बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
भक्तपुर, २२ असार । भक्तपुर नगरपालिका ७ नं. वडा कार्यालय खेलकुद समितिको आयोजनामा शनिबार धूमपान, मद्यपानसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा वडा अध्यक्ष उकेश कवांले धूमपान तथा मद्यपानको कारण मानिसको रक्तनली तथा नशाहरूमा अवरोध पैदा भई समस्या उत्पन्न हुने भएकोले धूमपान तथा मद्यपान सेवनलाई न्यूनीकरण गर्नुपर्ने बताउनुभयो ।
ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवाले धूमपान तथा मद्यपानका कारण लाखौँ–लाख मानिसहरू क्यान्सर, मधुमेह, ब्लडप्रेसरलगायतका नसर्ने रोगहरूबाट पीडित भई असमयमै मृत्युवरण हुनु परेको बताउनुभयो ।
सुर्तीजन्य पदार्थको सेवनबाट मानव शरीरको कुनै पनि अङ्ग नजोगिने तथ्यमाथि प्रकाश पार्दै उहाँले सुर्ती पदार्थ (नियन्त्रण तथा नियम) ऐन २०६८ अनुसार कसैले पनि अन्य व्यक्तिलाई असर पर्ने गरी घर तथा निजी सवारी साधनभित्र, सार्वजनिक स्थलमा धूमपान गरेमा दस हजारसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था रहेको बताउनुभयो ।
कार्यक्रममा खेलकुद समितिका संयोजक केशव त्वानावासु, वडा सदस्य रञ्जना त्वाती र वडा सदस्य हेरा ख्याजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply