राजकुमार स्मृति पुस्तकालयको आयोजनामा वडास्तरीय टेबलटेनिस प्रतियोगिता
- कार्तिक ६, २०८३
भक्तपुर, १८ जेठ । त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको आयोजनामा उपकुलपतिको कार्यालय कीर्तिपुरमा शैक्षिक क्यालेन्डरलगायत विषयमा त्रिवि पदाधिकारी तथा विभिन्न विद्यार्थी सङ्गठनबिच छलफल सम्पन्न भयो ।
छलफलमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले पाठ्यक्रमलगायत विश्वविद्यालयमा देखिएका विभिन्न विकृति तथा अनियमितताबारे लिखित धारणा राखेको थियो । सङ्घको तर्फबाट अध्यक्ष प्रकाश गुरुङले उत्पादन श्रमसँग जोडिएको देशभक्तिपूर्ण र गुणस्तरीय शिक्षामा विश्वविद्यालयले जोड दिनुपर्ने, ०४६ साल यता आङ्गिक क्याम्पसहरू नखोलिएकोमा विश्वविद्यालयले सम्बन्धन बढाउनुमा भन्दा पनि आफ्नै नयाँ आङ्गिक क्याम्पसहरू खोल्नमा जोड दिनुपर्ने, त्रिविमा मौलाएको भ्रष्टाचारलाई नियन्त्रण गर्दै भ्रष्ट कर्मचारीहरूमाथि छानबिन गरी कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । शैक्षिक क्यालेन्डरलाई प्रभावकारीरूपमा लागु गर्दै भर्ना, पढाइ, परीक्षा र नतिजा प्रकाशन नियमित गर्नुपर्ने, देशलाई आर्थिकरूपमा अघि बढाउनको लागि आवश्यक क्षेत्रमा नयाँ विषय थप्दै अनुसन्धानमा जोड दिनुपर्ने उल्लेख गर्दै उहाँले विद्यार्थीहरूको शारीरिक विकासको लागि खेलकुदको बन्दोबस्त गर्नुपर्ने, निजी कार्यक्रमहरू रद्द गरी सम्पूर्ण कार्यक्रम विश्वविद्यालय स्वयम्ले सञ्चालन गर्नुपर्ने विषयबारे बताउनुभयो ।
छलफलमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले शैक्षिक क्यालेन्डरलाई पूर्णरूपमा कार्यान्वयन गराउन विश्वविद्यालयका साथै सम्पूर्ण सरोकारवाला पक्ष प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । परीक्षालगायत समस्या समाधान गर्न त्रिवि अग्रसर भइरहेको र यसका लागि विभिन्न पक्षसँग छलफल तथा अन्तरक्रिया गरिरहेको उहाँले जानकारी गराउनुभयो ।
बैठकमा विद्यार्थी सङ्गठनका प्रतिनिधिहरूले त्रिवि पदाधिकारीहरूलाई अन्तर्राष्ट्रिय दातृ निकायको सहयोग पाउने लोभले विश्वविद्यालयको पाठ्यक्रम संशोधन हुँदै आएकोमा अदउपरान्त यस्तो कार्य हुन्छ कि हुँदैन भनी प्रश्न गरेका थिए । त्रिवि पदाधिकारीहरूले विदेशी सहयोग लिने अधिकार विश्वविद्यालयको भन्दा पनि सरकार तथा उसको नीतिमा भरपर्ने जवाफ दिएका थिए ।
बैठकमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, अखिल समाजवादी (विप्लव समूह), अखिल छैटौँ (राजमो), नेविसङ्घ (नेपाली काङ्ग्रेस), अनेरास्ववियु (नेकपा एमाले), माले सम्बद्ध अखिल पाँचौँ, नेकपा माओवादीको अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी मोर्चा (जनमुक्ति पार्टी), नेकपा एसको अनेरास्ववियू, अखिल क्रान्तिकारी (नेकपा वैद्य समूह), नेपाल राप्रवि सङ्गठन (राप्रपा), नेपाल समाजवादी विद्यार्थी युनियन, अखिल नेपाल विद्यार्थी युनियन (ऋषि कट्टेल समूह), वैज्ञानिक समाजवादी विद्यार्थी युनियन (वैज्ञानिक समाजवादी पार्टी), प्राज्ञिक बविद्यार्थी परिषद्लगायत १६ विद्यार्थी सङ्गठनका प्रतिनिधिले आआफ्ना विचार राखेका थिए ।
अधिकांश विद्यार्थी सङ्गठनका प्रतिनिधिले नेपालको शिक्षा व्यवस्थामा नवउदारवादको असर देखिएकोमा विश्वविद्यालयका पदाधिकारीहरूको ध्यानाकृष्ट गराएका थिए । उनीहरूले शैक्षिक सुधार तथा प्रभावकारी क्यालेन्डर कार्यान्वयनबारे आफ्ना साङ्गठनिक धारणा राखेका थिए ।
बैठकमा विश्वविद्यालयका तर्फबाट उपकुलपतिका साथै रेक्टर खड्ग केसी, रजिस्टार केदारप्रसाद रिजाल एवम् विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीको पनि उपस्थिति थियो ।
Leave a Reply