भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भक्तपुर, ५ पुस । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिका क्षेत्र भित्रका भक्तपुर अस्पताललगायत विभिन्न कार्यालयको बुधबार निरीक्षण गर्नुभयो । निरीक्षणको क्रममा प्रमुख प्रजापतिले भक्तपुर अस्पतालले राम्रो सेवा नदिएको जनगुनासोबारे अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुधा देवकोटाको ध्यानाकर्षण गर्नुभयो । उहाँले भक्तपुर अस्पतालले वातावरण र भौतिक सुधारहरू गरी स्तरीय सेवा दिन सके भक्तपुरका जनताको मात्रै होइन पूर्वका जिल्लाहरूबाट आउने बिरामीहरूको पनि राम्रो सेवा हुने बताउनुभयो । भक्तपुर अस्पताल, मानव अङ्ग प्रत्यारोपन केन्द्र र क्यान्सर अस्पतालबीच समन्वय गरेर अगाडि बढ्न सके भक्तपुर स्वाथ्य उपचारको क्षेत्रमा एक उदाहरणीय नगर बन्नेछ, मेयर प्रजापतिले भन्नुभयो । निरीक्षणको क्रममा भक्तपुर अस्पतालका मेडिकल सुपरिटेदेन्ट डा. सुधा देवकोटाले आफू आएदेखि नै अस्पतालको सुधारको लागि निरन्तर जोड दिइरहेको, अस्पतालले दैनिक ३०० भन्दा बढी बिरामीहरूको उपचार गरिरहेको, सानोदेखि ठूला अपरेसनहरू पनि हुने गरेको जानकारी गराउँदै विगतमा भन्दा निकै सुधार भए पनि जनताको विश्वास जित्न अझै मिहेनत गर्ने बताउनुभयो । अस्पताल प्रशासन प्रमुख सावित्री पौडेलले अस्पतालको गतिविधिबारे प्रमुख प्रजापतिलाई जानकारी दिनुभयो । सो क्रममा प्रमुख प्रजापतिले अस्पतालका विभिन्न वार्डहरूको र भौतिक संरचनाहरूको पनि निरीक्षण गर्नुभयो । त्यसैगरी प्रमुख प्रजापति नगरपालिकाअन्तर्गतका भ.न.पा. १ स्थित पशु चिकित्सक कार्यालयमा पुगी त्यस कार्यालयले गरिरहेका कामबारे जानकारी लिनुभयो । कार्यालयका पशु चिकिल्सक उमेशलाल प्रधान र डा. नवीन उपाध्यायले भुस्याहा कुकुर नियन्त्रण र छाडा पशुहरूको व्यवस्थाबारे कार्यालयले गरिरहेका कामबारे प्रमुख प्रजापतिलाई जानकारी दिनुभयो । बुधबार १४ वटा पशुहरूको उपचार गरिएको बताइयो । त्यस्तै भनपा वडा नं. १ सल्लाघारीस्थित उपचार पोखरी हाल परियोजना कार्यान्वयन निर्देशनालयले आधुनिक उपचार पोखरी निर्माणको क्रममा भइरहेको सुधारका कामबारे अवलोकन गर्नुभयो । सो क्रममा भक्तपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष श्यामकृष्ण खत्री, भनपा २ का वडा अध्यक्ष हरिप्रसाद बासुकला र श्यानिटेशन शाखाका प्रमुख दिलिपकुमार सुवालको पनि उपस्थिति थियो ।
Leave a Reply