भर्खरै :

पाकिस्तानलाई संरा अमेरिकी सहायता रोक्का

इस्लामाबाद, २१ पुस । संरा अमेरिकी विदेश विभागले बिहीबार पाकिस्तानलाई दिंदै आएको सुरक्षा सहायता स्थगित गर्ने घोषणा गरेको छ ।
शुक्रबार आयोजित सञ्चारकर्मी भेटघाटमा विदेश विभागका प्रवक्ताले हेथर नार्थले अफगानी तालिबान र हकानी सञ्जाललगायत समूहविरुद्ध कुनै ठोस कदम उठाउँदा सम्म संरा अमेरिकाले पाकिस्तानी सरकारलाई दिंदै आएको सैनिक सामग्री वा सुरक्षासँग सम्बन्धित कोषको स्थान्तरण रोक्ने बताएका हुन् ।
वाशिङ्टनले ती समूहलाई क्षेत्रीय अस्थीरताका लागि जिम्मेवार ठह¥याएको छ । साथै संरा अमेरिकी नागरिकहरुमाथि हमलाको निम्ति पनि ती समूहहरु दोषी भएको किटान गरेको छ । पाकिस्तान सरकारलाई वाशिङ्टनले उच्च स्तरको सहयोग गर्दा पनि ती समूहहरुमाथि कावा¥ही नगरेको नार्थको आरोप छ ।

‘तर राष्ट्रिय सुरक्षामाथि कुनै गम्भीर खतरा आउने अवस्थामा भने अवस्था हेरी हामीले हालको निर्णयलाई केही हदमा स्थगित पनि गर्न सक्छौं ।’

सैनिक सामग्री र सुरक्षासँग सम्बन्धित कोषबाहेक वाशिङ्टनले संरा अमेरिका–पाकिस्तान मोर्चाबन्दी सहायता कोषसमेत स्थगित गरिने भएको छ । पाकिस्तानले त्यो कोष आतङ्कवादविरोधी कावा¥हीको लागि प्रयोग गर्दै आएको थियो ।
‘तर राष्ट्रिय सुरक्षामाथि कुनै गम्भीर खतरा आउने अवस्थामा भने अवस्था हेरी हामीले हालको निर्णयलाई केही हदमा स्थगित पनि गर्न सक्छौं ।’, प्रवक्ताले भनिन् ।
‘पाकिस्तानले गर्ने आक्रामक कावा¥हीलाई हेरी भविष्यमा हाल दिंदै आएको सहायतालाई निरन्तरता पनि दिन सकिन्छ । त्यसको लागि पाकिस्तानले महत्वपूर्ण निर्णयहरु गर्नुपर्ने हुन्छ ।’ उनले भनिन्,‘आतङकवादविरोधी जस्तो खालका कदमहरु चाल्नुपर्ने थियो, त्यस्ता कदम चालेको देखिएन । पाकिस्तानले के गर्नुपर्छ, त्यो विषयमा हामी प्रष्ट छौं ।’
विदेश विभागका प्रवक्ताले पाकिस्तानमा कुल कति रकम खर्च भयो भन्ने कुराको हिसाब भइरहेको भए तापनि त्यो रकम २५ खर्ब ५० अर्ब अमेरिकी डलरभन्दा माथि नै हुने पूर्वानुमान गरेकी छिन् ।
सन् २०१८ को शुरुसँगै संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ह्वाइट हाउसले पाकिस्तानविरुद्ध कडा टिप्पणी गर्दै आएको छ । उनीहरुले अफगानिस्तानमा आतङ्कवादविरोधी अभियानमा पाकिस्तानको अपेक्षित सहायता नभएको धारणा राखेका छन् । संरा अमेरिकाले शिकार गरिरहेका आतङ्कवादीहरुलाई पाकिस्तानले ‘सुरक्षित आश्रय’ दिंदै आएको अमेरिकी सरकारको आरोप छ ।
वाशिङ्टनले कथित नयाँ दक्षिण एसियाली रणनीति सार्वजनिक गरे यता पाकिस्तान र संरा अमेरिकाबीचको द्विपक्षीय सम्बन्धमा समस्या आउन थालेको हो । वाशिङ्टनले एसियाली देशहरुबाट २५ खर्ब ५० अर्ब बराबरको सैनिक सहायता रोक्का गरेको छ ।
अमेरिकी कदमप्रति विरोध जनाउँदै पाकिस्तानले इस्लामाबादका लागि अमेरिकी राजदुतलाई सोमबार बोलाएर विरोध जनाएको छ । पाकिस्तानले गरेको त्यागलाई वाशिङ्टनले उपेक्षा गरेको र इस्लामाबाद सरकारले बिना भेदभाव सबै विद्रोही समूहहरुमाथि कावा¥ही गरेको बताएको छ ।
–सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *