भर्खरै :

प्लास्टिकजन्य उत्पादन पृथ्वी र प्राणी जगतको लागि घातक

मानव आफ्नो बुद्धि, विवेक तथा चेतनाको प्रयोगबाट प्राणी जगतमा सर्वोकृष्ट भएका हन् । यहीँ सर्वोत्कृष्टताको परिणाम पृथ्वीलगायत विश्व ब्रह्माण्डका लाखौँ असङ्ख्य जीवजन्तु वनस्पतिमध्ये मानिस तिनीलाई आफ्नो अधीनमा राखी आफ्नो जीवनको अस्तित्वलाई सहज बनाउन उद्यत छ । जसलाई हिजोआज मानिसहरू स्वाभाविक मान्दै आएको छन् ।
मानिसको चेतना बुद्धि विवेकको कारण आफ्नो दैनिक जीवन सहज बनाउन र कम खर्चबाट उत्पादन भएर आफ्नो तौलभन्दा हजारौँ गुणा भार उठाउन सक्ने पोलिथिन ब्याग र झोलाको दुरुपयोग भएको छ भने ४ प्रतिशत मात्रै त्यस्ता प्लास्टिकको पुनः प्रयोग गर्न सकिन्छ । जसको औद्योगिक उत्पादनमा कोइला, तेल तथा ग्यासको अधिकतम प्रयोगले हरितगृह उत्सर्जन, कार्बनडाइअक्साइड, मिथेनले तापक्रम वृद्धिमा सहयोग पु¥याइरहेको छ ।
विद्युतीय उपकरण, खानेकुरा प्याकिङ, मानिसको आधुनिक जीवनशैली, विश्व व्यापार बजारमा सहज र भरपर्दो साधनको रुपमा प्लास्टिकको प्रयोग बढ्दै गएको छ । बालबच्चाको खेलौना, अस्पतालका सिरिन्ज तथा औषधि, रेल रकेटजस्ता विभिन्न प्रकारका सवारीसाधन, दैनिक प्रयोगमा आउने विभिन्न किसिमका सामान तथा औद्योगिक औजार एवम् सामानहरूको प्याकिङलगायत अन्तरिक्षसम्म प्लास्टिककै प्रयोग भएको छ । यसले आजको वर्तमान विश्वको युगलाई प्लास्टिकले जरा गाड्दा तापक्रम वृद्धि भई समुद्रको सतह बढेर समुद्रमा बनेका पहाडमा समेत प्लास्टिकको मात्रा बढेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
मानव सभ्यता विकासको क्रममा १९ औँ शताब्दीको अन्त्यसम्ममा मानिसको घरपरिवारबाट निस्केका अनेक प्रकारका दुर्गन्धित फोहोर हर माटोमा मिल्दथ्यो । तर, यसले मानव स्वास्थ्यलाई कुनै प्रकारको हानी नोक्सानी र तापक्रम वृद्धिमा कुनै असर पु¥याएको हुँदैन । नेपाली समाजमा विभिन्न भाषाभाषी तथा जातजातिका मानिसहरूको आ–आफ्नो सामाजिक संस्कार चाडपर्वहरूमा प्रयोग गरिएका वस्तुहरू एकपटक प्रयोग भएपछि त्यसलाई जथाभावी फ्याक्दैनन्; निश्चित ठाउँमा थुपारेर त्यसलाई खेतबारीमा मलको रूपमा प्रयोग गर्ने संस्कृति थियो ।
प्लास्टिकको अत्यधिक प्रयोगबाट महासागर तथा नदीको पानीमा बस्ने जलचरहरूको आन्द्रामा पुगी जीवनचक्रसमेत प्रभावित भई मानव जीवनलाई खतरा हुँदै आएको छ । यसले एकातिर जमिनमा रहेका बिरुवाहरूको जरामा नराम्रोसँग असर पर्दा उत्पादनमा कमी भई समग्र प्राणीहको अस्तित्वलाई प्रभावित पारेको छ भने अर्कोतिर तापक्रम वृद्धिले हिउँ पग्लिँदा बाढी पहिरोजस्ता मौसमी विपत्ले पानीको बहाव समुद्रमा पुग्दा समुद्र नजिकका देशको अस्तित्व नै गुम्ने अवस्था छ ।
प्लास्टिकजन्य वस्तु जलाउँदा निस्किएको हरितगृह उत्सर्जन, कार्वनडाइअक्साइड, कार्वनमनोअक्साइड तथा क्लोरोफ्लोरो कार्वनसहित हावा एवम् ग्यास तथा रसायनको उत्पादनले तापक्रममा वृद्धि भई पृथ्वीको अस्तित्व र समग्र प्राणी जगतको स्वास्थ्यलाई नकारात्मक प्रभाव पारिरहेको छ ।
प्लास्टिक निर्माणमा एलिथिन अक्साइड, जायालिन, बोन्जिनजस्ता खतरनाक रसायनको अत्यधिक प्रयोगले निस्किने हानिकारक पदार्थहरूको व्यवस्थापन गर्न चुनौती बन्दै गएको छ । विश्वको कच्चा तेलको ६ प्रतिशत नै प्लास्टिक उत्पादनमा प्रयोग भइरहँदा सन् २०५० सम्ममा २० प्रतिशत पुग्ने अनुमान गरिएको छ । हालसम्ममा उत्पादित ९ अरबभन्दा बढी टन प्लास्टिकले पृथ्वीलाई ७ चोटि बेर्न सकिने अवस्था रहँदा एकातिर छ भने अर्कोतिर प्लास्टिकलगायत अन्य औद्योगिक उत्पादनले उत्सर्जन गरेका हरितगृह ग्यास, कार्वन डाइअक्साड, मिथेन, क्लोरोप्लोरो कार्वनजस्ता तापक्रम वृद्धि गर्ने ग्यासहरूको कारण जलवायु क्षेत्रमा नकारात्मक असर परिरहेको छ ।
प्लास्टिकको अत्यधिक प्रयोगले हामीले प्रयोग गर्ने ८३ प्रतिशत पानीमा प्लास्टिकका अति विषालु सूक्ष्म कण हुँदा स्नायुसम्बन्धी र हर्मोनमा परिवर्तन भएर डाइबेटिज र थाइराइडमा समस्या ल्याउँदछ । प्लास्टिक माटो र पानीमा समेत मिश्रण नहुने हुँदा प्लास्टिकजन्य फोहोरको व्यस्थापनमा ठूलो समस्या छ । अति कम मात्रै प्लास्टिकको पुनः प्रयोग गर्न सकिने भएता पनि आर्थिकरूपले थप झन्झटिलो छ ।
मानव जीवनको हरेक क्षेत्रमा प्लास्टिकको प्रयोग प्रत्यक्ष अप्रत्यक्ष भइरहँदा पूर्णरूपमा निषेध गर्न असम्भव छ तर बुद्धिमत्तापूर्वक प्लास्टिकका सामग्रीहरू बहिष्कार गरेर व्यवस्थापन गर्न सकिन्छ । एकचोटि मात्र प्रयोग हुने ४० माइक्रोन भन्दा कम तौलको प्लास्टिकका सामानहरूको बन्देज राज्य तथा विश्वस्तरबाट गर्नैपर्दछ । साथै मानव समाजले पनि त्यस्ता प्लास्टिकको प्रयोगलाई न्यून गर्दै जानुपर्दछ ।
यसर्थ, पृथ्वी बचाउने लक्ष्यसहित मानिसलगायत सम्पूर्ण सजीव प्राणीहरूको जीवन अस्तित्व बचाउन प्लास्टिकजन्य औद्योगिक पदार्थको प्रयोगलाई न्यूनीकरण गरी विश्वको तापक्रम यथास्थितिमा राख्न सबैले आ–आफ्नो क्षेत्रबाट सकेको योगदान पु¥याउनु आजको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *