अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, ११ असार । वागीश्वरी मा.वि. विद्यार्थी हित समितिको आयोजनामा वागीश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत आधारभूत तहका विद्यार्थीहरूबाट ख्वपको पहिचान विषयको निर्धारित उद्देश्यअनुसार भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. द्वारा व्यवस्थापन गरिएको भक्तपुर आदर निकेतनका ज्येष्ठ नागरिकसितको भेटघाट कार्यक्रम मङ्गलबार सम्पन्न भयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले आदर योग्य व्यक्तिहरू बस्ने ठाउँ (निकेतन) नै आदर निकेतन भएको विचार राख्नुभयो ।
वागीश्वरी कलेज अफ म्यानेज्मेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा र वागीश्वरी मा.वि. का प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले ज्येष्ठ नागरिकका सम्बन्धमा आ—आफ्नो विचार राख्नुभयो ।
भक्तपुर आदर निकेतनका अध्यक्ष लक्ष्मीप्रसाद कुसीले स्वागत मन्तव्य राख्नुभयो भने भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष निर्मल प्रजापतिले उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।
वागीश्वरी हित समितिका अध्यक्ष रेजा ज्याख्वको अध्यक्षतामा भएको सो कार्यक्रममा विद्यार्थीहरूबाट सङ्कलित रु.२०,००० रकम हित समितिका अध्यक्ष रेजा ज्याख्वले भक्तपुर आदर निकेतनका अध्यक्ष लक्ष्मीप्रसाद कुसीलाई हस्तान्तरण गर्नुभयो ।
वागीश्वरी मा.वि. का प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले ज्येष्ठ नागरिकहरूलाई खाडा ओढाई सम्मान गर्नुभएको थियो । वागीश्वरी मा.वि. विद्यार्थी हित समितिका कोषाध्यक्ष जय शिश बेकोजूले सञ्चालन गरेको औपचारिक कार्यक्रमपश्चात् विद्यार्थीहरूले ज्येष्ठ नागरिकहरूसित जीवनका अनुभव र विविध पज्ञबारे भलाकुसारी गरेका थिए । विद्यार्थीहरूबाट गीति नृत्य प्रस्तुत भएको थियो ।
Leave a Reply