जनताको हितको निम्ति काम गर्नेबाहेक अरु उद्देश्य राखेर हामीले कहिल्यै राजनीति गरेनौँ : अध्यक्ष रोहित
- भाद्र २८, २०८३
भक्तपुर, १९ पुस । नेपाल मजदुर किसान पार्टी भनपा–७, निर्वाचन परिचालन समितिले एक कार्यक्रमबीच १३९ औं स्तालिन र १२४ औं माओ त्सेतुङ्ग जयन्ती मनाउनुका साथ मंसिर २१ गतेको निर्वाचनमा मादलमा मतदान गर्ने मतदाताहरूलाई धन्यवाद ज्ञापन गर्नुका साथै विजयी सांसदहरूलाई सफल कार्यकालको लागि शुभकामना ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं प्रतिनिधिसभा सांसद प्रेम सुवालले मादलमा मतदान गर्ने ७ नं. वडाका सम्पूर्ण मतदाताहरूलाई धन्यवाद ज्ञापन गर्दै नेपालका नदीनालाहरू भारतलाई सुम्पेर भारतसँगै महङ्गोमा बिजुली किन्ने सम्झौताहरू गर्ने दलका नेताहरू भ्रष्टाचारी र देशद्रोही नै हुन् भन्नुभयो ।
‘जब माथिल्लो तहका कर्मचारीहरू तथा नेताहरू नै भ्रष्टाचारमा डुबेका छन् भने देश कहाँ विकास हुन सक्छ ?’ उहाँले भन्नुभयो,– ‘त्यसैले भारतीय दलाल र भ्रष्टाचारको विरोधमै हामी खर्रो रुपमा उत्रनुपर्छ ।’ उहाँले शोषणरहित समाज निर्माण गर्ने सिद्धान्त नै माक्र्सवाद भएको बताउँदै स्तालिनले समाजवादको विकासको निम्ति दिएको योगदानका साथै माओले क्रान्तिकारी पार्टीविना क्रान्ति सम्भव छैन भन्नुभएको कुरालाई स्मरण गर्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी साँस्कृतिक सङ्घका केन्द्रीय अध्यक्ष तथा नेमकिपा प्रदेशसभाका सांसद सुरेन्द्रराज गोसाईले मतदाताहरूलाई धन्यवाद दिनुहुँदै सिद्धान्त र नैतिकता नभएपछि जतिसुकै ठूलो पार्टी पनि सही नहुने कुरा औंल्याउनुभयो ।
क्रान्तिकारी पार्टीलेमात्र क्रान्ति सम्पन्न गर्छ भन्दै उहाँले यसपालिको निर्वाचनमा बनेको गठबन्धनको चुनावी राजनीतिले नेपालको राजनैतिक क्षेत्रमा एक किसिमको विकृत राजनीतिको प्रारम्भ भएको बताउनुभयो । ‘नेमकिपा सत्यको निम्ति सङ्घर्ष गर्ने मूल सिद्धान्त लिएर अघि बढेको छ । यसको इमान, नैतिकता, सत्यता, सिद्धान्तनिष्ठता नै शक्ति हो ।’ उहाँले भन्नुभयो । त्यस्तै उहाँले रुसमा समाजवादको स्थापनासँगै पूँजीवादले सयौं वर्षमा गर्न नसकेको विकास तीस वर्षको अन्तरालमा स्तालिनले गरेर देखाएको र चीनमा माओले गरेर देखाएको इतिहास छ भन्नुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं भनपा ७ वडाका वडाअध्यक्ष उकेश कवांले स्तालिनको नेतृत्वमा रुस नउदाएको भए विश्वको नक्सा अहिलेको जस्तो नहुने बताउनुभयो । ‘पैसालाई बधावा दिने व्यवस्था पूँजीवादी व्यवस्था र समाजका मानिसहरूलाई प्राथमिकता दिने व्यवस्था समाजवादी व्यवस्था हो यसलाई बुझेर सबैले अगाडि बढ्नुपर्छ ।’ उहाँले भन्नुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले नेमकिपाले प्राप्त गरेको मत वास्तवमै सैद्धान्तिक मत रहेको बताउँदै सैद्धान्तिक मत बढाउन कार्यकर्ताहरू थप उत्साहित भएर सङ्गठन विस्तारमा लाग्नुपर्ने विचार बताउनुभयो । उहाँले चीनमा भएको चरणबद्ध परिवर्तनमा चिनीयाँ कम्युनिष्ट पार्टी र माओको देन अत्यन्त महत्वपूर्ण रहेको चर्चा गर्नुभयो ।
नेमकिपा निर्वाचन परिचालन समितिका संयोजक बलराम गोसाईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा शिक्षक राजन लाखाजू, शिक्षिका सुन्दरी खुुलीमुली, पुरुषोत्तम ग्वाछालगायतले बोल्नुभएको थियो ।
Leave a Reply