भर्खरै :

नयाँ वर्षको बिदामा थाइल्याण्डमा ३७५ जनाको मृत्यु

बैङकक, १९ पुस (रासस÷सिन्ह्वा) ः थाइल्याण्डमा नयाँ वर्षको अवसरमा दिइएको बिदाका बेलामा मात्रै भएका सवारी दुर्घटनामा परी कम्तीमा ३७५ जनाको मृत्यु भएको छ ।
घटनामा अन्य ३६ सय जना घाइते पनि भएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।
सडक दुर्घटना रोकथाम तथा नियन्त्रण केन्द्रले गत डिसेम्बर २८ तारिखदेखि जनवरी २ तारिखसम्म भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको जनाएको छ ।
यो अवधिमा देशभरका विभिन्न ठाँउमा तीन हजार ४४६ वटा सवारी दुर्घटना भएको केन्द्रका अधिकारीहरूले बताएका छन् ।
देशको उत्तरपूर्वी प्रान्त नाखोन राट्चासिमामा सवै भन्दा धेरै जनाको मृत्यु भएको छ । यो ६ दिनको अवधिमा त्यस क्षेत्रमा १५ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *