भर्खरै :

कानुनअनुसार ‘थाइवान स्वतन्त्रता’ पक्षधरहरूलाई दण्डित गर्ने यो कागजातबाट ३ सङ्केत दिइँदै

कानुनअनुसार ‘थाइवान स्वतन्त्रता’ पक्षधरहरूलाई दण्डित गर्ने यो कागजातबाट ३ सङ्केत दिइँदै

पेइचिङ, २३ जून (सीआरआई) । जून २१ का दिन चीनले जारी गरेको थाइवानसम्बन्धी न्यायिक दस्तावेजले विश्वको ध्यान तानेको छ । ‘देशलाई पृथक पार्ने वा पृथकतावादलाई उक्साउने थाइवान स्वतन्त्रता पक्षधरहरूलाई कानुनबमोजिम दण्डित गर्ने राय–सुझाव’ लाई सोही दिन, सर्वोच्च जनअदालत, सर्वोच्च जनसुरक्षा, सार्वजनिक सुरक्षा मन्त्रालय, राष्ट्रिय सुरक्षा मन्त्रालय र न्याय मन्त्रालयले संयुक्तरूपमा लागू गरेका छन् । अन्तर्राष्ट्रिय जनमतले भनेको छ कि यो ‘थाइवान स्वतन्त्रता’ पक्षधर शक्तिप्रति चीनले लिएको सबैभन्दा गम्भीर कदमहरूमध्येको एक हो, जसको उद्देश्य ‘थाइवान स्वतन्त्रता’ गतिविधिहरू रोक्दै राष्ट्रिय एकीकरणको रक्षा गर्नु हो ।
पृथकतावादी अपराधीहरूलाई दण्डित गर्न र देशको मुख्य हितको रक्षा गर्दा आपराधिक न्याय उपायको प्रयोग गर्नु नै विश्वकै सामान्य अभ्यास हो । थाइवान चीनको एक भाग हो र कानुनबमोजिम देशलाई पृथक पार्ने अपराधलाई दण्डित गर्नु कानुनअनुसार उचित, तर्कसङ्गत र वैध छ । यो नै चीनले राष्ट्रिय सार्वभौमिकता, पुनर्मिलन र भूभागको अखण्डताको रक्षा गर्दा चाल्ने उचित उपाय हो ।
‘पृथकता गतिविधिविरोधी कानुन’, ‘जन गणतन्त्र चीनको फौजदारी कानुन’, ‘जन गणतन्त्र चीनको फौजदारी प्रक्रिया कानुन’ लगायतका कानुनहरू तथा सान्दर्भिक न्यायिक व्याख्याहरूको प्रावधानहरूअनुसार, उक्त राय–सुझावमा पृथकतावादलाई उक्साउने ‘थाइवान स्वतन्त्रता’ पक्षधरहरूलाई दण्डित गर्ने, सजाय दिने र प्रक्रियागत मापदण्डबारे स्पष्ट पारिएको छ । साथै न्यायिक मुद्दा व्यवस्थापनका लागि मार्गदर्शन र कानुनी आधार पनि दिइएको छ ।
उक्त दस्तावेजमा तोकिएका विषयहरूबाट उदारता र गम्भीरताको सम्मिश्रणको आपराधिक नीतिलाई प्रतिविम्वित गरिएको छ र चिनियाँ कानुनी राजको निष्पक्षता र मानवीय प्रकृतिलाई पनि प्रतिबिम्बित गरिएको विश्वास विश्लेषकहरूले व्यक्त गरेका छन् ।
सर्वप्रथम, उक्त दस्तावेजको कार्यान्वयनबाट ‘थाइवान स्वतन्त्रता’ पृथकतावाद र विदेशी हस्तक्षेपको विरोध गर्ने र राष्ट्रिय सार्वभौमिकता र भूभागको अखण्डताको रक्षा गर्ने चिनियाँ मुख्य भूमिको दृढ सङ्कल्प र बलियो क्षमता प्रदर्शन गरिएको छ ।
दोस्रो, उक्त दस्तावेजले थोरै सङ्ख्या भएको ‘थाइवान स्वतन्त्रता’ पक्षधर र उनीहरूको पृथकतावादी गतिविधिहरूलाई लक्षित गरेको हो । थाइवानका व्यापक जनतालाई समावेश गर्दैन । कानुनअनुसार ‘थाइवान स्वतन्त्रता’ अलगाववादको अपराधलाई कडा सजाय दिएर मात्र थाइवानका जनताले थाइवान जलडमरुका दुई किनाराको शान्तिपूर्ण विकासको लाभांशको आनन्द लिन सक्नेछन् ।
अझ व्यापक परिप्रेक्ष्यबाट हेर्दा, कानुनअनुसार ‘थाइवान स्वतन्त्रता’ पक्षधरहरूलाई दण्डित गर्नु क्षेत्रीयलगायत विश्व शान्ति र स्थिरताको संरक्षणको लागि पनि एक जिम्मेवार कदम हो ।
सजायको तरबार टाउकोमाथि झुन्डिएको छ ! चीनको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डतालाई चुनौती दिने कुनै पनि प्रयास निरर्थक हुनेछ भने कानुनले कडा सजाय दिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *