सांस्कृतिक पुचःको आयोजनामा शुभकामना आदानप्रदान तथा सांस्कृतिक ¥याली
- कार्तिक ४, २०८३
भक्तपुर, १२ जेठ । वागीश्वरी माध्यमिक विद्यालयको आयोजनामा ‘अभिभावक सचेतना कार्यक्रम’ शनिबार सम्पन्न भएको छ । कक्षा ९ र १० का विद्यार्थीहरूको अभिभावकहरूलाई भेला गरी भएको उक्त कार्यक्रममा उत्प्रेरणात्मक वक्ता डा. रवीन कटवालले कुशल अभिभावक बन्न अपनाउनुपर्ने जीवन पद्धतिबारे प्रस्ट पार्नुभयो ।
अभिभावकहरूसँग भएको फोनको सन्दर्भ उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘फोन स्मार्ट हुनुभन्दा पनि मान्छे स्मार्ट हुनु आवश्यक छ ।’
शिक्षा कहिल्यै सस्तो थिएन र छैन, हुनु पनि हुँदैन भन्दै उहाँले शिक्षा सुनभन्दा महँगो हुनुपर्छ, त्यही ढङ्गले शिक्षाको संवद्र्धन गर्नुपर्छ; सस्तो बेसाहाले पखाला लाग्न सक्छ; शिक्षालाई सस्तो नठान्नुस् भन्नुभयो ।
विद्यार्थीमा उच्च ग्रेडभन्दा पनि उच्च संस्कारको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले सुसंस्कारलाई जीवन पद्धतिको रूपमा बसाल्नुपर्नेमा जोड दिनुभयो ।
छोराछोरीको सफलतामा खुसी हुन र छोराछोरीलाई हौस्याउन कन्जुस्याइँ नगर्न सुझाव दिँदै उहाँले सन्तानको बानी व्यवहार सुधार्न चाहने अभिभावकले सबभन्दा पहिले आफ्नो बोली व्यवहार सुधार्नुपर्छ भन्नुभयो ।
प्र.अ. कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको उक्त कार्यक्रममा सहभागी सहयोगी अतिथि सबैलाई धन्यवाद ज्ञापन गर्दै नयाँ भर्ना हुन आएका विद्यार्थीहरूको आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गर्नुभयो । कार्यक्रममा संयोजक ज्ञानसागर प्रजापतिले स्वागत गर्दै विद्यार्थीको प्रगतिको लागि शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिबिच हातेमालो आवश्यक भएको बताउनुभयो । कार्यक्रममा मा.वि. इन्चार्ज विश्वेश्वर मानन्धरले पनि बोल्नुभएको थियो ।
Leave a Reply