कुरीति र अन्यायको बारेमा चुप नलाग्ने हाम्रो आफ्नै परम्परा छ
- कार्तिक १, २०८३
भक्तपुर, १ कार्तिक । बालाखु गणेश भजन गुठी, ब्यासीको आयोजनामा भएको भक्तपुर नगरस्तरीय कमिसला पाँय् प्रतियोगिताको पुरस्कार वितरण तथा समापन कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपाले मौलिक खेलको संरक्षण गर्न स्थानीय पाठ्यक्रममा कसिमला पाय् खेल राखिएको जानकारी दिँदै मौलिकता बचाउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नु जरूरी भएको आवश्यकता औँल्याउनुभयो ।
प्रमुख प्रजापतिले दाफा प्रदर्शन गरेर भनपाले मूर्त र अमूर्त सम्पदाहरूको संरक्षण गर्दै आएको उहाँले बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “भूमिसम्बन्धी ऐनको संशोधन विधेयक २०८३ अध्यादेश जारी भएपछि देको मिवामा गुठी जग्गा कमाउनेहरूको समस्या समाधान गर्न मद्दत पुगेको छ । त्यसैले सरोकारवाला सबैले समयमा निवेदन दिएर आ–आफ्नो जग्गा फिर्ता लिन म आग्रह गर्दछु ।”
समस्या भएका जग्गावालाहरूसँग छलफल गरी सम्भव भएसम्म समस्या समाधान गर्ने कोशिश भइरहेको स्पष्ट पार्दै प्रमुख प्रजापतिले भन्नुभयो, “अझै कोही समस्यामा हुनुहुन्छ भने छलफल गरेर टुङ्ग्याइने छ† आयोजनामा विद्युत् र खानेपानी व्यवस्था गर्न सम्बन्धित कार्यालयसँग समन्वय गरिररहका छौँ ।”
भजन गुठी नाइके कृष्णभक्त सुजखुको सभापतित्वमा भएको कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, राजाराम सुवाललगायतले बोल्नुभएको थियो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुन सफल भएकालाई पुरस्कार वितरण गरिएको थियो ।
Leave a Reply