भर्खरै :

एकसाथ हिमालयको पवित्र तथा सफाइको रक्षा गरौँ

एकसाथ हिमालयको पवित्र तथा सफाइको रक्षा गरौँ

हालै एउटा समाचार चीनमा लोकप्रिय भयो । उक्त समाचारका अनुसार, नेपालले फेरि एकपटक सगरमाथा क्षेत्र सफाइ सुरु गरेको छ । विश्वव्यापी बढेको तापक्रमको प्रभावमा सगरमाथामा हिउँ छिटो पग्लँदै जाँदा ठुलो परिमाणमा फोहर र सयौँ मृतकका शव क्रमशः सार्वजनिक भएका छन् । जसबाट सफाइ कार्यका सामु अझ बढी चुनौती देखा परेको छ । सफाइ टोलीले सगरमाथा र अन्य दुई हिमालमा ११ टन फोहर, चारवटा शव र एउटा कङ्काल पत्ता लगाएको छ । सगरमाथा र नजिकै चुचुरामा कम्तीमा ५० टन फोहर र २०० भन्दा बढी शव पनि रहेको अनुमान गरिएको छ ।
विशेषगरी हिमालय र छिङहाइ–तिब्बत पठारभूमिमा, जलवायु परिवर्तनको प्रभाव झन्झन् स्पष्ट छ । त्यसैगरी वातावरणको संरक्षण ढिलाइ गर्नु हुँदैन । चाहे त्यो हिमालय होस्, हिमक्षेत्र होस् वा ग्लेसियर, यो सुन्दर परिदृश्यमात्र होइन, महत्वपूर्ण प्राकृतिक स्रोत पनि हो । सन् २०२३ मा आठ सदस्यबाट गठित अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र इसिमोडले प्रतिवेदन प्रकाशित गर्दै ग्लोबल वार्मिङका कारणले हिन्दूकुश–हिमालयन क्षेत्रमा हिमनदी, हिउँ र पर्माफ्रोस्टमा आएको परिवर्तन ‘अभूतपूर्व र प्रायः अपरिवर्तनीय’ रहेको चर्चा गरेको छ । हरितगृह ग्यासको उत्सर्जनलाई उल्लेखनीयरूपमा कम नपारेमा यस शताब्दीको अन्तसम्म उक्त क्षेत्रमा ग्लेसियरको कुल मात्राको ८० प्रतिशत हराउनेछ ।


त्यसैले हरितगृह प्रभावलाई कम गर्न र हिमालय क्षेत्रको पर्यावरणीय वातावरणको संरक्षण गर्न ज्यादै अत्यावश्यक छ । हामीलाई खुसी लाग्यो भन्ने चीन र नेपाल दुवैले यस विषयमा गहिरोसँग बुझ्नुका साथै आ–आफ्नै तरिकामा ‘उनको’ रक्षा गरिरहेका छन् । केही वर्षयता छिङहाई–तिब्बत पठारभूमिको पर्यावरणीय वातावरणको संरक्षणबारे चिनियाँ जनताको हृदयमा गहिरोरूपमा प्रभाव परेको छ । तिब्बतले ग्लेसियर र हिमालय क्षेत्रको स्रोतको संरक्षणलाई पनि सबल पारिरहेको छ । अझ वैज्ञानिक तरिकामार्फत हिमाली पठारभूमिको रक्षा गर्न जसले व्यवस्थापन स्तरलाई सबल पार्नुको साथै छिङ्गहाई–तिब्बत पठारभूमिको अद्वितीय भौगोलिक परिस्थिति आधारित वैज्ञानिक अनुसन्धान गरिरहेको छ ।
गत जून महिनामा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले छिङहाई प्रान्तको भ्रमण गर्दा छिङहाई–तिब्बत पठारभूमिको पर्यावरणीय संरक्षणलाई निरन्तरता दिने बताउनुभएको छ । उहाँका अनुसार, छिङहाइ–तिब्बत पठारभूमिको पर्यावरणीय प्रणाली प्रशस्त्र र विविध भए तापनि निकै कमजोर छ । पर्यावरणीय वातावरणको संरक्षणलाई प्रथमता र हरित विकासको लागु गरेर छिङहाइ–तिब्बत पठारभूमिको पर्यावरणीय वातावरण संरक्षण कानुनको इमानदारीपूर्वक कार्यान्वयन गरी पर्यावरणीय सभ्यता हाइल्यान्डको रूपमा छिङहाई–तिब्बत पठारभूमिको निर्माण गर्न उहाँले अनुरोध गर्नुभएको छ ।


सबैलाई थाहा छ, राष्ट्राध्यक्ष सी चिनफिङले ‘स्वच्छ पानी र हरियो पहाड, सुन र चाँदी हुन्’ भन्ने प्रस्ताव गर्नुभएको थियो । वास्तवमा सन् २०२१ जुलाईमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले तिब्बतको निरीक्षण गर्दा ‘हिउँ र बरफ पनि सुन र चाँदी हुन्’ भन्ने कुरा बताउनुभयो । उहाँका अनुसार, “सबैको प्रयासमा मानव र प्रकृति मेलमिलापरूपमा सहअस्तित्व भएको आधुनिकीकरणको निर्माण गरेर पृथ्वीको तेस्रो ध्रुवको पर्यावरणको प्रभावकारीरूपमा संरक्षण गर्नुपर्छ ।”
हिमालयको दक्षिण र उत्तरतिर अवस्थित नेपाल र चीनका लागि यो हिमाली क्षेत्र हाम्रो र विश्वको सम्पत्ति हो । हामी सुन र चाँदीको हपाडीको रक्षाजस्तै हातेमालो रूपमा यस पवित्र क्षेत्रको रक्षा गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *