अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, १५ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरूले जनताको हितमा काम गरेको मन नपराउनेहरू पनि भएको बताउनुभयो ।
तुमचो दुगुरे चोखा आवास क्षेत्र खानेपानी उपभोक्ता समितिद्वारा शनिबार आयोजित एक कार्यक्रममा प्रमुख प्रजापतिले व्यापक कामदार जनताको हितमा काम गर्दा एक दुई जना रिसाउँछन् भने त्यसको पर्वाह गर्नुहुन्न भन्नुभयो ।
“मुख्य देश र जनताको हितविपरीत कार्य गर्नुहुन्न । जनताले जनप्रतिनिधिको हरेक क्रियाकलापको नजिकबाट हेरिरहने र कमीकमजोरी हुन नदिन आलोचना गर्ने हुँदा जनभावनाको कदर गर्दै आलोचना र आत्मालोचनाबाट हुर्कने हो’, उहाँले भन्नुभयो ।
भक्तपुरवासी जनताको मुख्य समस्या खानेपानी अभाव भएको चर्चा गर्दै उहाँले नगरपालिकाको तर्फबाट खानेपानीको व्यवस्थाको लागि नेपाल सरकार, वाग्मती प्रदेश सरकार र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमार्पmत आवश्यक बन्दोबस्त गरिरहेको र धेरै हदसम्म नगरपालिका आफैंले स्रोत पहिचान गरी वितरण प्रणालीमा सुधार गरेको बताउनुभयो ।
विकास निर्माण र जनताको आधारभूत आवश्यक सेवामा अरूको भर पर्ने भन्दा नगरपालिका आफैंले स्रोत जुटाउने गरेको प्रमुख प्रजापतिको भनाइ थियो ।
ढिलै भए पनि आप्mनै खुट्टामा उभिँदा विकास निर्माण दिगो हुने र त्यसमा जनताको आत्मीयता रहने उहाँले उल्लेख गर्नुभयो ।
सम्पदा पुनःनिर्माणसम्बन्धी प्रसङ्ग उल्लेख गर्दै प्रमुख प्रजापतिले पुरानो चिजले नयाँ पुस्ताको सेवा गर्ने माओ त्सेतुङको भनाइअनुसार नगरपालिकाले मन्दिर, पाटी, सत्तल, ढुङ्गे धारालाई सम्पदाको रूपमा पुनर्जीवन दिएको र त्यसबापत पर्यटन प्रवद्र्धनबाट भएको आम्दानीले नयाँ पुस्तालाई शिक्षा, स्वास्थ्य उपचार र खेलकुदमा लगानी गरेको प्रस्ट पार्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष एवं खानेपानी उपभोक्ता समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले समितिमार्फत जनतालाई खानेपानी वितरण गरिरहेको प्रगति विवरण पेस गर्नुभयो । उहाँले दुई ठाउँमा डिप बोरिङ गरेर आधुनिक फिल्ट्रेसन विधिबाट प्रशोधन गरी स्थानीयहरूलाई दैनिक पानी वितरण गरिरहेको चर्चा गर्दै खानेपानी वितरण सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टी ९ नं. वडा समितिका अध्यक्ष कृष्णभक्त लवजुले भक्तपुरका जनताले पार्टीलाई विश्वास गरेर भोट हालेको हुँदा जनताको सुख दुःखमा पार्टी कार्यकर्ता सधैँ साथमा रहेको र जनप्रतिनिधिहरूलाई जनभावनाबमोजिम कार्य गर्न निरन्तर हौस्याइरहेको बताउनुभयो ।
कार्यक्रममा खानेपानीसँग सम्बन्धित उपभोक्ता समितिका विष्णुराम दुमरू र विष्णुप्रसाद दुमरूले समितिमार्फत गरेका कार्यहरूबारे जानकारी गराउनुभयो ।
Leave a Reply