भर्खरै :

पश्चिमा शक्तिसामु नझुक्ने इरानी जनताप्रति हार्दिक समवेदना

पश्चिमा शक्तिसामु नझुक्ने इरानी जनताप्रति हार्दिक समवेदना

राष्ट्रपति रइसीको आकस्मिक निधन
गत आइतबार इरानका ६३ वर्षीय राष्ट्रपति इब्राहिम रइसी तथा विदेशमन्त्री सहितको ९ प्रमुख व्यक्तिहरू सवार हेलिकप्टर इरानकै उत्तरी पश्चिम सहर ताब्रिरजमा दुर्घटना हँुदा सबै सवारको मृत्युले इरानलगायत मध्यपूर्व (पश्चिम एसिया) का देशहरू शोकमा ड्ुबेका छन् । इरानले ५ दिनको शोक दिवस मनाउने निर्णय गरेको छ । इरानको उत्तरी भाग र कृष्ण सागरको दक्षिण पश्चिममा स्वतन्त्र राज्य अजरबैजान अवस्थित छ । पूर्वसोभियत सङ्घको एक राज्यको हाल इरानसँग विकासका पूर्वाधार निर्माणका सम्झौताहरू भएका छन् । ती सम्झौताहरूमध्येका एक जलविद्युत् आयोजनाको उद्घाटन गर्दै फर्कने क्रममा खराब मौसमको कारणले सो भएको प्रारम्भिक रिपोर्टले जनाएको छ भने संरा अमेरिका र इजरायलले यसमा उनीहरूको हात नरहेको घोषणा गरेका छन् ।
मध्यपूर्वमा इरानको भूमिका
राष्ट्रपति रइसीको निधनले इरानको आन्तरिक र क्षेत्रीय राजनीतिमा के कस्तो असर पार्ला भनी विश्लेषकहरूले विभिन्न विचार व्यक्त गरेका छन् । अमेरिका र पश्चिमा साम्राज्यवादले मध्यपूर्वलाई अस्थिरतामा धकेलेको भन्दै ती शक्तिहरूले मध्यपूर्व छोड्नुपर्ने अडान विगत ४५ वर्षदेखि इरानले राख्दै आएको छ भने अमेरिका, इजरायल र पश्चिमा शक्तिहरूले इरानले मध्यपूर्वमा आफ्नो आधिपत्य जमाउन खोजेको र उनीहरूविरुद्ध छ्दमयुद्ध गरिरहेको आरोप लगाउँदै आएको छ । वास्तवमा खनिज तेलमा धनी सिङ्गो मध्यपूर्वको स्रोत दोहनमा बाधा नआओस् भनी ती देशहरूबीच तिक्तता जन्माई भिडाउने, हतियारको व्यापार गर्ने र तेलमा आफ्नो आधिपत्य जमाउनु नै पश्चिमा शक्तिहरूको ध्येय रहँदै आएको छ । १९ औँ शताब्दीमा फ्रान्स र बेलायतले मध्यपूवर््ामा अपनाउँदै आएको यसै नीतिलाई दोस्रो विश्वयुद्धपछि अमेरिकाले निरन्तरता दिँदै आएको छ ।
मध्यपूर्वलाई पश्चिमा शक्तिको वर्चस्वबाट मुक्त गर्न निरन्तर मुकाबिला गर्न साहस गर्ने एकमात्र देश इरान अहिले देखिन्छ । इराक, लिबिया, अफगानिस्तानलगायतका देशलाई अमेरिकाले विभिन्न बहानामा तहसनहस पारिसकेको अवस्थामा अब संरा अमेरिका र उसका कठपुतली इजरायलाई चुनौती दिनसक्ने देश मध्यपूर्वमा इरान नै हो । आज सिङ्गो मध्यपूर्वमा प्यालेस्टानी जनताको पक्षमा खुलेर आवाज उठाउँदै आएको शक्ति भनेको पनि इरानै हो । यसैले इरानलाई आन्तरिकरूपमा कमजोर बनाउन प्रवासी इरानीहरूलाई प्रयोग गर्ने, त्यहाँको आणविक ऊर्जाको आयोजनालाई ध्वस्त बनाउने, आणविक ऊर्जा आयोजनाका वैज्ञानिकहरू तथा सैनिक कमान्डहरूको हत्या गर्ने र गराउने कामदेखि हजारौँ आर्थिक नाकाबन्दीको जालोमा पारेर इरानलाई टाउकै उठाउन नदिने नीति अमेरिका र इजरायलले लिँदै आएका छन् । तर यी सब हत्कण्डाका बाबजुद इरानले विज्ञान र प्रविधि, अत्याधुनिक हातहतियार निर्माण तथा अन्य भौतिक विकासमा फड्को मार्दै आएको देखिन्छ । विश्वको बदलिँदो भूराजनीति शक्ति सन्तुलनलाई आकलन गरी चीनको पहलमा इरानले आफ्नो पुरानो शत्रु साउदी अरबसँग सम्बन्ध सुधार्ने ऐतिहासिक कार्य गर्ने साहस गर्यो । यस घटनाले मध्यपूर्वको राजनैतिक र कूटनैतिक सम्बन्धहरूमा ठुलो परिवर्तन हुने आशाको किरण देखिँदै गर्दा राष्ट्रपति रइसीको दुःखद निधनले साम्राज्यवादी शक्तिविरुद्ध लागेका मध्यपूर्वका जनतालाई केही अप्ठ्यारो पर्नु अस्वाभाविक होइन । तर, विगत चार दशक पहिलेदेखि साम्राज्यवादी अमेरिकाको हैकमको विरुद्ध निरन्तर लडिरहेका जनता र नेतृत्व पङ्क्तिलाई यस घटनाले खासै ठूलो असर नपर्ने भए पनि पश्चिमा शक्ति भने हौसिन सक्छ ।

