भर्खरै :

मजदुरवर्गको राज्य पेरिस कम्युन

मजदुरवर्गको राज्य पेरिस कम्युन

१८४८ जून महिनामा पेरिसका मजदुरवर्गको विद्रोहलाई पुँजीपतिवर्गले निर्दयतापूर्वक दबाइदिए । १० डिसेम्बर १८४८ को दिन पुँजीपतिवर्गले राष्ट्रपतिको चुनाव गरे । पुँजीपतिवर्गले नेपोलियनको भतिजो लुई नेपोलियनलाई धनजनले मद्दत ग¥यो । किसानहरूमा बुढो नेपोलियनको वीरताको खुब प्रचार गरेर नयाँ नेपोलियनको पक्षमा उसले मत लिने छल ग¥यो । चुनावमा लुई नेपोलियनले जिते र राष्ट्रपति बने । उनलाई नेपोलियन तेस्रो भन्ने चलन छ ।
२ डिसेम्बर १८५१ मा नेपोलियन तेस्रोले राष्ट्रिय प्रतिनिधिसभा भङ्ग गरे । २ डिसेम्बर १८५२ मा पुँजीपतिवर्गले राष्ट्रपति नेपोलियन तेस्रोलाई सम्राट घोषणा ग¥यो । मजदुरवर्ग र स–साना पुँजीपतिवर्गले मात्रै त्यसको विरोध गरे । तर, सेनाको समर्थन उनलाई थियो । बैङ्क व्यवस्थाबाट अनेक सुविधाहरू पाएर पुँजीपतिवर्गले त्यसबाट उद्योग र व्यापारको विकास गर्ने मौका पायो । व्यापार र उद्योगको विकासले बजारको निम्ति अरू देश कब्जा गर्ने नीतिहरू बनाउन थालियो । त्यसकारण, १८५४ र १८५६ को बिचमा उनले रुसमाथि हमला गरे । अफ्रिका र हिन्दचीनमा उनले उपनिवेशवादी शासन कायम गरे; मेक्सिकोमा आफ्नो दलाल सरकार कायम गर्न खोजे र टर्कीमाथि कब्जा गर्न र रुसलाई हराउन बेलायतसँग मिले । त्यो लडाइँ सा¥है खर्चालु साबित भयो । त्यो खर्च पूरा गर्न उनले किसानहरूमाथि कर लगाउन थाले । उनले ठुलठुला जमिनदार र पुँजीपतिवर्गको एक गुटको स्वार्थ पूरा गर्थे । १८६० मा बेलायती सामान फ्रान्समा पनि भित्याउन दिन एक सम्झौता गरे । त्यसले फ्रान्सेली पुँजीपतिवर्गलाई नोक्सान गथ्र्यो । यसकारण, पुँजीपतिवर्गको एक हिस्सा उनीसँग रिसायो ।
किसानहरू करको बोझले उनीसँग रिसाउँदै थिए । तिनीहरू ऋणमा डुब्दै थिए र असन्तोष बढ्दै गयो । मालसामानको भाउ बढ्दै गयो । जनतासँग पैसा थिएन । मालसामान बिक्न र कलकारखाना राम्रो चल्न छोड्यो । मजदुरवर्ग बेकार भयो । गरिबी झन्झन् चर्कँदै गयो । मजदुरहरूलाई कारखानामा दिनको १२ देखि १६ घण्टासम्म काम गराइन्थ्यो । १८६७ मा लिरे भन्ने कोइलाखानीमा मजदुरहरूले हडताल गरे । ज्याला बढाउन र ८ घण्टाको कामको माग मजदुरहरूले गरे । त्यस्तै लेक सोडमा स्वोडरका मजदुरहरूले हडताल गरे । हडताल दबाउन सेनाको प्रयोग गरियो । त्यसबाट क्रुद्ध भई ठाउँ–ठाउँमा मजदुरहरूको सङ्घर्ष बढ्दै गयो । थिचोमिचो र दमनको विरोधमा ठाउँ–ठाउँमा जनसभा, प्रदर्शन र हडताल हुन थाले । गणतन्त्रवादीहरूले शासक गुटको विरोधमा प्रचार र सङ्गठन गर्दै गए । १८७० जनवरी महिनामा २ लाख जनताले सरकारको विरोधमा जुलुस गरे । ‘गणतन्त्र अमर होस् !’ र ‘बोनापार्ट मुर्दावाद !’ भनेर जनताले नारा लगाए ।
मजदुर आन्दोलनलाई दबाउन र जनताको असन्तोषलाई मोड्न पुँजीपतिवर्गले नयाँ छल ग¥यो । फ्रान्सले जर्मनीमाथि धाबा बोल्यो । जर्मनी त्यसबेला स–साना टुक्रामा विभाजित थियो । त्यो एक भएमा बलियो हुन्थ्यो । बलियो भए त्यसमाथि फ्रान्सले थिचोमिचो गर्न सक्दैनथ्यो । जर्मनी एक हुन खोज्दै थियो । फ्रान्सेली पुँजीपतिवर्ग त्यो चाहँदैनथ्यो । जर्मनी पनि फ्रान्सेली पुँजीपतिवर्गले गर्ने आक्रमणसँग जुझ्न तयारी गरिरहेको थियो । जर्मनीका राज्यहरूमा प्रसिया सबभन्दा बलियो राज्य थियो । त्यसबेला प्रसियाको प्रधानमन्त्री विस्मार्क थिए । रुस, बेलायत, इटाली आदि देशहरू पनि फ्रान्सको पक्षमा थिएनन् । विस्मार्कले पूरै लडाइँको तयारी गरेका थिए । फ्रान्स स्पेनलाई आफ्नो प्रभाव क्षेत्र मान्थ्यो । विस्मार्कले स्पेनको गद्दीमा आफ्नो पक्षको मानिसलाई राख्न लगाए । त्यो कार्य फ्रान्सको निम्ति एक हाँक थियो ।
१७ जुलाई १८७० मा फ्रान्सले प्रसियाको विरोधमा लडाइँको घोषणा ग¥यो । तर, प्रसिया पूरै तयारीका साथ बसेको थियो । फ्रान्सको सेनाभन्दा उसको सेना दोब्बर थियो । तर, युद्धको निम्ति फ्रान्सको पूरा तयारी थिएन । आवश्यक नक्साहरूसमेत थिएनन् । २ सेप्टेम्बर १८७० को दिन सेडान भन्ने ठाउँमा १ लाख सेनासहित नेपोलियन तेस्रोले आत्मसमर्पण गरे ।
सेडानको हारको समाचार पेरिसमा पुग्यो । जनताले नेपोलियन तेस्रोको विरोधमा विद्रोह गर्न थाले । ४ सेप्टेम्बरको दिन जनता राष्ट्रिय प्रतिनिधिसभा भवनमा घुसे । सम्राट नेपोलियनले तेस्रो गद्दीबाट निकालिएको घोषणा गरे† गणतन्त्रको घोषणा गरे र मातृभूमि बचाउन माग गरे । लियो गामबेला भन्ने एक पुँजीवादी राजनीतिज्ञको नेतृत्वमा अस्थायी पुँजीवादी सरकार बन्यो । त्यसको नाम ‘राष्ट्रिय रक्षाको सरकार’ राखियो । त्यो एक पुँजीवादी प्रजातान्त्रिक क्रान्ति थियो । तर, राष्ट्रिय प्रतिनिधिसभामा राजतन्त्रवादीहरू बहुमतमा थिए । तिनीहरू प्रसियासँग सम्झौता गर्न चाहन्थे । तर, जर्मनीमा पुँजीपतिवर्गले आफ्नो हात माथि पारिसकेपछि फ्रान्सेली इलाकाहरूमा धावा बोल्दै रक्षात्मक युद्धलाई अब लुटपाट र डकैती युद्धमा फेरिदिए । जर्मनी अब फ्रान्सको अलसास र लोरेन प्रान्त कब्जा गर्न चाहन्थ्यो । फ्रान्सेली गणतन्त्रले अब रक्षात्मक युद्ध लड्न थाल्यो ।
