यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
काठमाडौँ, १० असार । कीर्तिपुर नगरपालिकाको पाँचौ नगरसभा अधिवेशन सोमबार सुरू भयो ।
कार्यक्रम उद्घाटन गर्दै काठमाडौँ क्षेत्र १० का सांसद राजन केसीले नगरपालिकाको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सकेमा कीर्तिपुर नगरपालिका उदाहरणीय बन्नेछ भन्नुभयो ।
नीति तथा कार्यक्रमले सबै क्षेत्रमा समेतजस्तै बजेटको व्यवस्था गर्नुपर्ने भएकोले स्रोतको अभावले काम गर्न नसके जनप्रतिनिधिको आलोचनाको पात्र बन्ने उहाँले बताउनुभयो ।
वाग्मती प्रदेश सदस्य पुकार महर्जनले नीति तथा कार्यक्रम पारित हुनुको साथै कार्यान्वयन पक्ष पनि सफल हुनुपर्ने बताउनुभयो ।
सहकारीमा देखेको समस्या मन्त्रीको भ्रमणले नहुने भन्दै उहाँले कार्य व्यवस्थापन बनाई नीतिगत निर्णय गरी अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यले नगरपालिकाको आ.व. २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा राजनीतिक दलहरूमा नेमकिपाका नारायण महर्जनले नीति तथा कार्यक्रम जनमुखी हुनुपर्ने र कार्यान्वयन गर्ने पक्ष बलियो हुनुपर्ने बताउनुभयो ।
उहाँले देशको राजनीतिक विकृतिले कीर्तिपुर नगरपालिकालाई पनि प्रभावित पारेको चर्चा गर्दै अपवित्र गठबन्धनको सरकारले देश र जनताको हितमा काम गर्न नसक्ने बताउनुभयो ।
“राजनीतिक पार्टी दर्शन र सिद्धान्तबाट प्रेरित हुनुपर्छ । राजनीतिक नेता–कार्यकर्ताहरूले राजनीतिक मूल्य–मान्यता त्याग्नु हिउँमा चिप्लेटी खेल्नु सरह हुन्छ । गलत राजनीतिको पक्षमा लागेमा विगतमा झैँ दुःख झेल्नुपर्ने हुन्छ ”, उहाँले भन्नुभयो ।
कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकाल, राजेन महर्जन, जनक थापालगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिका साथै नगरपालिकाका सल्लाहकार इन्द्रबहादुर शाक्यले पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।
Leave a Reply