किम जोङ उनलाई चीनको लियाओनिङ प्रान्तको डान्डोङ सहरमा भव्य स्वागत
- कार्तिक ९, २०८३
गाजा, ३१ मे (प्रेस टीभी) । घेराबन्दी गरिएको गाजापट्टीमा सक्रिय प्यालेस्टिनी विद्यार्थी आन्दोलनले प्यालेस्टिनी बस्तीहरूमा इजरायली युद्ध रोक्न कब्जाकारी इजरायली शासनमाथि दबाब सिर्जना गर्न इजरायलविरुद्ध उठ्न विश्वभरका विद्यार्थीहरूलाई आह्वान गरेको छ ।
बिहीबार जारी एक विज्ञप्तिमा आन्दोलनले इजरायलको युद्ध मेसिनविरूद्ध प्यालेस्टिनको लागि विश्वव्यापी विद्यार्थी ‘इन्टिफादा’ को क्रान्तिकारी उत्थानको लागि यो उच्च समय हो भनेको छ । अरबी शब्द ‘इन्टिफादा’ कोे अर्थ हो ‘कम्पन’ ।
“हामी यो आह्वान गाजापट्टीमा हाम्रो विद्यार्थी आन्दोलनबाट, कब्जा गरिएको प्यालेस्टिनको मुटुबाट, क्रूर यहुदीवादी बमबारी, विस्फोटन र मृत्युको भयानक दुःस्वप्नको चङ्गुलबिच गर्दै छौँ, हाम्रो वरिपरि हरेक कुनामा घर र सडक सबै भग्न भइरहेको छ,” आन्दोलनरत विद्यार्थीले भने ।
पहिलो प्यालेस्टिनी इन्टिफादा गाजामा डिसेम्बर ९, १९८७ मा सुरु भएको थियो र ६ वर्षसम्म चलेको थियो । यो कब्जा गरिएको वेस्ट बैङ्क (पश्चिम किनारा) र घेरामा परेको गाजापट्टीमा प्यालेस्टिनी प्रदर्शनहरूको एक श्रृङ्खला थियो । ती प्रदर्शनहरू २० वर्षअघि सन् १९६७ मा सुरु भएको इजरायली कब्जाको दोस्रो लहरको विरुद्ध भएका थिए ।
“हामी यसलाई जेलको कोठरीबाट, विनाशको स्थितिबाट र भग्नावशेष भित्रबाट उठाइरहेका छौँ, यसलाई हाम्रा विद्यार्थी, हाम्रा साथी, दाजुभाइ दिदीबहिनीहरू, विश्वका सबै विश्वविद्यालयहरू, विद्यालयहरू र संस्थानहरूमा पठाउनका लागि र हामी आह्वान गर्छौं । संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, नेदरल्यान्ड्स, क्यानडा, अस्ट्रेलिया र अन्य सरकारहरूद्वारा नियोजित र वित्तपोषित नरसंहारी युद्ध रोक्नको लागि सुरु गरिएको विश्वव्यापी विद्यार्थी आन्दोलनको निम्ति आह्वान गर्दछौँ”, विद्यार्थीहरूले भनेका छन् ।
यसले अमेरिका र धेरै युरोपेली देशहरूमा विश्वविद्यालय र कलेजहरू फैलाउने विद्यार्थी आन्दोलन शिविरहरूलाई ‘साहसी’ भनेर पनि प्रशंसा गरेको छ । प्रदर्शनले ‘हाम्रो सङ्घर्ष’ को अभिन्न अङ्गको रूपमा काम गरेको छ, जसले विद्यार्थी र सबैको विवेक तथा न्याय र स्वतन्त्रताको चाहना प्रदर्शित गर्छ ।
प्रदर्शनकारी विद्यार्थीहरूले गाजामा स्थायी युद्धविराम, रङ्गभेदी तथा जातिवादी शासनलाई अमेरिकी सैन्य सहायताको अन्त्य र क्रूरताबाट लाभ उठाउने कम्पनीहरूबाट विश्वविद्यालयको विनिवेशको माग गरेका छन् ।
“आज, हामी तपाईंलाई नरसंहार र घेराबन्दीको बिचबाट, व्यापक वृद्धिको नयाँ क्रान्तिकारी चरणमा र हाम्रा बालबालिका, हाम्रा विद्यार्थी र रफाह, जबलिया, खान युनिस र सम्पूर्ण गाजापट्टीका हाम्रा मानिसहरूको हत्यामा जिम्मेवार संस्थाहरू, संस्थानहरू र सरकारहरूविरुद्ध मात्रात्मक र गुणात्मकरूपमा तपाईंको सङ्घर्षको गति र तपाईंको सम्मानजनक अडानहरू बढाउन आह्वान गर्दछौँ”, गाजाको विद्यार्थी आन्दोलनले विश्वभरका विद्यार्थीहरूलाई थप आह्वान गरेको छ ।
आन्दोलनले स्कूलका विद्यार्थीहरू कब्जाकारी शासनविरुद्ध प्रतिरोध बढाउनको लागि ठुलो सम्पत्ति भएको कुरामा पनि जोड दिएको छ ।
“आज हामी विश्वभरका हाईस्कूलका विद्यार्थीहरूलाई विश्वविद्यालय विद्यार्थी आन्दोलनको सङ्घर्ष र गतिविधिहरूमा व्यापकरूपमा भाग लिन, प्रदर्शन, धर्नामा र जागरणहरू आयोजना गर्न, निवेदन र पत्रहरू लेख्ने, र प्यालेस्टिनी सङ्घर्षको बारेमा शैक्षिक दिनहरू आयोजना गर्नको लागि पुनः आग्रह गर्छौँँ । प्यालेस्टिनी जनताको मुक्ति र आफ्नो मातृभूमिमा फर्कने लक्ष्यहरू चालु छन्”, यसले उल्लेख गरेको छ ।
इजरायलले अक्टोबर ७ मा प्यालेस्टिनी प्रतिरोधी समूहहरूको प्रतिकारात्मक कारबाहीपछि गाजाका बन्दी अवस्थामा राखेका मानिसहरूविरुद्ध क्रूर नरसंहार सुरु ग¥यो, जसमा अधिकांश महिला र बालबालिका छन् ।
इजरायलले तटीय क्षेत्रमा लगभग पूर्ण घेराबन्दी पनि लागू गरिरहेको छ, जसले प्यालेस्टिनी क्षेत्रमा खाद्यान्न, औषधि, बिजुली र पानीको प्रवाहलाई कम गरेको छ ।
त्यो अक्टोबरको दिनदेखि गाजामा शासनले ३६,५०० भन्दा भन्दा बढी मानिसहरूलाई मारेको छ, जसमध्ये अधिकांश महिला, बालबालिका र किशोरहरू थिए ।
Leave a Reply