भर्खरै :

चिनियाँ सभ्यताको इतिहासको अध्ययनमार्फत चिनियाँ संस्कृतिलाई बलियो बनाएर ऐतिहासिक सुझबुझलाई उचाइमा लान सकिन्छ – २

चिनियाँ सभ्यताको इतिहासको अध्ययनमार्फत चिनियाँ संस्कृतिलाई बलियो बनाएर ऐतिहासिक सुझबुझलाई उचाइमा लान सकिन्छ – २

पाँच हजार वर्षभन्दा पुरानो चिनियाँ सभ्यताको मर्मलाई मनन नगरी चीनको नजिक पुग्ने प्रयास गरेकै कारण चीनको भूत, वर्तमान र भविष्यलाई साँचो अर्थ बुझ्न पश्चिमेलीहरू असफल भएका हुन् किनभने धेरै पश्चिमेलीहरू आफ्नै पश्चिमी सभ्यताको सैद्धान्तिक दृष्टिकोण वा नजरले चीनलाई एउटा आधुनिक राष्ट्रिय राज्यको रूपमा हेर्ने गर्छन् । चिनियाँ सभ्यताको विशेषता, तौरतरिका र योसँग प्रत्यक्ष सरोकार राख्ने विषयवस्तु समेटिएको अनुसन्धानका क्रियाकलापहरू चिनियाँ सभ्यताको उत्पत्तिबारे भए गरेको अनुसन्धानले अँगाल्नुपर्छ । चिनियाँ समुदायहरूको विकास मार्ग, चिनियाँ बहुजातीय एकताको विकासलाई राम्ररी अन्वेषण, व्याख्या, विश्लेषण गर्नु आवश्यक छ । जनकेन्द्रित सोचविचार, इमानदारिता, न्याय र आपसी समन्वय र परोपकारी भावनाको अध्ययन र परिभाषित गर्नु, चिनियाँ सभ्यतामा मूर्तरूपमा बाँधिएका एकता र तिनको विकासका नमुनाहरूलाई राम्ररी व्याख्या, विश्लेषण र अन्वेषण गर्नुको साथै गहिरो र महत्वपूर्ण चिनियाँ सांस्कृतिक सम्पदाको पनि लेखाजोखा हुन अत्यावश्यक छ ।
जहाँसम्म परम्परागत चिनियाँ संस्कृतिको सवाल छ, विनासोचविचार हामीले यसलाई अस्वीकार गर्नु अव्यवहारिक हुन्छ । अन्तरदृष्टिहरूलाई आजको प्रयोगमा समावेश गर्नुपर्छ । तिनीहरूबाट नयाँ विचारको व्युत्पन्न गर्नुपर्छ । त्यसका उच्चत्तम विषयवस्तुहरूलाई अघि सार्नुको साथै विकास गर्नुपर्छ । चीनका महान् नेता माओले भनेका थिए–कन्फुसियस एक महान् ऋषिका रूपमा चिनिन्छन् किनभने उनी एक क्रान्तिकारी थिए र उनी धेरै उत्थानहरूमा अभ्यस्त रहन्थे ।
३. रचनात्मक रूपान्तरण तथा चिनियाँ परम्परागत संस्कृतिको विकास गर्न राष्ट्रिय नवसंरचनाका लागि सांस्कृतिक आधार समावेश गर्नुपर्छ ।

शास्त्रहरूको गहन अध्ययनमार्फत विद्वान्हरूले के सही र के गलत भन्नेबारे स्पष्ट पार्न सक्छन् । इतिहासको लामो अध्ययनका कारण तिनीहरूले विभिन्न कालखण्डमा भएका सफलता र असफलताबारे व्याख्या गर्न समक्ष छन् । त्यस उसले उच्चत्तम चिनियाँ परम्परागत संस्कृतिबारेको ज्ञान, बुद्धि र चिनियाँ सभ्यताको निचोड र सार कुरालाई आत्मसात गर्नुपर्ने यथार्थतालाई मैले बेलाबखत जोड दिँदै आएको छु । यो नै चिनियाँ राष्ट्रको मूल जड हो र आत्मा पनि हो । अन्य विश्वका बलिया सांस्कृतिक अन्तरक्रियाबिच बलियोसँग उभिन सक्ने क्षमताको आधार भनेकै यही नै हो ।
माक्र्सवादको मूलमन्त्र हाम्रो मुलुकको वास्तविकतासँग समयसापेक्ष बनाउन र परिवर्तित समयानुसार परम्परागत संस्कृतिको उच्चत्तम पक्ष र माक्र्सवादलाई उत्कृष्ट ढङ्गले चिनियाँ परिवेशसँग मेल खाने गरी हामीले कार्य थालनी गरिसकेका छाँै । यसैको सकारात्मक परिणामस्वरूप रचनात्मक रूपान्तरण र चिनियाँ परम्परागत सांस्कृतिक विकास अघि बढ्नु हो । विगतमा गरिएका विविध कार्यका आधारमा हामीले अन्वेषण कार्यलाई निरन्तरता दिनुपर्छ, चिनियाँ समाजवादी समाजमा हाम्रो परम्परागत संस्कृतिलाई आत्मसात गर्नुका साथै चिनियाँ राष्ट्रको अनुपम परम्परागत सांस्कृतिक पहिचानको विचार पोख्नु आवश्यक छ । त्यसैगरी, चिनियाँ भावना, मूल्यमान्यता र निःसरणलाई अझ राम्रो तवरले बलियो बनाउनुपर्छ ।
चिनियाँ परम्परागत सांस्कृतिक विकास र संरचनात्मक रूपान्तरणको प्रगति गर्ने दौरानको सिलसिलामा हाम्रो आधारभूत मार्गदर्शन माक्र्सवाद भएबाट त्यसउपर हामी सबै दृढसङ्कल्पित हुनुपर्दछ, हाम्रो क्रान्तिकारी संस्कारलाई अघि लम्काउनुपर्दछ । हाम्रो उच्चत्तम परम्परागत उन्नत समाजवादी संस्कारलाई स्वस्थ राख्न कडा मेहनत र प्रयास गर्नुपर्छ, हाम्रो उत्कृष्ट परम्परागत सस्ंकृतिबाट हेरचाह र संरक्षणको ध्यान आकर्षित गर्ने कार्यलाई कायमै राख्नुपर्छ । प्राचीन चिनियाँ इतिहासका तस्बिरलाई पूर्णरूपमा रङ्ग्याउन र सही पहिचान गरी पाठ्यपुस्तकको रूपमा विकास गर्न चिनियाँ सभ्यता, उत्पत्ति, परियोजना र अन्य अध्ययनबाट हासिल गरेका उपलब्धिहरूको अधिकतम प्रयोग गर्नुपर्छ ।


४. विश्व समुदायको साझा भविष्यको निर्माणलाई सहज बनाउन विविध सभ्यताबिचको आपसी विचार र सिकाइको विकास गर्नु ।
प्राचीन कालदेखि नै खुलापन र समावेशीताको लागि चिनियाँ सभ्यता चिरपरिचित छ । विभिन्न अन्य सभ्यतासँगको विचार विमर्श र आपसी सिकाइमार्फत यसले लगातार नयाँ जीवन हासिल गरेको छ । विविध प्रजाति, स्रोतसाधन, प्रविधि, मानव समूह र विचारधारा र संस्कारहरूको विकास र उन्नति, सञ्चार, विचार आदानप्रदान र अन्तरक्रियाको माध्यमबाट भएको वास्तविकता पाँच हजार वर्ष पुरानो इतिहास बोकेको चिनियाँ सभ्यताले स्पष्ट पारेको छ । सभ्यता सिद्धान्तको द्वन्द्वको गलत कुराको खण्डन गर्न हामी सभ्यतासम्बन्धी विचार आदानप्रदान र अन्तरक्रियामा अभ्यस्त रहनुपर्छ ।
सन् २०१९ मा एसियाली सभ्यताको संवाद महासभाको उद्घाटन समारोहमा मैले भनेको थिएँ, मानव दृष्टिकोणले मानिसबिचको भिन्नता भनेको मात्र छालाको रङ्ग हो, भाषा र सभ्यतामात्र पनि रङ्ग रङ्गमा फरक छ । कुनै पनि सभ्यता उच्चकोटीको वा निम्न कोटीको भन्ने सोच राख्नु अति सङ्कुचित मानसिकता हो । कुनै पनि मुलुकको सभ्यताको आफ्नै महत्व र विशेषता हुन्छ । समानता, आपसी सिकाइ, संवाद र विविध सभ्यताबिचको समानुपातिकको लागि हामी सबैले आवाज उठाउनुपर्छ । भिन्नाभिन्दै सभ्यताले बेग्लाबेग्लै स्थान र क्षेत्रका मानिसहरूको आआफ्नै किसिमले गरेका अन्वेषण र विकासका कार्यलाई आदर र सन्मान गर्ने र त्यसको मूल्यलाई बुझ्ने खालको व्यापक चिन्तन र सोचलाई हामीले अवलम्बन गर्नुपर्छ । जब विभिन्न सभ्यता अस्तित्वमा आउँछन् विभेदको अतिक्रमणको हानथाप हुन्छ, आपसी सिकाइमा द्वन्द्वको विभेद हुन्छ, सबैको सह–अस्तित्वको भावनालाई नाघ्ने प्रयत्न हुन्छ भन्नेबारे हामी निश्चिन्त हुनुपर्छ । अतःयव, हामीले चिनियाँ संस्कृतिमा सम्मिलित साझा मूल्यहरूलाई बढावा दिनुपर्छ ।
चिनियाँ धरातलमा दृढतापूर्वक उभिएर चिनियाँ सभ्यताको कथा सुनाउन र मित्रतालाई मूल्यवान ठान्ने, सत्यता र संसारलाई सन्मान गर्ने परम्परा भएको मुलुकको रूपमा चीनको छविलाई प्रस्तुत गर्न हामीले कडा परिश्रम बगर्नैपर्छ । चिनियाँ सभ्यता के हो, चीन कस्तो मुलुक हो, यो ब्रह्माण्ड, धर्ती र समाज अनि नैतिकतालाई चिनियाँ जनमानसले कसरी ग्रहण गर्छ भन्नेबारे हामीले स्पष्ट भाषामा व्याख्या गर्नुपर्छ जुन अति महत्वपूर्ण छ । हामी चीनको लामो इतिहास र चिनियाँ सभ्यता मर्म र अद्भूत सम्पदा दुनियाँलाई देखाउनुपर्छ ताकि संसारको जुनसुकै स्थानमा बसोबास गर्ने जनमानसले चीन, चिनियाँ जनता, चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ राष्ट्रलाई साँचो मानेमा बुझ्न सकून् ।
५. चिनियाँ संस्कृति हस्तान्तरणको लागि बलियो सामाजिक वातावरण सृजना गर्न अन्य थुप्रै सांस्कृतिक अवशेष र सम्पदाहरूलाई जीवन्त राख्नुपर्छ ।
सांस्कृतिक अवशेष र सम्पदाहरूले चिनियाँ राष्ट्रको नश्ल र अनुप्रामाणिक वस्तु बोकेको हुन्छ । जसले सभ्यताका अनवीकरणीय तथा अपूर्णनीय स्रोतसाधनहरू आफूसँग राखेको हुन्छ । हाम्रो सांस्कृतिक अवशेषहरूको जेगर्ना गर्न, संरक्षण गर्न र सुरक्षा गर्न हामी सक्रिय भएर लागिपर्नुपर्छ । हाम्रो सांस्कृतिक सम्पदालाई हस्तान्तरण गर्नुका साथै त्यसभित्र लुप्त भइरहेको मूल्यवान सम्पूर्ण पक्षलाई उजागर गर्नुपर्छ । चिनियाँ संस्कृति र भावनालाई प्रतिबिम्बित गर्ने धेरै महत्वका मूल्यमान्यता र सांस्कृतिक उपजहरूलाई सबैतिर फैलाउन आवश्यक छ । चिनियाँ कम्युनिस्टहरू कदापि ऐतिहासिक र सांस्कृतिक शून्यवादी होइनन् अथवा हामी चिनियाँ कम्युनिस्टहरू चिनियाँ ऐतिहासिक तथा सांस्कृतिक पक्षउपर कहिले पनि नकारात्मक अवधारण राख्ने गर्दैनन् । हामी किमार्थ हाम्रा सम्पदा, संस्कृति र सभ्यतालाई बिर्सँदैनौँ र हिनताबोधको मनोभावना बोकी हामी आफूलाई कहिल्यै सानो ठान्दैनौँ । नेतृत्व पङ्क्तिमा रहेका हाम्रा सबै ओहदाका अधिकारीहरूमा हाम्रो इतिहास र अद्भूत परम्परागत संस्कार र संस्कृतिप्रति अगाध श्रद्धा हुनैपर्छ । तिनीहरूले सांस्कृतिक अवशेषहरूको सरक्षा जगेर्ना गर्ने काम कारबाहीलाई विशेष प्राथमिकता र महत्व दिनैपर्छ । ती सम्पदाहरूको हस्तान्तरण गर्नुको साथसाथै विभिन्न अनसन्धान, थप अध्ययन र विचार आदानप्रदानका कार्यहरू सञ्चालन गर्न ऐतिहासिक र अन्वेषनात्मक कार्यमा संलग्न हुने सबै मजदुरहरूलाई नीतिगत सहयोग प्रदान गर्नुपर्छ । चिनियाँ सभ्यताको हस्तान्तरणका लागि हामीले एउटा बलियो सामाजिक परिवेश सृजना गर्नुपर्छ । चिनियाँ सभ्यता उत्पत्तिबारेको परियोजनाबाट हासिल भएका परिणामहरू व्यापकरूपमा प्रचारप्रसार गर्नुपर्छ । तत्सम्बन्धी जानकारी र परिणामहरूबारे विशेषरूपमा नयाँ युवा पुस्तालाई सुसूचित एवम् मार्गनिर्देश आवश्यक छ ताकि तिनीहरूले राम्ररी चिनियाँ सभ्यताबारेमा अझ बढी राम्ररी बुझ्ने र ठम्याउन ल्याकत राख्न सकून् । जसको सकारात्मक परिणामस्वरूप ती युवा पुस्ताहरूमा जब्बर आत्मविश्वास र गौरवान्वित हुने आकाङ्क्षा राख्न र आफूहरू चिनियाँ पहिचानमै ढुक्क भई रमाउन सकून् ।

समाप्त
अनुवाद : राजा
– छिशी पत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *