नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
तेहरान, इरान, १५ असार (एएफपी) । इरानका सुधारवादी उम्मेद्वार मसूद पेजेस्कियन र अति परम्परावादी समूहका सईद जलिलीले राष्ट्रपतीय निर्वाचनकोे मत गणनामा अग्रता कायम गरेको शनिबार आन्तरिक मन्त्रालयद्वारा जारी प्रारम्भिक परिणामले देखाएको छ ।
पछिल्लो परिणामअनुसार पेजेस्कियनले १ करोड ४ लाख मत प्राप्त गर्नु भएको छ भने पूर्व आणविक वार्ताकार जलिलीले ९४ प्राप्त गर्नुभएको छ ।
मतगणनाको अन्तिम परिणामअनुसार ती दुई उम्मेदवारबिच जुलाई ५ हुने दोस्रो निर्वाचनमा प्रतिस्पर्धा गनुपर्नेछ । इरानी संविधान अनुसार यदि कुनै उम्मेद्वारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन् भने दोस्रो चरणको चुनाव गर्नुपर्ने प्रावधान रहेको छ ।
सन् १९७९ मा भएको इस्लामिक क्रान्तिपछि इरानमा भएको १३ वटा राष्ट्रपतीय चुनावमध्ये सन् २००५ मा भएको एउटा मात्र निर्वाचनमा दोस्रो चरणको मतदानबाट राष्ट्रपतिको चयन गरिएको थियो । आन्तरिक मन्त्रालयका अनुसार अहिलेसम्म २ करोड ४५ लाख मत खसेको थियो ।
प्रारम्भिक परिणाममा कन्जरभेटिभ संसदका अध्यक्ष मोहम्मद बाघेर कालीबाफ लगभग ३३ लाख मतसहित तेस्रो स्थानमा हुनुहुन्छ । यसैगरी चौथो स्थानमा परम्परावादी धर्मगुरु मुस्तफा पौरमोहम्मदीले २० लाख ६ हजार मत प्राप्त गर्नुभएको छ ।
नियमित तालिका अनुसार सन् २०२५ मा हुनुपर्ने निर्वाचनका लागि करिब छ करोड १० लाख इरानी मतदान गर्न योग्य थिए । इस्लामिक गणतन्त्रमा चुनावी उम्मेदरहरूको जाँच गर्ने गार्जियन काउन्सिलले सुरुमा छ जना उम्मेदवारलाई अनुमोदन गरेको थियो तर चुनावको एकदिन अगाडि दुई उम्मेदवारहरू अलिरेजा जाकानी र अमिर–हुसेन गाजीजादेह हाशेमी दौडबाट बाहिरिएका थिए ।
Leave a Reply