हेलिकप्टर दुघर्टनामा निधन भएका राष्ट्रपति इब्राहिम रइसी

इरानको अमेरिकासँगको तिक्तता किन र कसरी
पश्चिमा साम्राज्यवादीहरू विशेषतः बेलायत, फ्रान्स, इटली र जर्मनीको अधीन र दबदबा क्षेत्रको रूपमा रहेको खनिज तेलमा धनी मध्यपूर्वलाई दोस्रो विश्वयुद्धपश्चात् अमेरिकाले आफ्नो अधिनस्थ बनाउँदै लग्यो । यही सिलसिलामा सन् १९५१ मा इरानको निर्वाचित देशभक्त सरकारका प्रधानमन्त्री मोसादेगले बेलायतको तेल कम्पनी बीपी (BP) को आधिपत्यलाई समाप्त पार्दै इरानका सम्पूर्ण तेलखानीलाई राष्ट्रियकरण गर्ने अभियानलाई तीव्रता दिए । आफ्नो स्वार्थमा धक्का परेपछि बेलायतले इरानविरुद्ध आर्थिक नाकाबन्दी लगायो र आखिरमा १९५३ मा अमेरिकाको सहयोगमा अमेरिकी जासुसी संस्था– (CIA) र बेलायती जासुसी संस्था– (MI6) को प्रायोजनमा इरानको मोसादेग सरकारलाई कू गरेर मोहमद रेजा शाह पहल्वीलाई सत्तारोहण गरायो । अमेरिकी कठपुतली सरकार शाह पहल्वीले इरानको धर्म, संस्कृति, मूल्य मान्यता विपरीत देशलाई आधुनिकीकरणको नाममा अन्धाधुन्ध पश्चिमा संस्कृतिलाई भित्याउँदै गयो । उता बेलायत र अमेरिकाले इरानको प्राकृतिक स्रोतको मज्जाले दोहन गर्न पायो । रेजा पहल्वीले भित्याएको पश्चिमाकरणबाट विरक्तिएका र क्रोधित इरानी जनता धार्मिक गुरु र नेता आयोतोल्ला खोमेनीको आह्वानमा शाह सरकारको विरोधमा विस्तारै सडकमा उत्रिन थाले र विरोधले ठूलो रूप लिँदै गयो । जवाफमा शाह सरकारले गोप्य पुलिस सङ्गठन ‘सबाक’ गठन गरी हजाराँै जनतालाई यातना दिँदै हत्या गर्न थाल्यो । नेता आयोतोल्ला खोमेनीलाई देश छोड्न बाध्य बनाइयो । उनी इराक हुँदै फ्रान्समा निर्वासनमा रहे । तर उनले निर्वासनमै शाह सरकारको विरोधमा जनतालाई आन्दोलित हुन प्रेरणा दिइरहे । अन्ततः जनआन्दोलनको उभारले रेजा शाह पल्लबी र उनको परिवारलाई सन् १९७९ जनवरी १६ मा इरान छाड्न बाध्य बनायो । शाहको बहिरगमनको १६ दिनपछि नेता आयोतोल्ला खोमेनी १४ वर्षको निर्वासनबाट देश फर्के । इरानी जनताले उनको भव्य स्वागत गरे र इरान उनकै नेतृत्वमा इस्लामिक राज्य घोषणा भए । शाह पल्लवीलाई इरान फर्काउने इरानी जनताको मागलाई अमेरिकाले बेवास्ता गरेको भनी तेहरान स्थित अमेरिकी दूतावासलाई जनताले कब्जामा लिई ५२ जना अमेरिकीलाई बन्धक बनाए । यही घटनाबाट सुरु भएको अमेरिका इरानको तिक्तता अद्यापि छ । इरानको भूमिमा आफ्नो हालीमुहाली गर्न नपाएका अमेरिकी सरकारले इराकका सद्दाम हुसेनलाई उस्काएर इरानलाई हमलासमेत गर्न लगाए । अमेरिकाको उस्कसाहटमा भएको इरान र इराक युद्ध आठ वर्ष (१९८० देखि १९८८) सम्म चल्यो । जसमा करिब १५ लाखले ज्यान गुमाउनुप¥यो । त्यसपश्चात्को पश्चिमा शक्तिको निरन्तरको आर्थिक नाकाबन्दीले इरानको आर्थिक अवस्थालाई थिलथिलो त बनाएकै छ । ओबामाको पालामा सन् २०१५ मा इरान र अमेरिकासहित सात शक्ति राष्ट्रसँग (बेलायत, जर्मनी, रुस, चीन र फ्रान्स) भएको बृहत् आणविक सन्धिपश्चात् अमेरिका र इरानबिचको सम्बन्धमा केही सुधारको सङ्केत देखापरेको थियो तर सन् २०१८ मा ट्रम्पले एकपक्षीय रूपमा सो सन्धिबाट हात झिकी इरानमाथि अधिकतम दबाबको नीति (पोलिसी अफ माक्सिमम् प्रेसर) अपनाई इरानविरुद्धको आर्थिक नाकाबन्दीलाई चर्को पारेपछि इरानसँगको तिक्तता अझ चुलिन थालेको हो ।

राष्ट्रपति रइसी चीन भ्रमणका क्रममा

मध्यपूर्वमा पश्चिमा शक्तिको बहिर्गमन
मध्यपूर्वको राजनीतिलाई नजिकबाट अध्ययन गरिरहेका धेरै विश्लेषकहरूको भनाइमा मध्यपूर्वमा दिगो शान्तिको लागि अमेरिकालगायतको पश्चिमा शक्तिको बहिर्गमन नै पूर्वसर्त हो । अमेरिका र इरानबिच युद्ध भए इरानको सांस्कृतिक सम्पदाहरूसमेत ध्वस्त पार्नेजस्ता अमेरिकी धम्कीले अमेरिकी प्रशासनको असभ्य, अमानवीय र आपराधिक चरित्रलाई छर्लङ्ग पारेको छ । विश्लेषकहरूका अनुसार एक्काइसौँ शताब्दीको यस युग कृतिम बौद्धिकता (AI = आर्टिफिसिएल इन्टेलिजेन्स) र चौथौँ औद्योगिक क्रान्तिको युग हो जसको लागि आवश्यक कच्चा पदार्थ खनिज तेल वा अरु प्राकृतिक स्रोतभन्दा तथ्याङ्क (Data) प्रमुख हो । यस्तो परिवेशमा तेलको लागि अमेरिकालगायतका पश्चिमा शक्तिहरूले मध्यपूर्वका देशहरूमा आफ्नो हैकम चलाउनु कुनै हालतमा उचित होइन । मध्यपूर्व खनिज तेलको मात्र भण्डार होइन मिश्र र मेसोपोटामिया जस्ता विश्वको प्राचिन सभ्यता र संस्कृतिको मूल थलो पनि हो । हजाराँै वर्षदेखि विभिन्न साम्राज्यहरूको अधीनमा बस्न बाध्य अरब मूलका जनतालाई आफ्नो भूमिमा आफ्नै हिसाबले बाँच्ने अधिकारलाई अब कसैले खोस्नु हँुदैन । इरानका पूर्वविदेशमन्त्री मोहम्मद जावेद जरिफले चार वर्ष पहिले अमेरिकी टेलिभिजन CNN का संवाददाता फेडेरिक प्लेटजेनलाई दिएको अन्तर्वार्तामा भनेजस्तो इरानी र मध्यपूर्वका जनता विगत सात हजार वर्षदेखि मध्यपूर्वको भूमिमा बसोबास गर्दै आइरहेका छन् । अमेरिकीहरूजस्तै हिजो आएका होइनन् । मध्यपूर्व र इरानी जनताले आफ्नो रक्षा आफैले गर्न सक्छन् । अमेरिकाले आफ्नो भूमि मात्र रक्षा गरे पुग्छ । मध्यपूर्वका जनताको रक्षाको निहुमा ऊ यहाँ जबरजस्ती बसिराख्नु अन्तर्राष्ट्रिय नियमको उल्लङ्घन हो ।
साम्राज्यवादी पश्चिमा शक्ति र त्यसका अगुवा अमेरिकासँग नझुक्ने इरानी जनता र त्यहाँको नेतृत्व पङ्क्ति र सिङ्गो स्वाधीनताका हिमायती मध्यपूर्वका जनतामा राष्ट्रपति रइसीको दुःखद निधनले अपुरणीय क्षति पु¥याएको छ । हामी विश्वस्त छौँ इरानले मध्यपूर्वबाट पश्चिमा शक्तिको बहिर्गमनको लागि गरेको निरन्तरको अभियान जारी राख्नेछ र सफलता पनि मिल्नेछ । यस दुःखद घडीमा हामी नेपालीको तर्फबाट समस्त इरानी जनता र नेतृत्व पङ्क्तिमा हार्दिक समवेदना व्यक्त गर्दछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *