भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
- आश्विन २८, २०८३
वाशिङ्टन, ९ जून (टेलिसुर) । ‘जनताको रातो रेखा’ भन्ने नारासहित लामो रातो ब्यानरसहित सयौँ प्रदर्शनकारीहरूले अमेरिकी सरकारको विदेश नीतिको विरोध गर्दै इजरायलले कब्जा गरेको प्यालेस्टिनको भूभागको पूर्ण स्वतन्त्रताको माग गर्दै शनिबार ह्वाइट हाउस घेराउ गर्दै विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरूले राफाहको गजाती सहरमा भएको घातक इजरायली आक्रमणको सङ्केतमा विशाल रातो ब्यानर प्रयोग गरेका थिए, जुन ब्यानरमा ह्वाइट हाउसले मध्यपूर्वमा यसको मुख्य सहयोगी इजरायलले बाइडेनले दुई महिनाअघि तोकेको ‘रातो रेखा’ पार गरेको उल्लेख गरिएको थियो । प्रदर्शनकारीहरूले दक्षिणी गाजाका सहरहरूमाथि सम्भावित आक्रमणको बारेमा प्रश्न गरेका थिए ।
अमेरिकी सञ्चारमाध्यमहरूले अमेरिकी राष्ट्रपति जो बाइडेन कार्यकारी मुख्यालयभित्र नभएको भनी जोगाउन खोजे पनि प्रदर्शनकारीहरूले गाजापट्टी र वेस्ट बैङ्कमा इजरायली घेराबन्दी तत्काल अन्त्य दाबी गर्ने पूरा नगरेको र नरसंहारलाई रोक्न अझै के के हुनुपर्छ भनी सोधेका थिए ।
रोयटर्स समाचार एजेन्सीका अनुसार उक्त विरोध प्रदर्शनमा कोड पिंक ग्रुप र काउन्सिल अन अमेरिकन इस्लामिक रिलेसनका सदस्यहरू भेला भएका थिए । प्रदर्शनकारीहरूले दक्षिणी गाजापट्टीको रफाहमा आफ्नो आक्रमणको बिचमा इजरायललाई सैन्य सहायता नरोकेकोमा बाइडेनको निन्दा गरे ।
प्रदर्शनकारीहरूले ठूलो प्यालेस्टिनी झन्डा बोकेका थिए । उनीहरूले एक स्वरमा ‘प्यालेस्टिनलाई स्वतन्त्रता’ भन्ने नारा लगाएका थिए । ‘प्यालेस्टिनलाई मुक्त गर’, ‘गाजामाथि हात झिक’ र ‘अब युद्धविराम’ लेखिएका प्यालेस्टिनी झन्डा र प्लेकार्ड उनीहरूले बोकेका थिए ।
जून ८ को दिन इजरायलले मध्य गाजापट्टीको नसरात शरणार्थी शिविरमा चार इजरायली बन्धकहरूको जीवित उद्धार अभियान सञ्चालन ग¥यो, जहाँ कम्तीमा २५० गाजावासीहरू मारिए र ४०० भन्दा बढी घाइते भए ।
गत हप्ता मङ्गलबार टाइम मेगाजिनमा प्रकाशित एक अन्तर्वार्तामा जो बाइडेनलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ‘आफ्नो राजनीतिक आत्म–संरक्षणको लागि युद्धलाई लम्ब्याउँदै छन्’ भन्ने सोच्छन् भनी सोधिएको थियो । यस प्रश्नको उनले जवाफ दिएका थिए, “म यसमा टिप्पणी गर्न चाहन्न । मानिसहरूले त्यो निष्कर्ष निकाल्ने धेरै कारणहरू छन् ।”
Leave a Reply