भर्खरै :

रामेछापका युवाहरूमाझ भ्रष्टाचारविरोधी आन्दोलनको स्मरण

रामेछापका युवाहरूमाझ भ्रष्टाचारविरोधी आन्दोलनको स्मरण

रामेछाप, २९ असार । नेपाल क्रािन्तकारी किसान सङ्घले पञ्चायती कालमा भएको भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा रामेछापका युवाहरूमाझ एक प्रशिक्षण कार्यक्रम शनिबार भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले भन्नुभयो, “कामदारवर्गले सुख पाउने वैज्ञानिक समाजवादी सिद्धान्तका प्रतिपादक कार्ल माक्र्स हुनुहुन्थ्यो । सर्वहारावर्गका महान् गुरु माक्र्स उन्नाइसौँ शताब्दीका विश्व चर्चित व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले मानव समाजमा दुःखको कारण शोषण र दमन भएको पत्ता लगाउनुभयो । सर्वहारावर्गको हित गर्ने व्यवस्था जनताको प्रजातन्त्र, समाजवाद हुँदै साम्यवाद पुग्ने बन्दोबस्त हो । अध्ययन गर्ने विज्ञान माक्र्सको हो । यो एक नयाँ शिक्षा हो ।”
उहाँले माक्र्सले द्वन्द्वात्मक भौतिकवादी दर्शन, अतिरिक्त मूल्यको शिक्षा र वैज्ञानिक समाजवादबारे व्याख्या विश्लेषण गर्नुभएको छ भन्नुभयो ।
उहाँले नेमकिपा सिद्धान्तनिष्ठ र देशभक्त पार्टी भएकोले नेपाली जनताले मनपराएको उल्लेख गर्दै शासक दलहरूले जनताको गरिबीको मौका छोपेर पैसा, सामान, झूटो आश्वासन बाँडेर मत लिने गर्नु गलत भएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय वैकल्पिक सदस्य एन.वी. श्रेष्ठले भन्नुभयो, “सोभियत सङ्घ विघटनले देश १५ टुक्रामा विभाजित भयो । त्यहाँ असमानता, अपराध, बेरोजगारी र गरिबी लगायतका समस्या सृजना भए । महिला समानताको स्थिति अन्त्य भयो । महिलाहरू असुरक्षित भए । शोषण र दमन पुनः सुरु भयो । यसबाट कामदारवर्गको हितको लागि र सम्पूर्ण मानव जातिको कल्याणको लागि समाजवादी बन्दोबस्त नै आवश्यक भएको छ भन्ने प्रमाणित भएको छ ।”
उहाँले सोभियत सङ्घमा समाजवादी क्रान्तिपछि संरा अमेरिकाले २०० वर्षमा गरेको विकास सोभियत सङ्घले ४० वर्षमा गरेर देखाएको चर्चा गर्दै सतप्रतिशत शिक्षित, बेरोजगारी समस्याको अन्त्य, शोषणको अन्त्य, जातीय सङ्घर्षको अन्त्य तथा शान्तिपूर्ण समाज र महिला पुरुषबिच समानताबाट समाजवादी बन्दोबस्त पुँजीवादी बन्दोबस्तभन्दा अति राम्रो बन्दोबस्त भएको प्रस्ट छ भन्नुभयो ।
नेमकिपा रामेछाप सम्पर्क समिति अध्यक्ष हरिकृष्ण श्रेष्ठले देशको शासन सत्तामा गएका पार्टी नेका, एमालेलगायतका सांसदले कानुनी भ्रष्टाचार गरिरहेको बताउनुभयो ।
नेमकिपाका सदस्य जी. आर श्रेष्ठले माक्र्सवाद मानव समाज र प्रकृतिको विकाससम्बन्धी नियमहरूको अध्ययन गर्ने विज्ञान भएको, शोषित तथा उत्पीडितवर्गको नेतृत्वमा हुने क्रान्तिको अध्ययन गर्ने विज्ञान भएको, संसारका सबै देशहरूमा पुँजीवादी व्यवस्था अन्त्य हुने र समाजवादको अवश्य विजय हुनेछ भन्नुभयो ।
नेक्राशिसङ्घका सदस्य कुमार श्रेष्ठले रुसको डिसेम्बरवादी विद्रोह गर्ने कुलीनवर्गका युवा सैनिक जर्नेल कर्णेलहरूले रुसको विकास गर्नको लागि रुसमा भूदास प्रथा अन्त्य गर्न त्यहाँका जार (राजा) को हत्या गर्न विद्रोह गरेबाट सम्भ्रान्तवर्गका सचेत युवा सैनिक अफिसरहरू लागेबाट युवाहरूले देश र जनताको लागि कसरी कार्य गर्नुपर्दछ भनी शिक्षा दिन्छ भन्नुभयो ।
हरिकृष्ण श्रेष्ठको सभापतित्वमा भएको उक्त अन्तरक्रियात्मक अध्ययन गोष्ठीमा धन श्रेष्ठ, विनिता श्रेष्ठ, सोनी श्रेष्ठलगायतले युवा अवस्थादेखि राम्रो बाटोमा हिँडन राजनैतिकरूपले सचेत हुनु जरुरी भएको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *