भर्खरै :

भनपाभित्रका औषधि कारखानाहरूमा अनुगमन

भनपाभित्रका औषधि कारखानाहरूमा अनुगमन

भक्तपुर, २५ असार । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा औषधि कारखानाहरूमा मङ्गलबार अनुगमन गरियो । अनुगमनमा औषधि उद्योगमा सम्बन्धित कागजातहरू नराखेको पाइएको बताइएको छ ।
सिम्का ल्याबोरेटोरिज प्रा.लि. भक्तपुरलाई दर्ता नवीकरण गरी सम्बन्धित कागजातसहित तीन दिनभित्र Effluent Treatment Plan को लगबुक र रिपोर्टसहित नगरपालिकामा उपस्थित हुन निर्देशन दिइएको छ ।
फोहर उपचार प्रणाली केन्द्र सञ्चालनसमेत नभएको र औषधि आफ्नै जग्गामा डम्प गर्ने गरेको पाइएको छ । डब्लु. एच. ओ. जीएमपी गाइडलाइनबमोजिम प्रमाणीकरण कागजसमेत औषधि उत्पादन गर्ने उद्योगमा नराखेको पाइएको छ ।
एभरेस्ट फर्मासेटिकल्स प्रा.लि.मा साइनबोर्ड एक हप्ताभित्र राख्न र २०७६/०७७ देखि नवीकरण नगरेकोले तीन दिनभित्र नवीकरण गर्न निर्देशन दिएको वडानिरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
अनुगमनमा अनुगमन समितिका सदस्य एवं वडाध्यक्ष श्यामकृष्ण खत्री, रोशनमैयाँ सुवाल, ज्ञानबहादुर मानन्धर, रीता फसिकवा, भनपा श्यानिटेसनका नगर निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेवी व्याञ्जु, जिल्ला प्रशासन कार्यालय भक्तपुरका यादवप्रसाद मिश्र, महानगरीय प्रहरी परिसरका प्र.स.नि. कमलकुमार श्रेष्ठ, उद्योग वाणिज्य सङ्घका राजु त्वानाबासु, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, घरेलु तथा साना उद्योग सङ्घका सुमित्रा श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका लक्ष्मीप्रसाद कासुला र ख्वप अस्पतालका मनिष ज्याख्वको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *