शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको भूमिकाबारे अन्तरक्रिया
- असार ७, २०८३
काठमाडौँ, असार ३० । सुकुन्दा बचत तथा ऋण सहकारी संस्था लि. तारकेश्वर, मनमैजुको आयोजना र ख्वप अस्पताल भक्तपुरको सहयोगमा एकदिने निःशुल्क फोक्सो परीक्षण स्वास्थ्य शिविर सम्पन्न भयो ।
उक्त कार्यक्रममा सहकारीका अध्यक्ष एवम् समाजसेवी सनकमान महर्जनले समुदायमा आधारित रहेर सञ्चालनमा रहेको सुकुन्दा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मनमैजुले स्थापना कालदेखि सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपत्मा परेका परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने, स्थानीय ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको पुनर्निर्माणमा सहयोग पु¥याउने र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताउनुभयो ।
हरेक व्यक्तिले आफ्नो स्वास्थ्यप्रति सचेत रहेर नियमित जाँच गर्ने र समयमै रोगको पहिचान गरी उपचार गर्नसके दीर्घ जीवन प्राप्त गर्नसक्ने बताउँदै उहाँले भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पताल देशको स्थानीय तहबाट सञ्चालित अस्पताल हो भन्नुभयो ।
ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवासहितको स्वास्थ्यकर्मीहरूको सहयोगमा १७० जनाको निःशुल्क फोक्सो परिक्षण गरिएको थियो ।
Leave a Reply