सांस्कृतिक पुचःको आयोजनामा शुभकामना आदानप्रदान तथा सांस्कृतिक ¥याली
- कार्तिक ४, २०८३
भक्तपुर, २४ जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सामुदायिक र संस्थागत विद्यालयबिच शैक्षिक गुणस्तरमा समानता ल्याउन नगरपालिकाले निरन्तर जोड दिँदै आएको बताउनुभयो ।
नवीन आधारभूत विद्यालयमा नयाँ भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत, आधारभूत तहका उत्तीर्ण विद्यार्थीहरूलाई बिदाइ, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रममा बोल्दै उहाँले विद्यार्थीहरू पढाइसँगसँगै अतिरिक्त क्रियाकलापमा सहभागी भई आफूमा भएको ज्ञान र सीप उजागर गर्न क्रियाशील हुनुपर्ने बताउनुभयो ।
प्रमुख प्रजापतिले विद्यार्थीहरूमा किताबी ज्ञानसँगसँगै व्यवहारिक ज्ञानको पनि खाँचो रहेको उल्लेख गर्दै विद्यार्थीहरूले आधारभूत तहको जगबाट नै उच्च शिक्षालाई मजबुत बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले विद्यार्थीहरूले अनुशासन र समय परिपालनामा विशेष ध्यान दिन आग्रह गर्दै मेहनती विद्यार्थीले मात्र जीवनमा सफलता हासिल गर्छ भन्नुभयो ।
विद्यालयका प्रअ प्रकाश गोसाईले २०८१ सालमा नवीन आधारभूत विद्यालयमा ५५ जना नयाँ विद्यार्थीहरू भर्ना हुन आएको तथ्याङ्क प्रस्तुत गर्दै विद्यालयले विद्यार्थीहरूलाई विद्यालय शिक्षासँगसँगै व्यवहारिक र जीवनउपयोगी ज्ञान प्रदान गर्दै आएको बताउनुभयो । नवीन आधारभूत विद्यालयप्रति स्थानीय समुदायको सकारात्मक प्रभावका कारण विद्यालयमा स्थानीय विद्यार्थी सङ्ख्यामा क्रमिकरूपमा वृद्धि भइरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा विद्यालयका शिक्षिका क्रिशाला माथ्याले स्वागत गर्नुभएको थियो भने शिक्षिका रश्ना गोसाईले धन्यवादज्ञापन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा नगर प्रमुख प्रजापतिले विद्यालयबाट अवकाश प्राप्त शिक्षिका सानुमैँया कर्माचार्यलाई दोसल्ला ओढाइ बिदाइ गर्नुभएको थियो । प्रमुख अतिथि तथा अतिथिहरूले विद्यालयमा २०८१ सालमा नयाँ भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत, आधारभूत तहका उत्तीर्ण विद्यार्थीहरूलाई बिदाइ तथा पुरस्कार वितरण गर्नुभएको थियो ।
Leave a Reply