कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, ९ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आइतबार बसेको सोह्रौँ नगरसभाको बैठकबाट आगामी आर्षिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित गरेको छ ।
सभामा नगर प्रमुख प्रजापतिले नीति तथा कार्यक्रममाथि छलफलमा उठेका जिज्ञासामाथि प्रस्ट पार्दै नीति तथा कार्यक्रम प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने पक्षमा नगरपालिकाले विशेष जोड दिने बताउनुभयो ।
नीति तथा कार्यक्रममाथि भएको छलफलमा सभासद्हरू मञ्जुमैयाँ लाखा, इन्द्रबहादुर प्याथ, तारादेवी शाक्य, हरिरत्न गोर्खाली, श्यामसुन्दर मातां, सिद्धिराम अवाल, नारायणप्रसाद त्वानाबासु, पुरूषोत्तम तमखू, कृष्णगोपाल चौगुठी, कृष्णनारायण दुमरू, सूर्यप्रसाद श्रेष्ठ, हेरा ख्याजु र गोविन्द दुवालले भक्तपुर नपाबाट सञ्चालित जनज्योति पुस्तकालयलाई भक्तपुरको केन्द्रीय पुस्तकालयको रूपमा विकास गर्न सकिने, नगरभित्र अवस्थित मठहरूको अभिलेख राखी भग्नावेश अवस्थामा रहेका मठहरूको पुनःनिर्माण गरी जनताको हितमा उपयोग गर्नुपर्ने, नगरकोटको मुहान पोखरीलाई जलाधार क्षेत्र घोषणा गर्नुपर्ने, सांस्कृतिक र पुरातात्विक महत्व बोकेको स्थलहरूको अध्ययन र अनुसन्धानको व्यवस्था गर्नुपर्ने, सहिद स्मृति खेलमैदान निर्माणमा विशेष पहल आवश्यक भएको, स्वयम्सेवक वा करार शिक्षकहरूको व्यवस्था गर्ने नीति लिनुपर्ने, स्थानीय बिउको संरक्षण गर्ने नीति अङ्गाल्नुपर्ने, नक्सा पासबारे नागरिक बडापत्रको व्यवस्था हुनुपर्ने, परम्परागत दाफा भजन प्रतियोगिता गर्नुपर्ने, नगरकोट सडकको दायाँ बायाँ र कमलविनायक प्लानिङको पेटीमा ब्लक छपाइ कार्य र वृक्षारोपण गरी हरियाली गर्नुपर्ने, हनुमन्त्ते खोला करिडोर निर्माण गर्नुपर्नेलगायतका धारणा राख्नुएको थियो ।
नगरसभाको अर्को बैठक सोमबार दिनको १ बजे बस्नेगरी स्थगित भयो । सोमबारको बैठकमा भक्तपुर नगरपालिकाको आ.व. २०८१/८२ को बजेट प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।
Leave a Reply