राजकुमार स्मृति पुस्तकालयको आयोजनामा वडास्तरीय टेबलटेनिस प्रतियोगिता
- कार्तिक ६, २०८३
भक्तपुर, १८ जेठ । वागीश्वरी मा.वि. कमलविनायकमा शैक्षिक सत्र २०८१ मा भर्ना भएका नवागन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम गरियो । कार्यक्रममा शै.स. २०८० सालको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।
भक्तपुर नगरपालिकाका कार्यपालिका सदस्य एवं विद्यालय व्यवस्थापन समितिका सदस्य छोरीमैँया सुजखुको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले विद्यार्थीहरू पाठ्यपुस्तकमा मात्र सीमित नभई देशको समसामयिक विषयमा अद्यावधिक भइरहनुपर्नेमा जोड दिनुभयो । विद्यार्थीमा देशप्रेमको भावना हुनुपर्ने भन्दै उहाँले हाम्रो जन्मभूमि जन्म दिने आमा जतिकै हुन्; नेपाल आमाको सेवामा हामी समर्पित हुनकै लागि हामीले पढ्ने हो भन्नुभयो ।
कार्यक्रममा विद्यालयका संयोजक ज्ञानसागर प्रजापतिले शिक्षा मन्त्रालयले हालै वागीश्वरी स्कूललाई देशका उत्कृष्ट १५ विद्यालयमध्येको एक भनी सार्वजनिक गरेको तथ्यमाथि प्रकाश पार्दै भन्नुभयो, “हामी अरु कसैसँग प्रतिस्पर्धा नगरी आफैसँग प्रतिस्पर्धा गरेर अघि बढ्छौँ । गत वर्षभन्दा यो वर्ष र यो वर्षभन्दा आगामी वर्ष प्रगति गर्न सबै आफू आफैसँग प्रतिस्पर्धा गरौँ† त्यसको लागि हामी विद्यार्थी–विद्यार्थी, शिक्षक–विद्यार्थी, विद्यालय– अभिभावकहरूबिच आपसमा हातेमालो गर्छाैँ ।”
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले अनुशासन नै विद्यार्थीको गहना भएकोले वागीश्वरी नमुना स्कूल बन्नुको पछाडि सबैको सहयोग रहेको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको उक्त कार्यक्रममा सहायक प्र.अ. द्वय कृष्णप्रसाद कर्माचार्य र उकेश सुवाल, कार्यक्रम आयोजक समितिका संयोजक विश्वराम प्रजापति र विद्यार्थी सम्भवी प्रजापतिले पनि मन्तव्य दिनुभएको थियो । पहिलो चरणको कार्यक्रमपछि विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रम भएको थियो ।
Leave a Reply