मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
कीर्तिपुर, ८ जेठ । कीर्तिपुर नगरपालिका वडा नं. ९ स्थित दर्शन सहकारीको मुख्य कार्यालयमा मङ्गलबार सहकारी पीडितले ताला लगाएका छन् ।
ताला लगाउन अघि बचतकर्ताको एक समूहले दर्शनका प्रबन्धक आयुषा दर्शनधारीलगायत जिम्मेवारी कर्मचारीहरूसँग शान्तिपूर्ण वातावरणमा छलफल गरेको थियो । बचतकर्ताको लागि जग्गा दिनसक्ने तर पैसा दिन नसक्ने भनेपछि जग्गा बेचेर राखेको पैसा फेरि जग्गा महँगोमा लिन नसक्ने भनेपछि जग्गा बेचेर राखेको पैसाको पैसा नै दिनुपर्नेमा अडान लिएपछि ‘तिमीहरू के गर्न सक्छौ गर’ भनेर धम्की दिन थालेपछि पीडित समूहले तालाबन्दी गरेको हो ।
पीडितहरूले प्रबन्धक र कर्मचारीहरूलाई कार्यालयमै थुनेर मुख्य गेटमा तालाबन्दी गरेका थिए । पीडित समूहले जेठ ९ गते ९ः३० बजे बिहान सबै पीडितहरू कार्यालयमा भेला हुन आह्वान गर्दै अध्यक्षसँग छलफल नगरी ताला नखोल्ने भनेको छ ।
Leave a Reply