जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
भक्तपुर, २ असार । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजमा स्नातकोत्तर तहको अर्थक्वेक इन्जिनियरिङ र अर्बान डिजाइन एन्ड कन्जरभेसनमा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत एवं अभिमुखीकरण कार्यक्रम आइतबार एक समारोहबिच सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले विद्यार्थीले अध्ययन–अनुसन्धानमा जोड दिनुपर्ने र देश र जनताको सेवा हुने काममा लाग्नुपर्ने बताउनुुभयो ।
अध्ययन अनुसन्धानमा सक्षम र सफल विद्यार्थीले देशको लागि पनि सेवा गर्न सक्ने बताउँदै उहाँले ती विद्यार्थीहरूको काम गराइमा उत्साह बढ्छ भन्नुभयो ।
आफ्नो देशलाई राम्रो बनाउनुभन्दा विदेशीको मुख ताक्ने प्रवृत्तिले बौद्धिक शक्तिको अभाव हुँदै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
देश सक्षम र राम्रो बनाउन सरकार नै लागिपर्नुपर्छ भन्दै उहाँले चीनको प्रगतिलाई बाधा पु¥याउन चारैतर्फबाट चीनमाथि आक्रमण गर्ने अमेरिकी नीति खोटपूर्ण छ भन्नुभयो ।
नेपाली माटो सुहाउँदो निर्माणमा सहयोग पु¥याउन नेपालको भौतिक अवस्थाबारे अनुसन्धानमा जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले नेपाली र विदेशीको काम गराइमा भिन्नता छ भन्नुभयो ।
कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कलेजको उद्देश्यबमोजिम गुणस्तरीय शिक्षा दिने, देशभक्त नागरिक बनाउने र सक्षम प्राविधिक तयार गर्ने काम आंशिकरूपमा सफलता मिलिसकेको र पूर्ण सफलतामा पुग्नको लागि सबैले दत्तचित्त भई आ–आफ्नो काम गर्नुपर्नेमा जोड दिनुभयो ।
बौद्धिक शक्ति विदेश पलायन हुनुमा सरकार दोषी रहेको प्रस्ट पार्दै उहाँले संयक्त राष्ट्र सङ्घले २०३० मा विश्वमा गरिबी उन्मूलन गर्ने घोषणा गर्दै गर्दा चीनले २०२० मै गरिब उन्मूलन भएको घोषणा ग¥यो† यो चीनको समाजवादी राजनैतिक बन्दोबस्तले सफलता मिलेको हो भन्नुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माकले अनुसन्धान कार्यमा टेवा पु¥याउन कलेजले राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्मेलन गर्दै आएको र २०८२ सालको माघमा हुने चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा धेरै शोधपत्रहरू आउने अपेक्षा व्यक्त गर्नुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले रिसर्च पेपर राम्रो भएका विद्यार्थीले आफूले रोजेको विषयमा विद्यावारिधि गर्न धेरै अवसर मिल्ने बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका उपप्राचार्य डा. सुवेगमान बिजुक्छँेले उपलब्धिमूलक अनुसन्धान कार्यमा दत्तचित्त भएर लागिपर्नुपर्ने र त्यस्तो विद्यार्थीले अरुलाई बुझाउन सक्ने बन्नुपर्छ भन्नुभयो ।
अर्थक्वेक इन्जिनियरिङ विभागीय प्रमुख डा. मन्जिप शाक्यले अर्थक्वेक इन्जिनियरिङ भनेको स्ट्रक्चर, सिस्मोलजी र जियोलजीको संयोजन भएको बताउनुभयो ।
अर्बान डिजाइन एन्ड कन्जरभेसनका विभागीय प्रमख लिवास फैजूले नयाँ र व्यवस्थित सहर बनाउन विज्ञ बनाउने शिक्षा अर्वान डिजाइन एन्ड कन्जरभेसनको अध्यापनले गर्छ भन्नुभयो ।
अर्थक्वेक इन्जिनियरिङको स्नातकोत्तर तहमा नेपाल प्रथम हुन सफल ई.रोसन प्रजापतिलाई प्रमुख अतिथि बिजुक्छेँले रु. २५ हजार नगद पुरस्कार र गोल्ड मेडल तथा प्रशंसापत्र वितरण गर्नुभएको थियो ।
Leave a Reply