भर्खरै :

‘सन् २०२३ अमेरिकामा मानव अधिकार उल्लङ्घनको प्रतिवेदन’

‘सन् २०२३ अमेरिकामा मानव अधिकार उल्लङ्घनको प्रतिवेदन’

चिनियाँ राज्य परिषद् सूचना कार्यालयले मे २९ का दिन ‘सन् २०२३ अमेरिकामा मानव अधिकार उल्लङ्घनको प्रतिवेदन’ सार्वजनिक गरेको छ ।

प्रतिवेदनको अग्र भनाइ यसप्रकार छन् :
१, नागरिकको राजनीतिक अधिकार निराधार
२, भेदभाववाद ज्यादै हानिकारक
३, आर्थिक र सामाजिक असन्तुलन दिन प्रतिदिन चर्कँदै गएको
४, महिला र बालबालिकाको हक–अधिकारको लगातार उल्लङ्घन
५, भिसारहित आप्रवासीको दुःखद जीवन
६, अमेरिकी शैलीको प्रभुत्वबाट मानवीय सङ्कटको सिर्जना
सन् २०२३ मा अमेरिकाको मानव अधिकारको अवस्था बिग्रँदै गएको छ । अमेरिकामा मानव अधिकार बढ्दो ध्रुवीकरण दिशामा अघि बढिरहेको छ । राजनैतिक, आर्थिक र सामाजिक स्रोत पाएका थोरै व्यक्तिको तुलनामा धेरैजसो सामान्य जनता झन्झन् सीमान्तकृत हुँदै गएका छन् र जनताका आधारभूत अधिकार तथा स्वतन्त्रता व्यर्थमा परेको देखिन्छ ।
बन्दुक हिंसा एक पुरानो रोग बनेको छ र सरकारको नियन्त्रण नीतिहरू प्रभावहीन भएको देखिन्छ । सन् २०२३ मा अमेरिकामा कम्तीमा ६५४ वटा सामूहिक गोलीबारीका दुर्घटनाहरू भएका छन् । बन्दुक हिंसाले लगभग ४३ हजार मानिसहरूको ज्यान लिनुका साथै यस कारणबाट प्रत्येक दिन औसत ११७ जना व्यक्ति मारिएका छन् । पक्षपातपूर्ण सङ्घर्ष र फाइदा सम्बन्धित समूहको प्रोत्साहनले धेरैभन्दा धेरै राज्य सरकारहरूले बन्दुक बोक्ने तथा बन्दुक बोक्ने बासिन्दाको अधिकार विस्तार गर्न कानुन सिर्जना गरेको थियो । सन् २०२३ मा अमेरिकाका कम्तीमा २७ वटा राज्यमा बन्दुक बोक्न इजाजतपत्रको आवश्यक पर्दैन ।
अमेरिकी सरकारले नागरिकको गोपनियताको अनुगमन गर्न आफ्नो शक्तिको दुरूपयोग गरेको छ । जनताको आवाज तथा अभिव्यक्तिको स्वतन्त्रतालाई दबाइएको छ । फेडरल ब्युरो अफ इन्भेस्टिगेसन एफबीआईले विदेशी खुफिया निगरानी ऐन नम्बर ७०२ धारालाई घरेलु निगरानीको रूपमा सञ्चालन गरेको थियो । यसरी अमेरिकी कङ्ग्रेसका सदस्यहरू, कङ्गे्रसका अभियन्ताहरू र जातिवादविरोधी प्रदर्शनकारीहरूको मोबाइल तथा कम्प्युटरको ‘व्यापक र निरन्तररूपमा’ निगरानी सञ्चालन गरिएको थियो । अमेरिकाका धेरै राज्यहरूले कानुन पारित गरी सरकारी विद्यालयमा जाति, इतिहास र लिङ्गको भिन्नतासमेतका विशिष्ट विषयहरू रहेका शैक्षिक सामग्री र पुस्तक सार्वजनिक गर्न प्रतिबन्ध लगाउने गरेको छ । अमेरिकी विश्वविद्यालय तथा कलेजमा शिक्षक तथा कर्मचारीहरूलाई आफ्नो आवाज वा अभिव्यक्तिका कारण सजाय वा बर्खास्त गरिएको सङ्ख्या गएको २० वर्षयता सबैभन्दा ठुलो देखिन्छ ।
प्रहरी दुरुपयोगबाट भएको हिंसाका कारण मृत्यु हुनेको सङ्ख्या ठुलो हुँदै आएको छ र प्रहरीको जवाफदेहिता प्रणाली केही प्रभावकारी देखिएको छैन । अमेरिकी प्रहरीले सन् २०२३ मा कम्तीमा १२४७ जना व्यक्तिलाई मारेको छ र प्रहरीले औसतरूपमा प्रत्येक दिन कम्तीमा ३ जनालाई मार्ने गरेको छ । प्रहरीको आन्तरिक मामिला एकाइहरू प्रायः दुराचारको अनुसन्धान गर्नुभन्दा सहकर्मीहरूलाई दोषमुक्त गर्नुमा बढी चासो राख्छन् जसकारण अधिकारीहरूलाई जवाफदेही बनाउन असफल भएको छ । अमेरिकी रोग रोकथाम तथा नियन्त्रण केन्द्रको आधिकारिक मृत्यु तथ्याङ्कअनुसार आधाभन्दा बढी प्रहरी हत्याहरूलाई गलतरूपमा ‘सामान्य हत्या वा आत्महत्या’ भनेर लेखिएको छ ।
अमेरिका धेरै बन्दी र जबरजस्ती श्रम समस्याले ग्रस्त छ र यो वास्तवमै ‘झ्यालखाना राष्ट्र’ हो । विश्व जनसङ्ख्यामा ५ प्रतिशतभन्दा कम हिस्सा भए तापनि विश्वभरिका बन्दीहरूको २५ प्रतिशत भाग अमेरिकी बन्दीहरू रहेका छन्, जसले अमेरिकालाई विश्वको सबैभन्दा उच्च बन्दी दर र बन्दी सङ्ख्याको देश बनाएको छ । झ्यालखानाद्वारा बन्दीहरूलाई न्यून तलब वा बिनातलब, बिनासुविधाको काममा लगाइन्छ तर उनीहरूबाट हरेक वर्ष अरबौँ डलर मूल्यका वस्तु र सेवाहरू सिर्जना हुन्छन् ।
अमेरिकी पार्टीहरूबिचको सङ्घर्ष निरन्तर बढिरहेको छ र चुनावमा घुसपैठ गर्दै विभिन्न खेलहरू खेलिन्छन् । ११८ औँ अमेरिकी कङ्ग्रेसमा दुईपटक प्रतिनिधिसभामा ‘सभामुख चयन’ को हास्यमय नाट्य देखियो र २०२३ मा कङ्गे्रेसको विधायिक क्षमता अमेरिकी गृहयुद्धयता सबैभन्दा न्यून रहेको छ । दुई पार्टीहरूले विभिन्न तरिकामा निर्वाचन क्षेत्र पुनर्गठन गर्दै पार्टीको आफ्नो स्वार्थका लागि साधारण जनताका अभिव्यक्तिलाई विकृत गर्दै छन् । १६ वटा राज्यमा कङ्ग्रेस निर्वाचन क्षेत्रको पुनर्गठनमा स्पष्ट घुसपैठ रहेको छ, जसमध्ये १२ राज्य ‘सामान्यतया गम्भीररूपमा घुसपैठ गरिएका राज्यहरू’ मानिन्छन् । अमेरिकी आमजनता सङ्घीय तथा विभिन्न स्तरका सरकार र राजनीतिप्रति अत्यधिक निराश छन्, ७६ प्रतिशत अमेरिकीले आफ्नो देश गलत दिशामा गइरहेको ठहर गरेका छन् ।
अल्पसङ्ख्यकले प्रणालीगत जातीय भेदभाव व्यहोर्नुपरेको छ, जसले उनीहरूलाई गहिरो चोट पु¥याएको छ । अफ्रिकी मूलका मानिसहरूलाई प्रहरीद्वारा मारिने सम्भावना श्वेत मानिसहरूको तुलनामा तीन गुणा बढी छ र बन्दी हुने सम्भावना श्वेत मानिसहरूको तुलनामा साढे चार गुणा बढी छ । हालसालैका १ वर्षमा झन्डै तीनचौथाइ चिनियाँ अमेरिकीहरूले जातीय भेदभाव भोगेका छन् र ५५ प्रतिशत चिनियाँ अमेरिकीहरू अपराध या दुव्र्यवहारले आफ्नो व्यक्तिगत सुरक्षामा खतरा पु¥याउने चिन्तामा छन् । अमेरिकी रेड इन्डियन्स आदिवासीहरू सधैँ सांस्कृतिक दमनमा बाँचिरहेका छन्, जसको धर्म, विश्वास र परम्परागत रीतिरिवाजलाई निर्दयीरूपमा समाप्त पारिएको छ । जातिवादी विचारधारा अमेरिकामा व्यापकरूपमा फैलिएको छ र यो अरु मुलुकहरूतिर सर्दै गएको छ ।
आर्थिक र सामाजिक असमानता दिन प्रतिदिन बढिरहेको छ र निम्नवर्गका मानिसहरू कठिन जीवन बिताइरहेका छन् । अमेरिकाले सधैँ ‘आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता’ लाई अनुमोदन गर्न अस्वीकार गर्दै आएको छ । गरिबहरूको शोषण, धनीहरूलाई भत्ता दिने र तहगत पृथकीकरण गर्ने प्रणालीगत संरचनाका कारण, अमेरिकामा धनी–गरिबबिचको फरक सन् १९२९ को आर्थिक सङ्कट यताको सबैभन्दा गम्भीर स्तरमा पुगेको छ । ‘काम गरेर पनि गरिब’ भएका मानिसहरू समान अवसरहरू प्राप्त गर्नबाट वञ्चित छन् र माथि उठ्न पनि गा¥हो छ । घरबारविहीनहरूको सङ्ख्या ६ लाख ५० हजारभन्दा धेरै भइसकेको छ, जुन २००७ यता सबैभन्दा उच्च हो । लागुपदार्थ र औषधिको दुरूपयोग व्यापकरूपमा फैलिएको छ । आत्महत्याको दर लगातार बढिरहेको छ ।
अमेरिकाले संयुक्त राष्ट्र सङ्घको ‘महिलाहरूप्रति सबै प्रकारका भेदभाव उन्मूलन सन्धि’ लाई अहिलेसम्म अनुमोदन गरेको छैन । साथै अमेरिका ‘बाल अधिकार सन्धि’ लाई अनुमोदन नगरेको संयुक्त राष्ट्र सङ्घको एकमात्र सदस्य राष्ट्र पनि हो । अमेरिकाको संविधानले अहिलेसम्म लैङ्गिक भेदभावलाई निषेध गर्ने प्रावधानहरू समावेश गरेको छैन । यो संसारको एकमात्र देश हो जसले बालबालिकालाई जीवनभरको कैदमा कुनै पैरोलको सुविधा दिँदैन । बितेका २० वर्षयता अमेरिकी गर्भवती र सुत्केरी महिलाहरूको मृत्यु सङ्ख्या दोब्बरभन्दा बढेर गएको छ । २२ लाखभन्दा बढी बच्चा जन्माउने उमेरका अमेरिकी महिलाहरूले प्रसूति सेवा प्राप्त गर्न सक्दैनन् । कम्तीमा २१ राज्यहरूले गर्भपतनलाई प्रतिबन्ध वा कडा रूपमा सीमित गरेका छन् । हरेक वर्ष झन्डै ५४,००० महिलाहरू गर्भवती भेदभावका कारण बेरोजगारी हुन्छन् । लाखौँ बालबालिकाहरू चिकित्सा बीमा सहायता प्राप्त गर्ने योग्यताबाट विमुख छन् ।
सिमाना क्षेत्रमा मानवीय सङ्कट चर्कँदै गएको छ र आप्रवासीहरूको जीवन निकै दुःखद रहेको देखिन्छ । अमेरिकी दक्षिणी सिमानालाई अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठनले विश्वको सबैभन्दा खतरनाक स्थल आप्रवासन मार्गको रूपमा सूचिबद्ध गरेको छ । सन् २०२३ को सेप्टेम्बर ३० तारिखसम्मका १२ महिनामा, एलपासो सिमाना गस्ती क्षेत्रमा मात्रै १४९ जना आप्रवासीहरूको मृत्यु भएको छ । सन् २०२३ आर्थिक वर्षमा अमेरिकी दक्षिणी सिमानामा पक्राउ वा निष्काशन गरिएका आप्रवासीहरूको कुल सङ्ख्या २४ लाखभन्दा बढी रहेर नयाँ ऐतिहासिक कीर्तिमानको सिर्जना गरेको छ । सीमाभित्र प्रवेश गरेका आप्रवासीहरूले यातना र अन्य अमानवीय व्यवहार भोगिरहेका छन् । सिमाना नीतिले मानव तस्करीको समस्या बढाइरहेको छ, आधुनिक दासताको प्रचलन बढाउँदै छ र आप्रवासी बालबालिकाहरूलाई जबरजस्ती श्रम र शोषणको शिकार बनाइरहेका छन् ।
अमेरिकाले लामो समयदेखि प्रभुत्ववाद, एकतर्फीवाद र बलियाको राजनीतिलाई अपनाउँदै आएकाले मानवीय सङ्कट उत्पादन गर्दै आएको छ । ‘९÷११’ घटनापछि, अमेरिकाले विदेशी ‘आतङ्कवादविरोधी युद्ध’ मच्चाएका क्षेत्रमा कुल मृत्युको सङ्ख्या कम्तीमा ४५ लाखदेखि ४७ लाखसम्म पुगेको छ । अमेरिकी सैन्य पक्षले दर्जनौँ देशहरूमा ‘विदेशी एजेन्ट कार्यक्रम’ चलाएर अन्य देशहरूको सार्वभौमसत्ता र मानव अधिकार उल्लङ्घन गरेको छ । अमेरिकाले लगातार भिडन्तग्रस्त क्षेत्रहरूमा हतियार आपूर्ति गरेबाट निर्दोष नागरिकहरूको ठुलो सङ्ख्यामा मृत्यु गराएको छ । गम्भीर मानव अधिकार उल्लङ्घन गरिएको ग्वान्टानामो जेल अहिलेसम्म पनि सञ्चालनमा रहिरहेको छ । लामो समययता अमेरिकाले एकतर्फी प्रतिबन्ध लगाउँदै आएकाले गम्भीर मानवीय परिणामहरू निम्त्याएको छ ।
अमेरिकामा मौजुद विविध मानव अधिकार समस्या केवल केही व्यक्तिहरूको विशेषाधिकारको रूपमा परिणत गरिएको मात्र नभई त्यसले विश्वका मानव अधिकार क्षेत्रमा पनि गम्भीर खतरा निम्त्याइरहेको छ ।
सीआरआईबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *