यासुकुनी मन्दिरको भ्रमण र आर्थिक प्रस्तावहरूले जापानको ‘शान्तिको देश’ मकुन्डो च्यात्छ
- कार्तिक १०, २०८३
चिनियाँ ऐतिहासिक सचेततालाई उचाइमा पु¥याउन र चिनियाँ संस्कृतिमाथिको आत्मविश्वासलाई बलियो बनाउन चिनियाँ सभ्यताको अध्ययनले मात्र सम्भव छ । चिनियाँ सभ्यताको प्रादुर्भावको परियोजनामा केन्द्रित हुँदै आज हामी केन्द्रीय राजनीतिको ब्युरोको मूल समितिको ३९ औँ सामूहिक अध्ययन कार्यालमा उपस्थित भएका छौँ । पाँच हजार वर्ष पुरानो चिनियाँ सभ्यताको विकासको गहिरो विचारको चुरो र जरो ज्ञान हासिल गर्नु, चिनियाँ सभ्यताको थप अध्ययन गर्नु र सङ्गठन र समुदायमार्फत ऐतिहासिक सचेतता र सांस्कृतिक आत्मविश्वासलाई उचाइमा पु¥याउनु आजको यस महत्वपूर्ण बसाइको उद्देश्य हो ।
चिनियाँ विशेषतासहितको समाजवादको बाटोमा दत्तचित भई रहिरहन, आधुनिक समाजवादी मुलुकको निमार्ण गर्न र राष्ट्रको पुनःजीवन हासिल गर्न आजको यस बसाइले ठुलो सहयोग गर्ने कुरामा हामीलाई विश्वास छ ।
इतिहासले सही सुशासनबारे स्पष्टसँग मार्गदर्शन गरिसकेको छ । हामीले इतिहासको सम्मान गर्दै यसको गहिरो अध्ययन गर्नुपर्ने, ऐतिहासिक दृष्टिकोणलाई अँगाल्दै चिनियाँ परम्परागत संस्कृतिलाई आत्मसात गर्नैपर्ने आवश्यकतालाई सन् २०१२ मा सम्पन्न १८ औँ चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय महाधिवेशनको भेलादेखि बारम्बार जोड दिँदै आएका छौँ ।
लामो इतिहास समेटेको यस चिनियाँ सभ्यता विशाल छ, प्रगाढ छ । चिनियाँ राष्ट्रको पहिचान बोकेको यो एउटा अनुपम निसानी हो जुन संसारभरि छरिएर रहेका सम्पूर्ण चिनियाँ जनतासँग सरोकार राख्दछ । समसामयिक चिनियाँ संस्कृति र चिनियाँ अभिनव परिवर्तनको उत्प्रेणाको स्रोतको बलियो आधार भनेकै चिनियाँ सभ्यता हो । संसारमा कम्युनिस्ट सिद्धान्तको सर्वप्रथम प्रतिपादन गर्ने महान् दार्शनिक कार्ल माक्र्सका अनुसार राष्ट्रले राष्ट्रकै लागि कुनै एक उत्तम कार्य गर्नु भनेकै मानव समाजको लागि केही गर्नु हो । इतिहासको लामो कालखण्डदेखि नै दृढ सङ्कल्पित चिनियाँ राष्ट्रको आत्मनिर्भरताको संरक्षण गर्दै जटिलभन्दा कठिन कार्यहरू पार लगाउँदै अरुभन्दा पृथक सभ्यताहरूका विकासको बाटोबाट इतिहासको लामो खण्ड पार भएको छ ।
सत्य कुराहरू इतिहासले नै अनावरण गर्ने गर्छ । त्यस उसले ती अकाट्य वास्तविकतालाई बुझ्न र थाहा पाउन इतिहासको अध्ययन गर्नु जो कोहीको लागि पनि अनिवार्य हुन्छ । हाम्रो पार्टीले ऐतिहासिक भौतिकवादको उपायहरूसँगै चिनियाँ इतिहासको विचार र अवधारणाहरूको सदैव नियालेकै हुन्छ । हामीले चीनको परम्परागत इतिहासको सर्वाेत्कृष्टतालाई संरक्षण गर्दै त्यसलाई नयाँ पुस्तामा हस्तान्तरण गरेका छौँ ।
सन् १९३८ तिर फर्किने हो भने चिनियाँ समाजवादी जनताका महान नेता माओले भनेका थिए, “हाम्रो राष्ट्रिय इतिहास हजारौँ वर्ष पुरानो छ । यसको आफ्नै छुट्टै विशेषता र असङ्ख्य मान्यता र मूल्यहरू छन् । तत्सम्बन्धमा हामीले धेरै अध्ययन, चिन्तन र अनुसन्धान गर्नुपर्छ किनभने यो क्षेत्रको इतिहासमा अभैैm पनि कम मात्र ज्ञान हासिल गरेका स्कूले बालबालिकाजस्तै भएका छौँ हामी । वर्तमानमा हाम्रो मुलुक आफ्नै विगतका अवस्थाभन्दा सकारात्मकरूपले अघि बढेको छ । किनभने ऐतिहासिक सोचमा हामी माक्र्सवादी हौँ । हामीले हाम्रो इतिहासको कालखण्डबाट हामीलाई अलग राख्न सक्दैनौँ । कन्फुसियसदेखि सन यातसेनसम्मको इतिहासको ज्ञानको भण्डालाई आत्मसात गर्दै त्यसको मूल्यवान विरासतलाई कार्यान्वयन गर्नेतर्फ ध्यान दिनुपर्ने हुन्छ । आजको यस महान् कदम र अगुवाइ चिनियाँ जनता र मुलुकको दिशानिर्देशका लागि यो औधी महत्वपूर्ण छ ।”
चिनियाँ सभ्यताको उत्पत्ति प्रमुख विषयवस्तु हो जसले अध्ययनमा दत्तचित भई लागिपर्ने हाम्रा विद्वानहरूलाई मात्र होइनन् अन्तर्राष्ट्रिय प्राज्ञिक क्षेत्रको निरन्तर सुझबुझलाई समेत आकर्षित गर्छ । थुप्रै विद्वान पुस्ताहरूको अथक प्रयासका कारण चिनियाँ सभ्यता उत्पत्ति परियोजनाले लाखौँ वर्ष पुरानो मानवताको प्रमाण, हजारौँ वर्ष पुरानो संस्कृति र पाँच हजार वर्षभन्दा पुरानो चिनियाँ सभ्यताबारे धेरै तथ्याङ्कहरू हात पारिसकेको छ ।

चिनियाँ सभ्यताको उत्पत्तिबारे हामीले धेरै प्रगतिहरू हासिल गरिसकेको भए तापनि अझै पनि हामीले लामो र कठिन यात्राहरू सामना गर्नुपर्ने हुन्छ । हाम्रो अध्ययनको गतिलाई अझ बढी गहिराईसम्म लैजानुपर्छ । त्यसका लागि निम्न कुराहरूलाई प्राथमिकतामा राख्न आवश्यक हुन्छ –
१. चिनियाँ सभ्यताको उत्पत्ति परियोजनाले गर्ने थप प्रगतिलाई नियाल्न बहुउद्देश्यीय अनुसन्धानलाई बलियो बनाउनु ।
चिनियाँ सभ्यता उत्पत्ति परियोजनाले चिनियाँ सभ्यताको उत्पत्ति, निर्माण, विकास, चिनियाँ सभ्यताको बहुजातीय एकताको नव प्रवद्र्धन, चिनियाँ सभ्यताको विशेषता र तिनीहरूका निर्माण कसरी र किन भए भन्नेबारेका कारणहरूले हामीलाई स्पष्ट अवधारणा उपलब्ध गरिसकेको छ । तर, यसले प्रारम्भिक र सङ्कुचित परिणामहरूको मात्र प्रतिबिम्बित गर्छ । गहिरो अध्ययनमार्फत पत्ता लगाएर समाधान गर्नुपर्ने अन्य थुपै्र सवालहरू अझ पनि शेष छन् । सहि प्रमाण र अनुसन्धानद्वारा त्यसको उत्तर हात पार्न हामीलाई आवश्यक छ । विशेषरूपमा सिया वंशको प्रारम्भिककालदेखिको इतिहासलाई उघार्न हामीले धेरै कार्य गर्नुपर्छ ।
जीवविज्ञान, आणविक जीवविज्ञान, रसायनशास्त्र, भूविज्ञान र भौतिकशास्त्रको सर्वमान्य अनुशासनको घेरामा रही हाम्रो प्राचीन कलाकृतिको अध्ययन गर्न उच्चत्तम प्रविधिको प्रयोग गरेका छांँै । चिनियाँ सभ्यताको उत्पत्तिबारे थप तथ्यहरू पत्ता लगाउन हाम्रो यस कार्यले ठोस वैज्ञानिक विश्लेषनात्मक आधारहरू उपलब्ध गराएको छ । पाँच हजार वर्षभन्दा ज्यादा पुरानो चिनियाँ सभ्यताको बारेमा हाम्रो बुझाइ र ज्ञानको विद्यमान भण्डारको परिधिलाई अझ बढी फराकिलो बनाएको छ । सभ्यताको उत्पत्ति र बनावटको अनुसन्धान कार्य जटिल, लामो र व्यवस्थित अभियान हो । सभ्यताको अनुसन्धान, वैज्ञानिक उपाय र पुरातात्विक अन्वेषण तथा विविध सामग्रीहरूको पूर्ण महत्वको मनन र बौद्धिक अवस्था, सामाजिक सम्बन्ध तथा अन्य क्षेत्रहरूबिचको समन्वयात्मक सिलसिलाको खाँचो अनुभव गर्छ ।
हामीले योजना र सहकार्यलाई बलियो बनाउनु आवश्यक छ । विविध आयाम, बहुअनुशासन र बेग्लाबेग्लै स्तरबाट योजनालाई कार्यान्वयन गर्नुपर्छ । पुरात्तत्वविद् र इतिहासकार, मानवीय अनुसन्धान र प्राकृतिक विज्ञानबिचको निकट सापसी सहयोगलाई महत्व दिनेतर्फ हामी निश्चिन्त हुनुपर्छ । समयमै हाम्रो अनुसन्धानको कार्य दायरा, स्थानका साथै विभिन्न क्षेत्रहरूलाई समेत समाविष्ट गरी अनुसन्धानलाई विस्तार गर्नुपर्छ । जसले आधारभूत परिदृश्य र आन्तरिक संयन्त्रको उत्पत्ति, निर्माण र चिनियाँ सभ्यताको विकास तथा क्षेत्रीय सभ्यताको महत्वपूर्ण सवालहरूको चित्तबुझ्दो उत्तर उपलब्ध गराउन मद्दत गर्छ ।
धेरै वर्ष लगाएर पश्चिमेली सभ्यताको विषयमा श्रृङ्खलाबद्ध सिद्धान्तहरूको विकास भएको हो । त्यसबाट हामीले सिक्नु छ तथापि त्यसको यान्त्रिक तवरले जस्ताको तस्तै नक्कल गर्ने कार्य मनासिब हुँदैन । चिनियाँ सभ्यताको उत्पत्तिबारेको परियोजनाले सभ्यताको परिभाषा र सभ्य समाजको पहिचान गर्न चिनियाँ स्वरूपको समाधानको उपाय अघि सारेको छ । साथसाथै विश्व सभ्यताको उत्पत्तिबारे यसले मौलिक योगदान गरेको छ । हाम्रो प्राचीन सभ्यताको प्रचार प्रसार, विकास र त्यसउपर हाम्रै सिद्धान्तहरूको अवलम्बन गर्नेजस्ता असल कार्यहरू हामीबाटै हुनु जरुरी छ । उक्त परियोजनाबाट प्राप्त अनुसन्धानका उपलब्धिहरूले सोचविचारको लागि प्रयास, व्याख्या, प्रस्तुति र छापामा उतार्ने कार्यलाई सहज बनाउनेछ । उजागर भइसकेका सांस्कृतिक अवशेष तथा स्थानहरूले चिनियाँ सभ्यताको प्रभाव र आह्वानलाई बलियो बनाएको छ ।
२. मानव प्रगतिको लागि नयाँ ढाँचाको सैद्धान्तिक आधारहरू उपलब्ध गराउन चिनियाँ विशेषता र सभ्यतामाथिको अनुसन्धानलाई गहिराइमा लैजानु, मानव सभ्यताको विकासका लागि महत्वपूर्ण योगदान गर्दै पाँच हजार वर्षभन्दा बढी पुरानो मतभेद चिनियाँ सभ्यताको निर्माण र विकास चिनियाँ जनताले नै गरे ।
अनुवाद : राजा
Leave a Reply