भर्खरै :

प्रभात इङलिश स्कूलमा जिल्लास्तरीय टेबुलटेनिस प्रतियोगिता सुरु

प्रभात इङलिश स्कूलमा जिल्लास्तरीय टेबुलटेनिस प्रतियोगिता सुरु

भक्तपुर, असार २८ गते, आइतबार । प्रभात इङ्गलिश सेकेन्डरी स्कूलको आयोजनामा भक्तपुर जिल्लाव्यापी टेबुलटेनिस प्रतियोगिता आइतबार सुरू भएको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रभात इङ्गलिस सेकेन्डरी स्कूल व्यवस्थापन समिनिका अध्यक्ष प्रेम सुवालले भन्नुभयो, “खेलकुद विज्ञहरूले टेबुल टेनिस खेललाई मस्तिष्कको तीक्ष्णता बढ्ने, हात र आँखाको समन्वय हुने बताएका छन् । यो खेलमा पूरै शरिरको कसरत हुनेछ ।”
टेबुल टेनिस खेलले मानिसको जीवनमा धैर्य भएर सेवा गर्ने सोचाईको विकास गर्ने र कुनै पनि काममा नियमित सेवा गर्ने भावना यो खेलले जगाउने धारणा उहाँले व्यक्त गर्नुभयो ।
राष्ट्रिय भलिबल सङ्घका उपाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका सदस्य गौतमप्रसाद लासिवा, भनपा १० वडाका अध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखा र भक्तपुर टेबुलटेनिस सङ्घका अध्यक्ष प्रेमकृष्ण खर्बुजा, वरदायणी आ.वि.का प्र.अ. कृष्णगोपाल आचार्य, जेन्युइन सेकेण्डरी स्कूलमा प्रिन्सिपल राजन धौभडेलले प्रतियोगिताको सफलताको शुभकामना गर्नुभएको थियो ।
प्रतियोगिता सञ्चालक समितिका संयोजक मुना बासुकलाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा आयोजक विद्यालयका प्रिन्सिपल स्वर्णिमा मूलको स्वागत गर्नुभएको थियो ।
प्रतियोगितातर्फ छात्रा टिम त्ेन्टसमा प्रभात इङ्गलिश सेकेन्डरी स्कूल र लर्नस एकेडेमीले फाइनलमा प्रवेश गर्न सफल भएको थियो । त्यस्तै जेन्युइन सेकेण्डरी स्कुल र प्रोक्सिमा एकेडेमी सेमिफाइनलमा पुग्न सफल भएका थिए ।
छात्र त्ेन्ट्स तर्फ प्रभात इङ्गलिश सेकेन्डरी स्कूलको टिम र प्रोक्सिमा इन्टरनेसनल एकेडेमीको टिम फाइनल प्रवेश गर्न सफल भए । त्यस्तै जेन्युइन सेकेन्डरी स्कूल र लर्नस एकेडेमी दुवै सेमिफाइनलिस्त भएका छन्  ।
१६ वर्षमुनि छात्रतर्फ उरबी सुवाल (प्रभात इङ्गलिश सेकेन्डरी स्कुल) र सिमोन दुवाल (लर्नस एकेडेमी) सेमिफाइनल प्रवेश गर्न सफल भए । छात्रा १६ वर्ष मुनतिर्फ श्रोना बासुकला (प्रभात इङ्गलिश सेकेन्डरी स्कूल) र मालाश्री सुवाल (लर्नस एकेडेमी) सेमिफाइनलमा प्रवेश गर्न सफल भए ।
छात्र १६ वर्षतर्फमा प्रि–क्वाटर राउन्ड सम्मको खेल सम्पन्न भएको थियो ।
छात्र १२ वर्ष मुनितर्फको क्वार्टर फाइनलसम्मका खेलहरू सम्पन्न भएको छ भने छात्रा १२ वर्ष मुनितर्फको सेमिफाइनलमा आरोही सुवाल (प्रभात इङ्गलिश सेकेण्डरी स्कुल), आशिका बजगाई (बरदायणी स्कुल), एलिसिया न्हुछे (प्रभात इङ्गलिश सेकेण्डरी स्कुल), साइना लिवी (प्रोक्सिमा स्कुल) प्रवेश गर्न सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *