भर्खरै :

‘शान्तिपूर्ण सह–अस्तित्वको पाँच सिद्धान्तको ७० औँ वार्षिकोत्सवको स्मरण गर्दै सम्मेलनको पेचिङ घोषणापत्र’ जारी

‘शान्तिपूर्ण सह–अस्तित्वको पाँच सिद्धान्तको ७० औँ वार्षिकोत्सवको स्मरण गर्दै सम्मेलनको पेचिङ घोषणापत्र’ जारी

पेचिङ, १ जुलाई (सीआरआई) । चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले नियमित पत्रकार सम्मेलन आयोजना गर्नुभयो । सम्मेलनमा पत्रकारहरूले चीनले ‘शान्तिपूर्ण सहअस्तित्वको पाँच सिद्धान्तको ७० औँ वार्षिकोत्सवको स्मरण गर्दै सम्मेलनको पेचिङ घोषणापत्र’ जारी गरेको बारे सान्दर्भिक अवस्था के कस्तो छ भनी प्रश्न गरेका थिए ।
जवाफमा प्रवक्ता माउ निङले जून २८ दखि ३० सम्म पेचिङमा शान्तिपूर्ण सहअस्तित्वको पाँच सिद्धान्तको ७० औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको जानकारी गराउनुभयो ।
स्मरणीय कार्यक्रमको आयोजकको रूपमा चीनले ‘शान्तिपूर्ण सह अस्तित्वको पाँच सिद्धान्तको ७० औँ वार्षिकोत्सवको स्मरण गर्दै सम्मेलनको पेचिङ घोषणापत्र’ जारी गरेको छ, जसले उपस्थित सबै पक्षहरूको महत्वपूर्ण विचारलाई झल्काउँछ । शान्तिपूर्ण सहअस्तित्वको पाँच सिद्धान्तको घोषणा नयाँ युग सृजनाको महत्व भएकोमा सबै पक्षले विश्वास गर्छन् ।
नयाँ परिस्थितिमा शान्तिपूर्ण सहअस्तित्वको पाँच सिद्धान्तलाई पालना गर्ने र अगाडि बढाउन मानवजातिको साझा भविष्यसहितको समुदायको निर्माणलाई प्रवद्र्धन गर्नु ऐतिहासिक आवश्यकता भएकोमा सबै पक्षले जोड दिएको पनि प्रवक्ता माउ निङले बताउनुभयो ।
शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त जारी गरेको ७० औँ वार्षिकोत्सवको अवसरमा जून २८–३० सम्म जन बृहत् सभा भवनमा एक सम्मेलनको आयोजना गरिएको छ । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उक्त समारोहमा महत्वपूर्ण सम्बोधन गर्नुभएको थियो ।
सी चिनफिङले भन्नुभयो, “शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तको स्थापना समयको आह्वान र इतिहासको रोजाइ हो जुन अन्तर्राष्ट्रिय सम्बन्ध र अन्तर्राष्ट्रिय कानुनको शासनको लागि ऐतिहासिक बेन्चमार्क बनेको छ, विभिन्न सामाजिक प्रणाली भएका देशबिचको सम्बन्धको स्थापना र विकासको लागि सही मार्गदर्शन प्रदान गरेको छ, विकासोन्मुख देशलाई एकता, सहकार्य र एकतामार्फत आफूलाई बलियो बनाउन शक्तिशाली तालमेल ल्याएको छ, अन्तर्राष्ट्रिय व्यवस्थाको सुधार र सुधारमा ऐतिहासिक ज्ञानको योगदान भएको छ ।
सीले ७० वर्षको विकासपछि शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त अन्तर्राष्ट्रिय समुदायको साझा सम्पत्ति बनेको उल्लेख गर्नुभयो । ७० वर्षको ऐतिहासिक विकासले बारम्बार प्रमाणित गरेको छ कि एकता र सहयोगलाई सुदृढ गर्नु र सञ्चार तथा समझदारी अभिवृद्धि गर्नु नै विभिन्न देशबिच संयुक्तरूपमा चुनौतीको सामना गर्ने र राम्रो भविष्य सिर्जना गर्ने प्रभावकारी माध्यम भएको पनि उहाँले दोहो¥याउनुभयो ।
सी चिनफिङले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त पहिले नै चीनको संविधानमा समाविष्ट रहेको र चीनको स्वतन्त्र तथा शान्तिपूर्ण कूटनीतिको आधारशिला बनेको जानकारी दिनुभयो । शान्तिपूर्ण विकासको बाटोमा हिँड्ने र विश्वको साझा विकासलाई प्रवद्र्धन गर्ने चीनको सङ्कल्पमा परिवर्तन नहुने पनि सी चिनफिङले दोहो¥याउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *