शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको भूमिकाबारे अन्तरक्रिया
- असार ७, २०८३
भक्तपुर, ३० असार । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को युवा तथा अतिरिक्त क्रियाकलाप उपसमितिको आयोजनामा भएको एकहप्ते बोल्ड टेक्स्ट राइटिङ तालिमको समापन कार्यक्रम भनपा साबिक वडा नं. १५ का पूर्ववडाध्यक्ष रवीन्द्र खर्बुजाको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
कार्यक्रममा अतिथि खर्बुजाले सहकारीबाट विद्यार्थीहरूको जीवनउपयोगी तालिम दिएकोमा खुसी व्यक्त गर्दै सिकेको ज्ञानलाई प्रमाणपत्रको रूपमा मात्र सीमित नराखी नियमित प्रयोगमा ल्याउन सके सार्थक हुने बताउनुभयो । मानिसको जीवनमा विभिन्न परिस्थितिको सामना गर्नुपर्ने अवस्था आइराख्ने कुरातर्फ इङ्गित गर्दै अतिथि खर्बुजाले तालिमको महत्व त्यस्तो अवस्थामा हुने औँल्याउनुभयो ।
संस्थाका अध्यक्ष राजन जतिले संस्थाले समुदायमा केन्द्रमा राखेर विभिन्न गतिविधिहरू गर्दै सहकारी अगाडि बढेको बताउनुभयो । सामाजिक दायित्वको रूपमा विद्यार्थीहरूले समुदायमा प्रत्यक्षरूपमा सरोकार राख्ने विषय तथा संस्थाहरूमा चाख दिँदै गएमा समाज सकारात्मक दिशातर्फ अगाडि बढ्न टेवा पुग्ने उहाँले औँल्याउनुभयो ।
संस्थाका सञ्चालक सचिव एवं उपसमितिका संयोजक राजु छुकांको सभापतित्वमा भएको उक्त तालिममा प्रशिक्षक इन्द्रभक्त पञ्च, उपसमिति सदस्य कल्पना द्योपाला तथा प्रशिक्षार्थीहरू भौरभ मानन्धर, एन्जल बाटी र युनिका कोजुले पनि बोल्नुभएको थियो ।
तालिमको प्रतियोगिता चरणमा भएको प्रतिस्पर्धामा प्रशिक्षार्थीहरू क्रिष्टल गारु प्रथम, प्रिन्सा पक्का दोस्रो, मञ्जिला फाँजु तेस्रो तथा निश्चल नापित सान्त्वना हुन सफल भयो । २०८१ असार २३ गतेबाट भएको तालिममा १४ जना प्रशिक्षार्थीहरू रहेको जानकारी उपसमितिका सदस्य कल्पना द्योपालाले जानकारी दिनुभयो ।
Leave a Reply