अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
विश्वविद्यालय शिक्षा आर्जन गर्ने सर्वाेच्च शिक्षालय हो । विश्वविद्यालय विभिन्न किसिमका शास्त्रहरूको उच्चकोटिको शिक्षा प्रदान गर्ने थलो हो । यो प्राज्ञिक थलो हो । यो अध्ययन अनुसन्धान गर्ने थलो हो । विश्वविद्यालय उच्च शिक्षा हासिल गरेर देशका लागि आवश्यक वैज्ञानिक र विज्ञ तयार गर्ने थलो हो । यही विश्वविद्यालयबाट देशका लागि आवश्यक जनशक्ति तयार हुन्छ । यसरी उच्चकोटिको शिक्षा हासिल गर्ने विश्वविद्यालयको स्थिति अहिले दयनीय छ । विज्ञ र वैज्ञानिक तयार गर्ने प्राज्ञिक थलो विश्वविद्यालयको स्थिति नाजुक हुनुको कारण सरकार, शिक्षा मन्त्रालय र स्वयम् विश्वविद्यालय सञ्चालन गर्ने व्यवस्थापकहरूको बेवास्ता हो; विश्वविद्यालयको विकास र विस्तारमा ध्यान नदिनु हो । सरकार या आधिकारिक सरोकारवालाहरू विश्वविद्यालयप्रति समर्पित भएर काम नगर्दाको कारण त्यसको स्थिति नाजुक देखिएको हो ।
सरकारमा दलहरूको भागबन्डा भएझैँ विश्वविद्यालय पनि उपकुलपति र रजिस्ट्रार नियुक्तिमा भागबन्डा हुन्छ । विश्वविद्यालयसमेत दलहरूको भागबन्डामा पर्नु विडम्बना हो । विश्वविद्यालयको जिम्मेवार प्राध्यापकहरू विश्वविद्यालयमा राम्रो कक्षा सञ्चालन नगरी, समय नदिई निजी विश्वविद्यालयमा पढाउन जाने कार्यले पनि उनीहरूको विश्वविद्यालयप्रति ध्यान नगएको हो । सरकारबाट सञ्चालित विश्वविद्यालय बन्द हुँदै या विद्यार्थीहरू घट्दै गई विदेशबाट सम्बन्धन प्राप्त विश्वविद्यालयहरू चलिरहनु अर्काे विडम्बना हो । विश्वविद्यालय किन नियमित चल्दैन ? विद्यार्थीहरूको परीक्षा गतिलो छैन । त्यसमाथि कहिले स्वयं प्राध्यापक त कहिले विद्यार्थीहरूको आन्दोलनबाट कलेजमा हडताल हुन्छ । स–साना कुरामा पनि तालाबन्दी हुन्छ । परीक्षा समयमा हुँदैन; परीक्षा कहिले हुन्छ ठेगान हुँदैन । नतिजा धेरै पछि मात्र आउँछ । राजनीतिक हडताल हुन्छ । यसरी विद्यार्थीहरूको विद्यालय जीवनमा सरकारले खेलबाड गरिरहेको हुन्छ । यही कारण विद्यार्थीहरू सरकारले सञ्चालित विश्वविद्यालय छोडेर विदेशी सम्बन्धन प्राप्त विश्वविद्यालयमा भर्ना हुन्छन्, पढ्छन् र उच्च शिक्षा प्राप्त गर्छन् ।
सरकारले विश्वविद्यालयको लागि सस्तोमा अधिग्रहरण गरेको जग्गामा अतिक्रमण भइरहेको छ । अतिक्रमित जग्गामा व्यक्तिले पसल खोलेर आम्दानी गरिरहेको छ । विद्यार्थी युनियन र सङ्गठनले विश्वविद्यालयबाट सञ्चालन हुने चिया पसल या अन्य मसलन्द आदि ठेक्का लिएर आय आर्जन गरिरहेका हुन्छन्; होस्टेल सञ्चालन गरिरहेका हुन्छन् । कहिले उत्तरपुस्तिका बेपत्ता हुन्छ । कति विषयमा विद्यार्थी भर्ना नै हुँदैन । कति कक्षामा विद्यार्थीभन्दा शिक्षक बढी हुन्छ । यसरी सरकारद्वारा सञ्चालित विश्वविद्यालयको स्थिति नाजुक हुँदै गएको छ । विश्वविद्यालयको यो नाजुक स्थितिबाट माथि उठाउन सरकार, शिक्षा मन्त्रालय, विश्वविद्यालय व्यवस्थापन समिति गम्भीर हुनुपर्छ† संवेदनशील हुनुपर्छ ।
अतः विश्वविद्यालयमा भइरहेको भाागबन्डा अन्त हुनुपर्छ । कुलपति र उपकुलपति सक्षम, योग्य, अनुभवी प्राज्ञहरू हुनुपर्छ । विश्वविद्यालयमा पढाउने प्राध्यापकहरूले अरू निजी, विदेशी सम्बन्धन प्राप्त कलेज या विश्वविद्यालयमा पढाउने काम छोड्नुपर्छ । बरोबर हुने हडताल र तालाबन्दी रोक्नुपर्छ । पढाइ समयमै सकाउनुपर्छ र समयमै परीक्षा लिएर समयमै नतिजा प्रकाशित गर्नुपर्छ । कलेज र विश्वविद्यालयमा राजनीतीकरण गर्नुहुँदैन । प्राध्यापक र विद्यार्थीहरूले कुनै माग राख्दै बन्द या हडताल गर्ने काम रोक्नुपर्छ । विश्वविद्यालयलाई कमाइखाने धन्दा होइन देशको लागि आवश्यक वैज्ञानिक, विज्ञ तयार गर्ने प्राज्ञिक थलोको रूपमा विकास गर्नुपर्छ; विश्वविद्यालय अध्ययन, अनुसन्धान गर्ने केन्द्रको रूपमा विकास गर्नुपर्छ । यसतर्फ सम्बन्धित सबै पक्षको ध्यान जानुपर्छ ।
Leave a Reply