भर्खरै :

समाजवादी बन्दोबस्त नयाँ नयाँ ढङ्गबाट अघि बढ्दै

भक्तपुर, १७ पुस  । ५९ औं क्युवाली समाजवादी क्रान्ति दिवसको अवसरमा सोमबार क्युवा ऐक्यबद्धता समिति नेपालको आयोजनामा ‘क्युवाली क्रान्तिको ऐतिहासिक महत्व’ विषयक प्रवचन कार्यक्रम भयो ।  कार्यक्रममा बौल्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें रोहितले समाजवादी विचारको अन्त्य भएको भन्दै पूँजीवादी चिन्तकहरूले दुष्प्रचार गरे तापनि समाजवादी बन्दोबस्त नयाँ नयाँ ढ·बाट अघि बढिरहेको बताउनुभयो ।  उहाँले क्युवाले समाजवादी आदर्शलाई व्यवहारमा नै लागू गरेर देखाएको चर्चा गर्दै पिच्छे उपचार खर्च दिनुभन्दा देशका अस्पतालहरूलाई उचित बजेट दिनसके व्यापक जनताको हित हुने विचार व्यक्त गर्नुभयो ।  नवजात शिशुहरूमा जसरी गर्भको टाटा रहन्छ, त्यस्तै समाजवादी बन्दोबस्त स्थापना भएलगत्तै सबै बन्दोबस्त नहुने भन्दै पूँजीवादी दलका नेताहरूलाई जनताका शत्रुको रुपमा लिनुपर्ने विचार राख्नुभयो ।
क्यासिनोको आम्दानीमा कर छुट दिने, सरकारको ढुकुटीको पैसा आफ्ना कार्यकर्तालाई बाँड्ने पूँजीवादी बन्दोबस्तको चरित्र भएको भन्दै अध्यक्ष रोहितले पूँजीवादी पार्टीहरूलै जनतालाई शोषण गर्न अनेक कानुन बनाउनेप्रति सजग हुनुपर्ने बताउनुभयो ।  नेमकिपाका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले सही नेतृत्व र पार्टीले मात्र कुनै पनि देशमा क्रान्ति गर्नसक्ने बताउनुभयो । उहाँले क्युवाली जनताले संरा अमेरिकी साम्राज्यवादविरुद्ध लडेजस्तै नेपाली जनताले पनि भारतीय विस्तारवादविरुद्ध अथक सङ्घर्ष गर्नुपर्र्ने चर्चा गर्दै देशहित विपरीतका बन्दोबस्तविरुद्ध कानुनी सङ्घर्ष गर्ने विज्ञ वकिलहरू नेपालमा अझै अभाव भएको बताउनुभयो ।,
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य अनुराधा थापामगरले माक्र्सवाद लेनिनवादमाथि विश्वास गर्नाले नै क्युवामा क्रान्ति सम्भव भएको बताउनुभयो ।  उहाँले समाजवादी देश क्युवाले महिला, स्वास्थ्य र शिक्षा क्षेत्रमा गरेका उल्लेख्य उपलब्धिहरूबारे चर्चा गर्नुभयो ।  क्युवा ऐक्यबद्धता समिति नेपालका अध्यक्ष सुरेन्द्रराज गोसाईको सभापतित्वमा भएको प्रवचन कार्यक्रममा समितिका उपाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा क्युवा र क्युवाली समाजवाद तथा क्युवाली क्रान्तिको ऐतिहासिक महत्वको विषयमा समितिका सचिव नीरज लवजू र नेपाल प्राध्यापक समाजका सहसचिव सुजन माकले पावरप्वाइन्ट प्रस्तुति गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *