भर्खरै :

अमेरिकाको द्वन्द्व रोक्ने प्रयासबिच इजरायलद्वारा गाजामा बम प्रहार

अमेरिकाको द्वन्द्व रोक्ने प्रयासबिच इजरायलद्वारा गाजामा बम प्रहार

गाजापट्टी, ११ असार (एएफपी) । संयुक्त राज्य अमेरिकाले आफ्ना सहयोगीहरूलाई लेबनान सीमामा हिंसा बढ्न नदिन आग्रह गरेसँगै प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धको “तीव्र चरण” समाप्त भइरहेको बताउनुभएको थियो तर इजरायलले मङ्गलबार गाजामा पुनः बम प्रहार गरेको छ ।
हमासद्वारा सञ्चालित क्षेत्रको नागरिक सुरक्षा एजेन्सीका अनुसार इजरायली सेनाले गरेको घातक आक्रमणमा परी दुई विद्यालयका १३ जनाको मृत्यु हुनुका साथै गाजा शहरको एक घर नष्ट भएको छ ।
अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएदेखि इजरायल र लेबनानको हिजबोल्लाहबिच दैनिक सीमापार गोलीबारी भइरहेको छ । पछिल्लो लडाइँमा, इरान समर्थित हिजबोल्लाहले सोमबार सीमापारका तीनवटा इजरायली सैन्यस्थल लक्षित आक्रमण गरेको बताएको छ ।
इजरायली सेनाले आफ्ना लडाकु विमानहरूले पूर्वी लेबनानको बालबेक क्षेत्रमा उग्रवादी पूर्वाधारमा आक्रमण गरेको बताएको छ ।
हालैका महिनहरूमा आ–आफ्ना राष्ट्रका सीमावर्ती क्षेत्रका हजारौँ लेबनानी र इजरायली नागरिक लडाइँका कारण विभिन्न देशमा शरण लिन बाध्य भएका छन् ।
गाजामा इजरायली आक्रमणले धेरै पूर्वाधार नष्ट गरेको छ र नागरिक बाँच्न सङ्घर्ष गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *