भर्खरै :

कोमपाको आठौँ केन्द्रीय समितिको दसौँ पूर्ण बैठकको विस्तारित बैठक आयोजना

कोमपाको आठौँ केन्द्रीय समितिको दसौँ पूर्ण बैठकको विस्तारित बैठक आयोजना

प्योङयाङ, २९ जून (केसीएनए) । कोरियाली मजदुर पार्टी (कोमपा) को आठौँ केन्द्रीय समितिको दशौँ पूर्ण बैठकको विस्तारित बैठक जून २८ देखि सुरू भएको छ । बैठकले पार्टी र राज्य नीतिको अभिमुखीकरण र २०२४ का लागि सबै कार्यहरू सफलतापूर्वक कार्यान्वयन गर्न सहजीकरण गर्न बोलाइएको बताइएको छ । पार्टी केन्द्रीय समितिको सदैव विजयी नेतृत्वको फलस्वरूप समाजवादी निर्माणको श्रृङ्खलालाई उचाइमा लाने अवधि सुरू भएको छ । राष्ट्रिय पुनर्जागरणको प्रतीक युग निर्माण गर्ने संस्थाहरूले शक्तिशाली देशको दूरगामी आदर्श, महत्वाकाङ्क्षा र अदम्य वीरतापूर्ण क्षमतालाई नाटकीयरूपमा उजागर गरेका छन् ।
पूर्ण बैठकको अध्यक्षता कोरियाली मजदुर पार्टी (कोमपा) का महासचिव किम जोङ उनले गर्नुभएको छ । बैठकमा कोमपा केन्द्रीय समितिको पोलिटिकल ब्यूरोको अध्यक्ष मण्डलका सदस्यहरू, पोलिटिकल ब्युरोका सदस्यहरू र वैकल्पिक सदस्यहरू, कोमपा केन्द्रीय समितिका सदस्यहरू र वैकल्पिक सदस्यहरू उपस्थित थिए ।
पर्यवेक्षकको रूपमा कोमपा केन्द्रीय समितिका सम्बन्धित विभागका अधिकारीहरू, मन्त्रालयहरू, राष्ट्रिय एजेन्सीहरू र प्रदेश–स्तरीय नेतृत्व निकायका प्रमुख अधिकारीहरू, कोमपाको महानगर र काउन्टी समितिका मुख्य सचिवहरू र प्रमुख औद्योगिक प्रतिष्ठानका प्रमुख अधिकारीहरूको उपस्थिति थियो ।
पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्यहरू सम्मिलित अध्यक्ष मण्डल चयन गरिएको छ ।
पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोले पूर्ण बैठकको अध्यक्षता गर्न सम्माननीय कमरेड किम जोङ उनलाई अधिकार दिएको छ ।
पूर्ण बैठकले वर्षको पहिलो अर्धवार्षिकमा भएका कामको समीक्षा गर्ने र कोरियाली शैलीको समाजवादको व्यापक विकासमा उकास्ने क्रमलाई कायम राख्नको लागि उत्पन्न हुने महत्वपूर्ण तत्कालका मुद्दाहरूको श्रृङ्खलाबारे छलफल र निर्णय गर्ने बताइएको छ ।
पूर्ण बैठकको कार्यसूचीमा राखिएका पाँचवटा बुँदालाई पार्टी केन्द्रीय समितिका सबै सदस्यले अनुमोदन गरेका छन् । सबै सहभागीहरूको ठुलो राजनीतिक उत्साहका बिच एजेनडाका विषयहरूमाथि छलफल चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *