भर्खरै :

“खेलकुद, मित्रता, अनुशासन, स्वास्थ्य र देशको सार्वभौमिकता रक्षाको लागि हो”

“खेलकुद, मित्रता, अनुशासन, स्वास्थ्य र देशको सार्वभौमिकता रक्षाको लागि हो”

भक्तपुर, २९ असार । “खेलकुद, मित्रता, अनुशासन, स्वास्थ्य र देशको सार्वभौमिकता रक्षाको लागि हो ।”
उक्त विचार प्रभात इङ्गलिश सेकेन्डरी स्कूलद्वारा शनिबार आयोजित भक्तपुर नगरपालिका अन्तर–विद्यालय बुद्धिचाल तथा बाघचाल प्रतियोगिता–२०८१ को समापन तथा पुरस्कार वितरण समारोहमा प्रमुख अतिथिको आसनबाट नेमकिपाका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “बुद्धिचाल र बाघचाल दुवै खेलले मानिसलाई अशान्ति, हिंसा, युद्धको बेला कसरी प्रतिरक्षा गर्ने भन्ने शिक्षा दिन्छन् ।”
सचिव सुवालले खेलाडीहरूले खेलकुदलाई हारजीतभन्दा पनि कौशल र सीप प्रस्तुत गर्ने अवसरको रूपमा लिनु जरुरी छ† खेलकुदले विद्यार्थीहरूलाई अध्ययनमा जागरुक बनाउने हुँदा सबै विद्यार्थीहरूले खेलकुदमा चासो राख्नु उपयुक्त हुनेछ भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य गौतमप्रसाद लासिवाले खेलकुदमा उत्कृष्टता हासिल गरेका खेलाडी शैक्षिकरूपमा पनि अब्बल भएमा महत्वपूर्ण जिम्मेवारी पाउने बताउनुभयो । भक्तपुर जिल्ला बुद्धिचाल सङ्घका अध्यक्ष बद्रीकेदार दुवालले बुद्धिचाल खेलको महत्वबारे प्रकाश पार्नुभयो ।
विद्यालयका प्राचार्य बदनकेशरी प्रजापतिको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा प्रतियोगिताका संयोजक तथा कार्यक्रमका सभापति रोशनमैयाँ सुवालले हरेक विद्यार्थीले पढाइ र खेलकुदलाई सँगसँगै अगाडि बढाउन सके सफलता हासिल गर्नसक्ने बताउनुभयो ।
सहायक प्राचार्य स्वर्णिमा मूलले कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभयो ।
प्रतियोगितामा ५० जना खेलाडीले पदक तथा प्रमाणपत्र प्राप्त गरेका थिए । दुई स्वर्ण र पाँच पदकसहित वागीश्वरी मा.वि. प्रथम भएको थियो । दुई रजत, एक कास्य र चार पदकसहित ख्वप्रिङ इङलिश एकेडेमी द्वितीय र एक रजत, एक कास्य र छ पदकसहित बाल विकास इङ्गलिश स्कूल तेस्रो भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *