के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
बाँके, १५ जेठ । नेमकिपा वैजनाथ गाउँ समितिको आयोजनामा वैजनाथ गाउँपालिका वडा नं. ३ का लालबहादुर बुढाको मङ्गलबार सातौँ स्मृति कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपा बाँकेका अध्यक्ष बखत थापाले लामो समय पार्टी र समाजको लागि मृतक बुढाले गरेको योगदानको स्मरण गरिरहनुपर्छ भन्नुभयो ।
किसान नेताको परिचय बनाएका मृतक लालबहादुर बुढाको बाँकी अधुरो काम पूरा गर्न कार्यकर्ताहरू लाग्नुपर्ने उल्लेख गर्दै उहाँले पुँजीवादी पार्टीहरू दलबदल गरी गठबन्धन सरकारमा लागेर आ–आफ्ना पार्टीका नेता कार्यकर्ताहरूको भागबन्डामा व्यस्त भएकाले देशमा समस्या निम्तिएको बताउनुभयो ।
नेमकिपाले स्थापना कालदेखि निरन्तर काम गरी खाने वर्गको पक्षमा काम गरिरहेको चर्चा गर्दै उहाँले पुँजीवादी र सामन्तवादी दलालहरूले देश र जनताको सेवा गर्दैनन् भन्नुभयो ।
वैजनाथ गाउँ समितिका अध्यक्ष तुल्सीप्रसाद आचार्यको सभापतित्वमा भएको स्मृति कार्यक्रममा अंजिरबहादुर शाही, नेक्रामसङ्घ बाँकेका जिल्ला अध्यक्ष नारायणी चौधरी, वैजनाथ पालिका समिति सदस्य नगेन्द्रबहादुर बुढा, नेक्राविसङ्घ जिल्ला समिति सदस्य भावना सिंहले उहाँको योगदानबारे चर्चा गर्नुभएको थियो ।
वैजनाथ गाउँ समिति सचिव मछोनलाल थापाले पनि बोल्नुभएको थियो ।
Leave a Reply