वरिष्ठ अधिवक्ताहरूको बहस नोटतर्फ एक नजर
- मंसिर २६, २०८१
काठमाडौँ, ८ जेठ । मिर्मिरे बचत तथा ऋण सहकारी संस्था लि.को युवा तथा व्यवसाय प्रवद्र्धन उपसमितिको संयोजनमा भएको एकहप्ते वैशाख ३० देखि जेठ ६ गतेसम्म भएको भाषण तथा उद्घोषण कला तालिम कार्यक्रम सोमबार समापन भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् संस्थाका पूर्वअध्यक्ष राजवीर डंगोलले भाषण र उद्घोषण कलाको महत्वबारे चर्चा गर्दै कार्यक्रम प्रस्तोताले नियमित अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले नेमकिपाले देश विदेशका आन्दोलन र सङ्घर्षका इतिहास जनतामा पु¥याउन सोसम्बन्धी पुस्तकहरू निरन्तर प्रकाशन गरिरहेको जानकारी दिनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घद्वारा हालै प्रकाशित ‘रुसको डिसेम्बर विद्रोह’ र ‘समाज विकासक्रमको एक झलक’ पुस्तकको चर्चा परिचर्चा गर्दै उहाँले पार्टीका प्रकाशनहरू अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
मिर्मिरे साकोसका संस्थापक अध्यक्ष शोभालाल श्रेष्ठले आर्थिक गतिविधिसँगै सभ्य समाज र असल नागरिक निर्माणको लागि मिर्मिरे साकोसले निभाएको भूमिका सराहनीय भएको बताउनुभयो ।
मिर्मिरे साकोसको युवा तथा व्यवसाय प्रवद्र्धन उपसमितिका संयोजक नरेश डंगोलको सभापतित्वमा भएको उक्त कार्यक्रममा मिर्मिरे साकोसका पूर्वअध्यक्ष कशिनारायण डंगोल, अध्यक्ष कृष्णमान श्रेष्ठ, प्रशिक्षक शैलेश डंगोल, मिर्मिरे साकोसका प्रबन्धक जितेन्द्र डंगोल, सदस्य विक्रम डंगोल तथा प्रशिक्षार्थीलगायतले तालिमबारे बोल्नुभएको थियो ।
Leave a Reply