भर्खरै :

सिद्धि गणेश साकोसद्वारा पोषणसम्बन्धी प्रशिक्षण

सिद्धि गणेश साकोसद्वारा पोषणसम्बन्धी प्रशिक्षण

भक्तपुर, ४ असार । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को लघुवित्त तथा बचत समूह परिचालन उपसमितिको आयोजनामा पोषणसम्बन्धी अभिमुखीकरण कार्यक्रम डा. अरुणा उप्रेतीको सहजीकरणमा संस्थाको तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले हाल गलत खानपिनको कारण विभिन्न स्वास्थ्य समस्या देखापरिरहेको हुनाले स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रमको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले संस्था वित्तीय कारोबारमा मात्र सीमित नरही सदस्यहरूको क्षमता अभिवृद्धि हुने तथा सीप विकास हुने तालिम सञ्चालन गर्दै आएको जानकारी गराउँदै तालिमबाट सिकेका सीप र ज्ञान उपयोग गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सहजकर्ता डा. अरुणा उप्रेतीले विगतमा ज्येष्ठ नागरिकमा मात्र देखिने रोगहरू हाल पत्रु खानपिनका कारण युवाहरूमा पनि देखिएकोमा चिन्ता व्यक्त गर्दै स्वस्थ रहन स्वस्थ खाना खाएर नियमित व्यायाम गर्न सुझाव दिनुभयो । बालबालिकाहरूले रुचाउने खानाहरू चाउचाउ, केक, चिजबल, कुरकुरेलगायत अन्य पत्रु खानाको सेवनले अन्य रोगहरूमात्र नभई मस्तिष्कमा समेत असर परी शरीरको अङ्गहरूको विकासमा पनि असर गर्ने बताउनुभयो ।
उहाँले एउटै तेल बारम्बार प्रयोग गर्दा मुटु, फोक्सो तथा हड्डीमा असर हुनुका साथै क्यान्सरको पनि कारण बन्न सक्ने जानकारी दिँदै प्रशोधित खानामा पनि एउटै तेल निरन्तर प्रयोग हुने हुँदा ती खाना स्वास्थ्यको लागि हानिकारक हुने बताउनुभयो । उहाँले स्वास्थ्यमा समस्या आउनुको मुख्य कारण मोटापन पनि रहेको बताउँदै चिलो, धेरै गुलियो तथा चटपटे खानेकुरासँग टाढा रहन सल्लाह दिनुभयो ।
डा. उप्रेतीले अरुको अस्वस्थकर खाना खानुभन्दा घरमै बनेको खानेकुरा स्वस्थकर हुने उल्लेख गर्दै विदेशी संस्कृति अँगाल्दै गए आप्mनो अस्तित्व मेटिँदै जाने बताउनुभयो । नेवार समुदायमा विभिन्न चाडपर्वमा समयानुकूल खानपिन गर्ने परम्परा चल्दै आएको हुनाले नेवार समुदायका हरेक आमाहरू पोषणविद् हुन्, उहाँले भन्नुभयो ।
कार्यक्रममा संस्थाका सञ्चालक सदस्य एवं उपसमितिका संयोजक रत्नश्वरी चवालले आप्mनो शरीरको ख्याल आफैले गर्नुपर्ने भन्दै प्रशोधित खाजाभन्दा घरमै बनेका खाजा खान आग्रह गर्नुभयो । उहाँले एक व्यक्ति बिरामी भएमा उसको पूरै परिवारमा आर्थिक तथा मानसिक तनाव हुने भएकोले स्वस्थ रही खुसी जीवनयापन गर्न खानपिन र व्यायामलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाई र कार्यक्रम तथा प्रवद्र्धन अधिकृत विमल लवजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *