भर्खरै :

कार्टुनिस्ट क्लव नेपालको अधिवेशन

कार्टुनिस्ट क्लव नेपालको अधिवेशन

काठमाडौँ, २० जेठ । नेपाल पत्रकार महासङ्घको एसोसिएट संस्था कार्टुनिस्ट क्लव नेपालको अध्यक्षमा बासु क्षितिज निर्वाचित हुनुभएको छ । आइतबार काठमाडौँ क्लवको अधिवेशनले बासु क्षितिजलाई दोस्रो पटक सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित गरेको हो ।
क्लवले सबै पदमा सर्वसम्मतरूपमा नेतृत्व चयन गरेको छ । क्लवको उपाध्यक्षमा रवी मिश्र चयन हुनुभएको छ ।
यसैगरी महासचिवमा रवीन्द्र मानन्धर, सचिवमा भानु भट्टराई र कोषाध्यक्षमा सुजिता महर्जन र सदस्यहरूमा दिनेश प्रधान, सानुराज डंगोल, पल्पसा मानन्धर, उमेशचन्द्र अधिकारी निर्वाचित हुनुभएको छ । बाँकी २ जना सदस्य पछि मनोतीत हुने क्लवले जनाएको छ ।
क्लवले नेपाल पत्रकार महासङ्घको केन्द्रीय परिषद् सदस्यमा अविन श्रेष्ठ र प्रदेश परिषद् सदस्यमा केशवराज खनाल, सागर शाह र राजेश केसीलाई निर्वाचित गरेको छ ।
साथै उक्त कार्यक्रममा पूर्वअध्यक्ष अविन श्रेष्ठलाई सम्मान पनि गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *