भर्खरै :

राष्ट्रपति किम इल सङका महान् गुणहरूको बारेमा कथाहरू बताउन सभाहरू आयोजित

राष्ट्रपति किम इल सङका महान् गुणहरूको बारेमा कथाहरू बताउन सभाहरू आयोजित

प्योङयाङ, ६ जुलाई (केसीएनए) । कोरियाली मजदुर महासङ्घ (न्ँत्ग्प्) का कार्यकर्ता र सदस्यहरूको उपस्थितिमा जुलाई ४ मा राष्ट्रपति किम इल सङको निधनको ३० औँ वार्षिकोत्सवको अवसरमा उहाँका महान गुणहरूका बारेमा कथा सुनाउनको लागि सेन्ट्रल हल अफ वर्कर्स (केन्द्रीय मजदुर सभागृह) मा भेला आयोजना ग¥यो ।
सभामा वक्ताहरूले जनताका लागि आफ्नो अविरल मार्गनिर्देशनमा कार्यकर्तालाई न्यानो माया देखाउने, जनताको निम्ति स्वर्ग बनाउने उहाँको विचार र कार्यको मर्म रहेको बताउनुभयो ।
वक्ताहरूले युद्धकालमा राजधानी निर्माणको खाका सार्वजनिक गर्ने र युद्धपछिको पुनर्निर्माणका लागि सिङ्गो देशलाई जगाउने बुद्धिमानी राष्ट्रपतिको निर्देशनमा प्योङयाङलाई युद्धको भग्नावशेषबाट सुन्दर सहरको रूपमा निर्माण गरिएको बताउनुभयो ।
राष्ट्रपतिले देश स्वतन्त्र भएपछि सबभन्दा पहिले आफ्नो प्यारो पुरानो घरको सट्टा तत्कालीन काङ्सन स्टिल प्लान्टको भ्रमण गर्नुभएको र त्यही दिनदेखि देशको धातु उद्योगको विकासमा आफूलाई समर्पित गर्नुभएको उल्लेख गर्दै वक्ताहरूले कोमल हृदयका राष्ट्र पिताको स्नेहको बारेमा बताउनुभयो । राष्ट्रपति किमले मजदुरहरूलाई कारखाना र देशको मालिकको रूपमा अगाडि बढाउनुभयो र उनीहरूको मायालु ढङ्गले हेरचाह गर्नुभयो ।
त्यहाँ कोरियाली मजदुर महासङ्घ केन्द्रीय समितिका अध्यक्ष पाक इन चोल, प्योङयाङका ट्रेड युनियनका पदाधिकारी र मजदुर तथा ट्रेड युनियनका सदस्यहरू उपस्थित हुनुहुन्थ्यो ।
त्यस्तै कोरियाली महिला सङघले आफ्नो अधिकारी र सदस्यहरूको उपस्थितिमा जुलाई ४ का दिन प्योङयाङको हल अफ वुमनमा राष्ट्रपति किम इल सङको निधनको ३० औँ वार्षिकोत्सवको स्मरणमा बैठक आयोजना ग¥यो ।
बैठकमा वक्ताहरूले राष्ट्रपतिप्रतिको अगाध तत्परता र असीम श्रद्धालाई झल्काउँदै उहाँको अमर कार्य र सम्पूर्ण जीवन कोरियाको मजदुर पार्टी र क्रान्ति, देश र जनताका लागि समर्पित भएको बताउनुभयो ।
वक्ताहरूले राष्ट्रपति जनताका परोपकारी पिता भएकाले जनताको सुखको लागि अथक प्रयास गरेकाले उहाँ जनताका महान् नेता भएको बताउनुभयो ।
उहाँहरूले सम्माननीय किम जोङ उनको नेतृत्वको इमानदारीपूर्वक पालना गर्ने पवित्र मार्गमा महिला क्रान्तिकारीको रूपमा आफ्नो मिसन र कर्तव्यलाई सदैव राष्ट्रपतिको उत्कृष्ट जीवन र अमर कार्यमा चमक थप्ने दृढता व्यक्त गर्नुभयो ।
बैठकमा प्योङयाङका समाजवादी महिला सङ्घका पदाधिकारी र सदस्यहरू उपस्थित थिए ।
यस्तै सभा र बैठकहरू प्रजग कोरियाका सबै काउन्टी र महानगरहरूमा र विभिन्न देशहरूमा आयोजना गरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *