रेम सिजापति र नेमकिपा लम्किचुहा नगर समिति सदस्य सुस्मा कामीले पनि हो चि मिन्हको जीवनीबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *