नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
गाजा, ९ असार (क्यूएनए) । निकट पूर्वका प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य निकाय (यूएनआरडब्लुए) ले विस्थापित परिवारले आश्रय लिइरहेका ६९ प्रतिशत विद्यालय भवनमा प्रत्यक्षरूपमा क्षति पुगेको जनाएको छ ।
यूएनआरडब्लुएले आइतबार सामाजिक सञ्जाल एक्समा मानवीय कानुनको घोर अवहेलना रोक्नैपर्ने बताउँदै लेखेको छ, “गाजामा कहीँ पनि सुरक्षित छैन । हामीलाई अब युद्धविरामको आवश्यकता छ ।”
“गाजामा ७६ प्रतिशतभन्दा बढी विद्यालयको पुनःनिर्माण आवश्यक छ वा पुनः सञ्चालनका लागि ठुलो पुनःनिर्माण आवश्यक छ,” यूएनआरडब्लुएले भनेको छ ।
यस सन्दर्भमा यूएनआरडब्ल्युएका प्रवक्ता जोनाथन फाउलरले गाजापट्टीमा इजरायली आक्रमणका कारण भएको विनाशको स्तर धेरै ठुलो रहेको र यसलाई मेटाउन र पुनर्निर्माण गर्न २० वर्षभन्दा बढी समय लाग्ने बताउँदै गाजापट्टीमा रहेका करिब १७० यूएनआरडब्ल्यूए सुविधाहरूमा बम बारी गरिएको र विभिन्न स्तरमा निरन्तर क्षति भएको बताउनुभयो ।
उहाँले आक्रमणको सुरुवातदेखि नै शिक्षा बन्द भएका कारण सबैभन्दा बढी क्षति भएको विद्यालय रहेको बताउनुभयो । उहाँले विद्यालयलाई संयुक्त राष्ट्रसङ्घको झन्डाको संरक्षणमा सुरक्षित स्थानको रूपमा स्थापना गरिएको र विस्थापित भएका नागरिकहरूका लागि विद्यालय आपत्कालीन आश्रयस्थलमा रूपान्तरण भएको उल्लेख गर्नुभयो ।
यूएनआरडब्लुएको स्थापना सन् १९४९ मा बशसंयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयबाट भएको थियो र यसलाई जोर्डन, सिरिया, लेबनान, वेस्ट बैङ्क र गाजापट्टी गरी पाँच सीमा क्षेत्रमा प्यालेस्टिनी शरणार्थीलाई सहायता र सुरक्षा प्रदान गर्न अनिवार्य गरिएको थियो ।
Leave a Reply