१७ सेप्टेम्बरको दिन जर्मन सेना पेरिस पुग्यो । मजदुरहरूले जनतालाई सशस्त्र गर्न सरकारसँग माग गरे । सरकारले जनतालाई हतियार दिन कर लाग्यो । २२० नयाँ डिभिजन पेरिसको राष्ट्रिय गार्डमा थपियो । पहिलेको साठी बटालियन सेना बाँकी नै थियो । हरेक घरबाट एक सिपाही भए । शत्रुसँग धेरै ठाउँमा भिडन्त सुरु भयो । फ्रान्सेली जनताको वीरता र साहस उँचो थियो । तर, लडाइँको निम्ति पूरा तयारी गर्न नसकिएकोले लडाइँ हार्न थाल्यो । मार्शल बाजेनले १ लाख ७० हजार सेनासहित आत्मसमर्पण गरिदियो । पेरिस शत्रुको घेरामा प¥यो । राजतन्त्रवादीहरू र पुँजीपतिवर्ग तर्सिन थाले । तिनीहरू प्रसियाको अगाडि घुँडा टेक्ने पक्षमा गए । प्रसिया अलसास र लोरेन प्रान्त हात पार्न चाहन्थ्यो । ४ अर्ब फ्राङ्क लडाइँको हर्जाना चाहन्थ्यो । साथै एक निश्चित समयसम्म पेरिसमा आफ्नो सेना राख्न चाहन्थ्यो । सम्झौताको निम्ति प्रसियाको दबाब बढ्दै थियो । प्रसियाले पेरिसमा गोलाबारी सुरु गर्यो । खान नपाएर कामदार जनताका छोराछोरी मर्न लागे । जनताको आर्थिक स्थिति सा¥है खराब हुँदै गयो । तर, सम्पत्ति भएको वर्ग मोजमज्जा गर्दै थियो । तिनीहरू प्रसियाका सबै शर्तहरू मानेर भए पनि घुँडा टेक्ने नीतिमा अडिग थियो । भित्रभित्रै मेलमिलाप गर्दै गयो ।
पुँजीपतिवर्गको यस विश्वासघाती नीतिले मजदुरहरू सतर्क हुन थाले । पेरिसका बीसौँ जिल्लाबाट मजदुर र कालिगडहरूको प्रतिनिधि एकै बैठकमा भेला भए । त्यस प्रतिनिधिहरूको बैठकले एक तयारी समिति गठन ग¥यो । त्यसले बीसौँ जिल्लाको तर्फबाट एक कार्यक्रम तयार गर्यो । पुलिसको काम जनतालाई सुम्पने, सरकारी पदाधिकारीहरूको चुनाव गर्ने, भाषण, सभा, सङ्गठन र प्रेस स्वतन्त्रता दिने आदि कार्यक्रमका मुख्य विषयहरू थिए । ती प्रजातान्त्रिक विषयहरूलाई मागको रूपमा पेरिसको पर्खालहरूमा टाँसिदिए । व्यापारीहरूको सबै खाद्यान्न जफत गर्ने र जनतामा सस्तो मूल्यमा वितरण गर्ने माग जनताले गरे । जनताले त्यस राष्ट्रिय रक्षा सरकारलाई सरापे । ती कागजहरूमा सत्ता जनतालाई सुम्पने मागहरू लेखिएको थियो । पुँजीपतिवर्ग विदेशी शत्रुभन्दा घरका क्रान्तिकारी मजदुरवर्गसँग डराउँथ्यो । तिनीहरूले शत्रुको अगाडि घुँडा टेक्ने निश्चय गरे ।
३१ अक्टोबर १८७० को दिन मजदुर कालिगडहरूको विभिन्न गुटहरू मिलेर पेरिसको भिले होटल कब्जा गरे । राष्ट्रिय रक्षा सरकार भङ्ग गरेको घोषणा गरियो । मजदुरहरूको तयारी समितिले एक केन्द्रीय समितिको रूपमा काम गर्न थाल्यो । मजदुरवर्गले त्यसलाई कम्युन अथवा क्रान्तिकारी सरकार घोषणा गर्यो । मजदुरहरूले नारा लगाए, ‘कम्युन अमर होस् ।’ त्यो एक विद्रोह थियो ।
त्यसकारण, पुँजीपतिवर्गको राष्ट्रिय रक्षा सरकारले त्यस विद्रोहलाई दबाउन सबै बन्दोबस्त गर्न थाल्यो । मजदुरवर्गले पनि २२ जनवरी १८७१ को दिन त्यस सरकारलाई राष्ट्रिय विश्वासघाती सरकार भनेर हतियारको बलमा उल्टाउने कोसिस ग¥यो । तर, त्यो योजना असफल भयो । पुँजीवादी सरकार र सेनापति मजदुरवर्गदेखि सतर्क थिए । धेरै विद्रोहीहरू गिरफ्तार गरिए र जेलमा बन्द गरिदिए ।


२८ जनवरी १८७१ को दिन त्यस विश्वासघाती सरकारले जनतालाई थाहै नदिई प्रसियासँग घुँडा टेक्ने र युद्ध बन्द गर्ने सन्धिमा हस्ताक्षर गर्यो । सन्धिको लगत्तै चुनाव गर्ने घोषणा गर्यो । फ्रान्सको ३ भागमध्ये एक भाग शत्रुको कब्जामा थियो । ती ठाउँको चुनावमा शत्रुहरूले हुनसम्म मद्दत गरेर प्रतिक्रियावादीहरूलाई जिताए । धर्ममाथि विश्वास गर्ने र पिछडिएको गाउँ गाउँमा धर्माधिकारीहरूले जनतालाई धोखा दिएर राजतन्त्रवादीहरूलाई मत दिन लगाए । पेरिस शत्रुबाट घेरिएको थियो । त्यसकारण, त्यहाँ मतदान भएन । ७०० प्रतिनिधिमध्ये ४५० प्रतिनिधिहरूमा राजतन्त्रवादीहरू जिते । त्यस राष्ट्रिय सभाले एक नयाँ सरकार गठन ग¥यो । त्यसको मुख्य व्यक्ति एडोल्फ थिएर थिए ।
थियर एक कुख्यात प्रतिक्रियावादी थिए । १८३० को आन्दोलनको बेला पेरिसका मजदुरहरूलाई गोली हान्न लगाउने क्रूर गुण्डा थिए । उनी एक पुँजीवादी वकिल, झूटा इतिहासकार र राजनीतिज्ञ थिए । उनी प्रतिनिधिसभाका सदस्य थिए र राष्ट्रपति बने । पुँजीपतिवर्ग पेरिसका क्रान्तिकारी वर्गसँग डराउँथ्यो । यसकारण, राष्ट्रिय सभा वोर्डकस भन्ने सहरमा बस्यो । वोर्डकस फ्रान्सको दक्षिण पश्चिमतिर पर्छ । राजधानी पनि पेरिसबाट भर्सेलिजमा सा¥यो । भर्सेलिज पेरिसभन्दा केही माइल दक्षिण पश्चिमतिर पर्दछ ।
थियरको सरकारले मजदुरवर्गलाई घुँडा टेकाउन मजदुरविरोधी नीति लियो । घेरामा परेको बेलामा राष्ट्रिय गार्डले तलब नपाउने र डेरा बहाल भत्ता नदिने निर्णय गर्यो । त्यो निर्णय मजदुरवर्गलाई दबाब दिने र डेराबाट निकाल्न लगाउने षड्यन्त्र थियो । प्रजातान्त्रिक अखबारहरू बन्द गरियो । क्रान्तिकारी नेताहरूलाई गिरफ्तार गर्न सुरु गरियो ।
त्यस प्रतिक्रियावादी नीतिले गर्दा मजदुरहरूमा देशभक्ति र क्रान्तिकारी भावना बढ्दै गयो । फेब्रुअरी १८७१ मा राष्ट्रिय गार्डको केन्द्रीय समितिको बैठक बस्यो र जनतालाई देश बचाउन आह्वान ग¥यो । राष्ट्रिय गार्डसँग तोप र गोलाबारुद थियो । त्यो मजदुरहरूकै चन्दाबाट जुटाइएको थियो ।
१८ मार्च १८७१ को दिन ती तोपहरूमाथि कब्जा गर्न थियरले सरकारी पल्टन पठाए । समयमै मजदुरहरूले थाहा पाए । खतराको घण्टी बज्यो । सबै मजदुरहरू तोप राखेको ठाउँमा पुगे । मजदुरहरूले फेरि तोप आफ्नो हातमा लिए । सरकारी अफिसरले सिपाहीहरूलाई मजदुरहरूमाथि गोली चलाउन आदेश दिए । सिपाहीहरूले अफिसरहरूको आदेश मान्न अस्वीकार गरे† उल्टै अफिसरहरूमाथि गोली हाने । तोपहरू राष्ट्रिय गार्डकै हातमा रह्यो ।
सशस्त्र राष्ट्रिय गार्ड र मजदुरहरू पेरिसको केन्द्रतिर लम्के । सरकारी ब्यारेकमाथि कब्जा गरियो । राष्ट्रिय गार्डको केन्द्रीय समितिले पेरिस कब्जा गर्ने आदेश दियो । विद्रोहीहरूले सरकारी छाउनी, स्टेसनहरू, सरकारी भवनहरू र सहरको मुख्य मुख्य ठाउँ कब्जा गरे । थियर र उनका मन्त्रीहरू पेरिस छोडेर भागे । सरकारी पल्टन पनि भर्सेलिजमा भाग्यो । राष्ट्रिय गार्ड र मजदुरवर्गले भिले होटल र युद्ध मन्त्रालयमा रातो झन्डा फहराइदिए । १८ मार्च १८७१ को दिन पेरिसका मजदुरवर्गको क्रान्तिको दिन थियो । राष्ट्रिय गार्डको केन्द्रीय समिति पेरिसको सरकार बन्यो । पुँजीपतिवर्गलाई पेरिसका मजदुरवर्गले सत्ताबाट गलहत्याइदियो ।
मजदुरवर्गको नयाँ सरकार पेरिस कम्युन
२६ मार्च १८७१ को दिन पेरिस कम्युनका प्रतिनिधिहरूको चुनाव भयो । चुनावबाट जम्मा ८५ प्रतिनिधिहरू चुनिए । त्यसमध्ये आधा मजदुरहरू थिए । २१ जवान पुँजीपतिवर्गका थिए । अरू बाँकी कर्मचारी, डाक्टर, शिक्षक, पत्रकार आदि थिए । सबै प्रतिनिधिहरूको हिसाब गर्दा अत्यन्त बहुमत प्रतिनिधिहरू मजदुरवर्गका थिए । पेरिस कम्युनको नेतृत्व मजदुरवर्गको हातमा थियो । २८ मार्च १८७१ को दिन प्रतिनिधिहरूले पेरिसमा नयाँ सरकारको घोषणा गरे । त्यस सरकारको नाम ‘पेरिस कम्युन’ राखियो । राष्ट्रिय गार्डको केन्द्रीय समितिले कम्युनलाई आफ्नो शक्ति सुम्पेको घोषणा ग¥यो । बैन्ड बाजा बजाएर जनताले खुसी मनाए र नारा लगाए, ‘कम्युन अमर होस् ।’
‘पेरिस कम्युन’ जनताको राज्यको सबभन्दा माथिल्लो अङ्ग थियो । पेरिस कम्युन ऐन कानुन बनाउने एक विधायिका सभा र कार्यान्वयन गर्ने कार्यपालिका दुवै थियो । सेना, जन–सुरक्षा, विदेश सम्बन्ध, न्याय, जनसेवा, शिक्षा, खाद्य, श्रम, श्रम विनिमय, अर्थसम्बन्धी कार्यहरू विभिन्न कार्य समितिहरूमार्फत काम चालू गरे । जनतालाई चित्त बुझेन भने आफ्ना प्रतिनिधिहरूलाई फिर्ता बोलाउने अधिकार दिइयो । तर, केही निजामती कर्मचारीहरू पुँजीपतिवर्गको राजधानी भर्सेलिज भागे । बाँकी भएकाहरूले नयाँ सरकारको मातहतमा काम गर्न अस्वीकार गरिदिए । २१ जवान पुँजीवादी प्रतिनिधिहरूले कम्युनलाई त्यागिदिए अथवा कम्युनलाई बहिष्कार गरे । ३५ हजार कम्युनबाट ७ लाख नगर सदस्यहरू चुनिएका थिए । त्यसमध्ये विरोधीहरू ८ हजार मात्र थिए ।
स्रोत : ‘विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू’ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *