भर्खरै :

चिनियाँ जनराजनैतिक परामर्श सम्मेलन, राष्ट्रिय समितिका उपाध्यक्ष पाथ अरको प्रमण्डललाई भक्तपुरमा स्वागत

चिनियाँ जनराजनैतिक परामर्श सम्मेलन, राष्ट्रिय समितिका उपाध्यक्ष पाथ अरको प्रमण्डललाई भक्तपुरमा स्वागत

भक्तपुर, २ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चिनियाँ जनराजनैतिक परामर्श सम्मेलन, राष्ट्रिय समितिका उपाध्यक्ष पाथ अरको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई भक्तपुर दरबार क्षेत्र प्रवेशद्वारमा खादा, भादगाउँदले टोपी र पुष्पगुच्छाले स्वागत गर्नुभयो ।
नगर प्रमुख प्रजापतिले भक्तपुरको कला संस्कृति संरक्षणमा भक्तपुर नपाले विशेष जोड दिँदै आएको बताउनुभयो ।
भ्रमणको क्रममा उपाध्यक्ष पाथ अरले भक्तपुरले गरेको न्यानो स्वागतको लागि धन्यवादज्ञापन गर्दै भक्तपुर कला र संस्कृतिमा निकै समृद्ध नगर भएको बताउनुभयो । उहाँले जीवन्त नगरको अवलोकन भ्रमण गर्न पाउँदा निकै गौरवको अनुभूति भएको बताउँदै चीन–नेपालबिचको मित्रता अमर रहने विश्वास व्यक्त गर्नुभयो । चिनियाँ प्रतिनिधिमण्डल टोलीले भक्तपुरको स्थानीय उत्पादन र मृतिका कलाबारे चासो व्यक्त गरेको थियो ।
टोलीले भक्तपुरको ऐतिहासिक र सांस्कृतिक सम्पदाहरू दरबार क्षेत्र, पोटरी स्क्वायर, टौमढी हुँदै फसिः देगको अभिरुचिपूर्वक अवलोकन गरेको थियो । सोही क्रममा दुवै पक्षबिच मायाको चिनो आदानप्रदान भएको थियो ।
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, कार्यपालिका सदस्यलगायतको उपस्थिति थियो । चिनियाँ जनराजनैतिक परामर्श सम्मेलन, राष्ट्रिय समितिका सदस्यहरू छि चाल, एवई च्यून, वन सु काड्ड, यान च्यूए, वाङ चोड्डयी, लीन मियाओलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *